Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

कोशी नामकरण विवादको विषयमा जनमत सङ्ग्रह गर्न माग

खबरडबली संवाददाता

काठमाडौँ ।नागरिक उन्मुक्ति पार्टी (एकीकृत)ले कोेशी प्रदेशको नामकरण विवादको विषयमा जनमत सङ्ग्रह गर्न माग गरेको छ । प्रदेशको नामकरणपछि आन्दोलन गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले इटहरीमा भएको पत्रकार सम्मेलनमा कोशी नामका विषयमा जनमत सङ्ग्रह गर्न माग राखेको हो ।

नागरिक उन्मुक्ति पार्टीका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङले जनमत सङ्ग्रहमा नगए कोशी नाम स्वीकार नहुने दाबी गरे । उनले प्रदेशका अधिकांश नागरिक कोशी नामको विपक्षमा रहेको दाबी गर्दै कोशी नामका पक्षमा मत हाल्ने सांसदले समेत गोप्य मतदानमा लैजाने हो भने मत नहाल्ने दाबी गरे ।

गुरुङले अहिले पनि नामका विरुद्धमा आन्दोलन भई रहेकाले आन्दोलनबाट हुने धन जनको क्षति रोक्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले पार्टीको महाधिवेशन पछि अझै सशक्त आन्दोलन हुने बताए ।

पत्रकार सम्मेलनमा सङ्घीय सह सचिव पदम अधिकारीले यो प्रदेशमा तीन वटा राष्ट्रियता भएको भन्दै त्यसैका आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताए । यहाँ लिम्बुवान किराँत र कोचिला राष्ट्रियता छ । अधिकारीले लिम्बुवान किराँत मात्रै होइन नामकरणले कोचहरूको समेत सम्बोधन हुनु पर्ने बताए ।

उन्मुक्ति पार्टीको पुस २६, २७ र २८ गते कैलालीको टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको एकता महाधिवेशन हुँदै छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट फुटेर ज्ञानबहादुर गुरंगको नेतृत्वमा रहेको समूहले नागरिक उन्मुक्ति पार्टीसँग एकता गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending