बनेपा। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि आवेदन दिएका ३५ उम्मेदवारमध्ये १० जनाको सङ्क्षिप्त सूची सार्वजनिक गरिएको छ। सङ्क्षिप्त सूची सार्वजनिक भएसँगै शुक्रबार ती उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने भएको छ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले जारी गरेको सूचनाअनुसार सङ्क्षिप्त सूचीमा दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी, बिमप्रसाद श्रेष्ठ, राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपानेको नाम समावेश गरिएको छ।
मन्त्रालयले सङ्क्षिप्त सूचीमा परेका उम्मेदवारका सम्बन्धमा बुधबारभित्र राय तथा सुझाव उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
सूचनाअनुसार दयाराम पोखरेल, निरञ्जन पराजुली, बालचन्द्र लुइटेल, विकास नकर्मी र बिमप्रसाद श्रेष्ठको शुक्रबार बिहान ८ बजेदेखि १५–१५ मिनेटको प्रस्तुतीकरण हुनेछ।
त्यसैगरी राजेन्द्र जोशी, विवेक बराल, शेषानन्द सञ्जेल, सुबोध शर्मा र हरिप्रसाद न्यौपानेको प्रस्तुतीकरण शुक्रबार दिउँसो १ बजेदेखि हुनेछ। प्रस्तुतीकरण सम्पन्न भएलगत्तै उम्मेदवारको अन्तर्वार्ता लिइने मन्त्रालयले जनाएको छ।
उपकुलपति पदका लागि आवेदन दिएका पूर्वउपकुलपति प्रा। डा। अच्युतप्रसाद वाग्ले भने सङ्क्षिप्त सूचीमा परेनन्।
सङ्क्षिप्त सूचीमा परेका उम्मेदवारमध्ये दयाराम पोखरेल, शेषानन्द सञ्जेल र विकास नकर्मी काठमाडौँ विश्वविद्यालयबाहिरका व्यक्तित्व छन् भने अन्य सात जना विश्वविद्यालयसँग आबद्ध छन्।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदमा नाम सिफारिस गर्न ‘काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम छनोट प्रक्रिया अघि बढाइएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - १५:१५
सुलीकोट। उत्तरी गोरखाको मनास्लु पदमार्गअन्तर्गत चुमनुब्री गाउँपालिका-६ मा पर्ने रेन्जम क्षेत्रमा पदमार्ग स्तरोन्नतिका लागि साउन २० देखि ३० गतेसम्म खच्...
श्रावण २० गते, २०८३ - १४:५२
काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए महाअभियोग लगाउने चेतावनी दिइएको भन्ने दाबीबारे तीन अन्तर्राष्ट्रिय मा...
श्रावण २० गते, २०८३ - १४:४०
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारमा सहभागिता जनाउने वा नजनाउने विषयमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष राजेन्द्र...
श्रावण २० गते, २०८३ - १४:३१
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका न्यायाधीशमाथि महाअभियोगको दबाब परेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार स...
श्रावण २० गते, २०८३ - १४:२३
काठमाडौं। नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, सुशासन, प्रेस स्वतन्त्रता र कूटनीतिक मर्यादामाथि प्रश्न उठाएको भन्दै सरकारसँग १० बुँद...
श्रावण २० गते, २०८३ - १४:१८
ओखलढुङ्गा। ओखलढुङ्गामा आर्थिक वर्ष २०८२/८३ मा जटिल स्वास्थ्य समस्या भएका १४ गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेल...
श्रावण २० गते, २०८३ - १४:१४
काठमाडौँ। सरकारले इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीको दूरसञ्चार सेवा शुल्क, सलामी दस्तुर तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ)बापतको बक्यौता ...
श्रावण २० गते, २०८३ - १४:०७
काठमाडौं। नेपाली कांग्रेसले सरकारले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यता विपरीतका गतिविधि गरिरहेको आरोप लगाउँदै गम्भ...
श्रावण २० गते, २०८३ - १३:५७
काठमाडौं। राष्ट्रिय भूमि समस्या समाधान समितिले पछिल्लो दुई महिनामा ९७ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको जनाएको छ। समितिका अनुसार जेठ २० देखि साउन ...
श्रावण २० गते, २०८३ - १३:४८
काठमाडौं। सरकारले सुनसरी र सिरहामा भएको पछिल्लो प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राह...



प्रतिकृया लेख्नुहोस्: