Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै विशेष समय लिएर बोल्दै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले घटनाको कारण, सुरक्षा व्यवस्थामा देखिएको कमजोरी, सामाजिक सञ्जालमा फैलिएको अफवाहको भूमिका तथा राज्यका निकायको कार्यसम्पादनबारे निष्पक्ष अनुसन्धान गर्न माग गरे।

राईले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने, झुटा सूचना प्रवाह गर्ने र सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए। कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न पनि उनले आग्रह गरे।

सरकारले गरेका सहमति, त्यसको संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद् र नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने उनको माग थियो।

राईले राष्ट्रिय महत्वका संवेदनशील निर्णय खुला संवाद र सहमतिका आधारमा हुनुपर्ने उल्लेख गर्दै असहमतिलाई दबाएर राष्ट्रिय एकता कायम गर्न नसकिने धारणा राखे।

घृणाभन्दा संवाद, अफवाहभन्दा सत्य, प्रतिशोधभन्दा न्याय र विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनु नै संविधानको मर्म र देशको भविष्यको आधार हुने राईको भनाइ थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण माग गरेको छ। कोशी प्र...

सुनसरी घटनाबारे न्यायिक छानबिन समिति गठन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबा...

सुदूरपश्चिमका समस्या र विकास योजनाबारे सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...

रास्वपा सांसद सिंहको प्रश्न : मधेशमा आन्दोलन हुँदा किन गोली नै चलाइन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...

मधेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दो

महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...

देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन, सरकारले गरेको सहमति हामी मान्दनौ: हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...

अमरनाथ तीर्थयात्राका क्रममा एक नेपालीको मृत्यु

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर...

तराई–मधेशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। ...

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मं...

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन आवश्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending