Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

पार्टीको विधान र व्यवस्था बदल्नुपर्छः महामन्त्री थापा

खबरडबली संवाददाता

पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् । 

आज आयोजित नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

“पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन”, उनले भने ।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने उनले बताए  । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ । तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending