Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

एउटा सिफारीस दिन १३/१४ लाख लिएका वडाअध्यक्ष कार्की अन्तमा परे अख्तियारको फन्दामा

खबरडबली संवाददाता

बारा । घरबाटोकाे सिफारिस लिने क्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले पटक–पटक गरेर १३/१४ लिँदा पनि काम नगरेपछि अन्तमा अख्तियारको फन्दामा परेका छन् ।  सिमरामा जग्गा व्यवसाय गर्दै आएका जीतपुरसिमरा–२ का राजेन्द्र उप्रेती ‘राजन’ ले कार्कीलाई अख्तियारको फन्दामा पारेका हुन् ।

वडा अध्यक्ष कार्कीलाई सोमबार जीतपुरस्थित जयसवाल होटलबाट पाँच लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले रङ्गेहात पक्राउ गरेको थियो ।

व्यवसायि उप्रेतीले वडा अध्यक्ष कार्कीलाई यसअघि १३/१४ लाख बुझाईसकेको दाबी गरेका छन् । उनले अत्ति भएपछि अख्तियार गुहारेको बताए । उप्रेतीले साथी दिनेश सुवेदीसँग मिलेर काठमाडौं एक व्यक्तिको जग्गा एग्रिमेन्ट गरेको र सो जमिनको घरबाटो सिफारिस लिने क्रममा वडा अध्यक्ष कार्कीले पटक–पटक गरेर १३/१४ लाख लिईसकेको भएपनि काम नगरिदिएको बताए ।

सिफासिस दिनको लागि वडा अध्यक्ष कार्कीले विभिन्न व्यक्तिको नाममा रकम हाल्न दबाब दिने गरेको उप्रेतीको भनाइ छ । जमिन सम्बन्धि मुद्दामा आफ्नो धेरै खर्च भएको भन्दै रकम माग्न सुरु गरेका कार्कीले पछिल्लो समय घरमा पेन्ट गर्न रकम चाहिएको भन्दै पाँच लाख घुँस रकम माग गरेको व्यवसायि कार्कीले बताए ।

एउटा सिफारिस लिनका लागि कार्कीले धेरै दुख दिएको र अत्ति भएपछि अख्तियारमा जानकारी गराएको बताए  । अख्तियारको सल्लाह अनुसार आफुले रकम बुझाएको उनले बताए । उप्रेतीले अख्तियारमा पैसाको नम्बर टिपाएर रकम बुझाएको रयोजना अनुसार नै अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

काम गरेर खाने अवस्था नभएपछि बाध्य भएर अख्तियार गुहार्नु परेको उप्रेतीको भनाई छ । उनले मन्दिको अवस्थामा बल्ल बल्ल जग्गा किन्न मान्छे आउँदा सिफारिस नदिएर दुःख दिएको गुनासो गरे ।

उप्रेतीका अनुसार वडा अध्यक्ष कार्कीले पाँच लाख बुझेपछि सिफारिस दिने भनेका र सिफारिस पत्र वडा कार्यालयमा तयार पारेर घुस रकम बुझ्न होटलमा पुगेका थिए ।

याे पनि पाढाैं

एमालेबाट निर्वाचित वडा अध्यक्ष पाँच लाख घुससहित पक्राउ

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending