काठमाडौं । पछिल्लाे समय नेपाल सुनतस्करीकाे ट्रान्जिट बन्दै गएकाे छ । पटक पटक नेपालकाे बाटाे हुँदै सुन तस्करी भइ रहँदा नेपाल सुनतस्करीकाे ट्रान्जिट बन्दै गएकाे पुष्टि हुन्छ ।
पाँच मिहना अघि भरीयालाई अग्रस्थानमा राखी भएकाे सुन तस्करी हाेस या पछिल्लाे समयमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भएकाे सुन तस्करी हाेस ।
पछिल्लो समय शासक, तस्कर मोटाउने र मुलुकको गरिमामाथि घात थप्ने कामले तीव्रता पाइरहेको छ । विभिन्न समयमा भएका सुन तस्करीमा गठन भएका जाँचबुझ आयोग सुस्त देखिएका छन् । पछिल्लाे समय हवाइ र सिमानाकाकाे बाटाे हुँदै सुन तस्करी तीव्र भएकाे छ । यसका कारण कुशासनको कुरूप तस्बिर प्रतिबिम्बित भएको छ । यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको बदनामी हुने संकेत दिएको छ ।
हुन पनि पछिल्ला ५ दिनमै ४ पटक गरी साढे २९ किलो सुन बरामद भएको यथार्थबीच अरू बाहिरिएको सुनको परिमाण योभन्दा दसौं गुणा बढी नहोला भन्न सकिँदैन । विमानस्थलको एक्सरे मेसिनबाट तस्करी हुने सुनको पहिचान नहुनु, गिरोहहरूले शृंखलाबद्ध रूपमा तस्करी गर्ने आँट गर्नु सर्वत्र चिन्ताको विषय बनेको छ ।
५ महिनाअघि भएको ६१ किलो सुन तस्करीको छानबिनका लागि संसद्का ७ दलबीच सहमति भई असोज १४ मा गठित उच्चस्तरीय छानबिन समितिको काम सकिनै लाग्दा विमानस्थलकै चोर बाटोबाट धमाधम सुन भित्रिएको पाइएको छ । यसलाई कुशासनको निकृष्ट रूप नभनिरहन सकिँदैन । चीनदेखि इजिप्टसम्मका अन्तर्राष्ट्रिय तस्करहरू सलबलाउनुले नेपालको साख विश्वभर गिर्दो अवस्थामा पुगेको छ ।
ठूला राजनीतिक दल अपराधमा संलग्न आफ्ना मान्छे बचाउन लागिपर्नु, नागरिक समाजको आवाज उच्च नबन्नु, माथिदेखि तलसम्मका नेता, कार्यकर्ता अपराधको विषयमा चुइँक्क नबोल्नु, साना–ठूला दल राजनीतिक अभियानमा मात्र केन्द्रित देखिनु, क्षमता हुँदाहुँदै सञ्चार क्षेत्र अन्तै व्यस्त रहनुलगायत विषय अवाञ्छित सन्दर्भ बनेका छन् । दशकौं अघि कुख्यात अपराधी चार्ल्स शोभराजले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति यथार्थपरक सावित भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: