सिन्धुपाल्चोक । बालशिक्षा माध्यमिक विद्यालय खाडिचौरलाई विद्यालय बस हस्तान्तरण गरिएको छ । सोमबार विद्यालयको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेलाको कार्यक्रममा अरनिको यातायात समितिका अध्यक्ष केदार क्षेत्रीले विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयलाई बस सहयोग गरेका हुन् ।
विद्यालयको वार्षिकोत्सव कार्यक्रममा पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विद्यालय व्यवस्थापन तथा विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् । बस हस्तान्तरण गर्दै मन्त्री बस्नेतले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिने बताए । 'शिक्षा क्षेत्र देशको मेरुदण्ड हो, हामीले शिक्षालाई गुणस्तर र व्यवसायी तथा सीपमूलक शिक्षा प्रदान गर्न सके थप शिक्षाको विकास हुन्छ,' उनले भने, 'हामीले सामुदायिक विद्यालयलाई मजबुत बनाएर लगे शिक्षामा फड्को मार्न सकिन्छ ।'
त्यस्तै बस सहयोग गरेका क्षेत्रीले शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको सुनाए । उनी भन्छन्, 'शिक्षा क्षेत्रको सुधार र विद्यार्थीलाई सहज हुने उद्देश्यले बस सहयोग गरेको क्षेत्रीयले हु । हामीले सरकारी विद्यालयलाई सुधार र शिक्षामा गुणस्तर बनाउँदै अघि बढ्नु पर्ने छ । शिक्षा विकासको मेरुदण्ड हो त्यसैले आफूले विद्यालयलाई व्यक्तिगत सहयोग गरेको हुँ ।'
अहिले विद्यालयमा एउटा बस मात्रै छ । यो दिँदा दुईवटा हुन्छ त्यसैले आउने दिनमा विद्यालय र विद्यार्थीलाई सहज हुने उनले बताए । विद्यालय बस संचालन गर्न विद्यालय कोषमा स्वास्थ्य मन्त्री बस्नेतले ५१ हजार सहयोग गरेका छन् ।
त्यस्तै बागमती प्रदेशमा वन तथा वातावरण मन्त्री मसिना खड्काले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता दिएकी छन् ।
त्यस्तै बलेफी ७ का वडा अध्यक्ष गृबिन्द्र चौलागाईंले २ लाख सहयोग गरेका छन् भने काङ्ग्रेस नेता बुद्धराज बस्नेतले १ लाख सहयोग गरेका छन् । अहिले बालशिक्षा माध्यमिकमा झन्डै ५ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय २०२२ सालमा स्थापना भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: