सिन्धुपाल्चोक । बालशिक्षा माध्यमिक विद्यालय खाडिचौरलाई विद्यालय बस हस्तान्तरण गरिएको छ । सोमबार विद्यालयको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेलाको कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयलाई बस सहयोग गरेका हुन् ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विद्यालय व्यवस्थापन तथा विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् । बस हस्तान्तरण गर्दै मन्त्री बस्नेतले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिने बताए । 'शिक्षा क्षेत्र देशको मेरुदण्ड हो, हामीले शिक्षालाई गुणस्तर र व्यवसायी तथा सीपमूलक शिक्षा प्रदान गर्न सके थप शिक्षाको विकास हुन्छ,' उनले भने, 'हामीले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिन्छ ।'
त्यस्तै बस सहयोग गरेका क्षेत्रीले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको सुनाए । उनी भन्छन्, 'शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको क्षेत्रीयले हु । हामीले सरकारी विद्यालयलाई सुधार र शिक्षामा गुणस्तर बनाउँदै अघि बढ्नु पर्ने छ । शिक्षा विकासको मेरुदण्ड हो त्यसैले आफूले विद्यालयलाई व्यक्तिगत सहयोग गरेको हुँ ।'
अहिले विद्यालयमा एउटा बस मात्रै छ । यो दिँदा दुईवटा हुन्छ त्यसैले आउने दिनमा विद्यालय र विद्यार्थीलाई सहज हुने उनले बताए । विद्यालय बस संचालन गर्न विद्यालय कोषमा स्वास्थ्य मन्त्री बस्नेतले ५१ हजार सहयोग गरेका छन् ।
त्यस्तै बागमती प्रदेशमा वन तथा वातावरण मन्त्री मसिना खड्काले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता दिएकी छन् ।
त्यस्तै बलेफी ७ का वडा अध्यक्ष गृबिन्द्र चौलागाईंले २ लाख सहयोग गरेका छन् भने काङ्ग्रेस नेता बुद्धराज बस्नेतले १ लाख सहयोग गरेका छन् । अहिले बालशिक्षा माध्यमिकमा झन्डै ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय २०२२ सालमा स्थापना भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: