काठमाडौं । पछिल्लाे समय नेपाल सुनतस्करीकाे ट्रान्जिट बन्दै गएकाे छ । पटक पटक नेपालकाे बाटाे हुँदै सुन तस्करी भइ रहँदा नेपाल सुनतस्करीकाे ट्रान्जिट बन्दै गएकाे पुष्टि हुन्छ ।
पाँच मिहना अघि भरीयालाई अग्रस्थानमा राखी भएकाे सुन तस्करी हाेस या पछिल्लाे समयमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट भएकाे सुन तस्करी हाेस ।
पछिल्लो समय शासक, तस्कर मोटाउने र मुलुकको गरिमामाथि घात थप्ने कामले तीव्रता पाइरहेको छ । विभिन्न समयमा भएका सुन तस्करीमा गठन भएका जाँचबुझ आयोग सुस्त देखिएका छन् । पछिल्लाे समय हवाइ र सिमानाकाकाे बाटाे हुँदै सुन तस्करी तीव्र भएकाे छ । यसका कारण कुशासनको कुरूप तस्बिर प्रतिबिम्बित भएको छ । यसले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको बदनामी हुने संकेत दिएको छ ।
हुन पनि पछिल्ला ५ दिनमै ४ पटक गरी साढे २९ किलो सुन बरामद भएको यथार्थबीच अरू बाहिरिएको सुनको परिमाण योभन्दा दसौं गुणा बढी नहोला भन्न सकिँदैन । विमानस्थलको एक्सरे मेसिनबाट तस्करी हुने सुनको पहिचान नहुनु, गिरोहहरूले शृंखलाबद्ध रूपमा तस्करी गर्ने आँट गर्नु सर्वत्र चिन्ताको विषय बनेको छ ।
५ महिनाअघि भएको ६१ किलो सुन तस्करीको छानबिनका लागि संसद्का ७ दलबीच सहमति भई असोज १४ मा गठित उच्चस्तरीय छानबिन समितिको काम सकिनै लाग्दा विमानस्थलकै चोर बाटोबाट धमाधम सुन भित्रिएको पाइएको छ । यसलाई कुशासनको निकृष्ट रूप नभनिरहन सकिँदैन । चीनदेखि इजिप्टसम्मका अन्तर्राष्ट्रिय तस्करहरू सलबलाउनुले नेपालको साख विश्वभर गिर्दो अवस्थामा पुगेको छ ।
ठूला राजनीतिक दल अपराधमा संलग्न आफ्ना मान्छे बचाउन लागिपर्नु, नागरिक समाजको आवाज उच्च नबन्नु, माथिदेखि तलसम्मका नेता, कार्यकर्ता अपराधको विषयमा चुइँक्क नबोल्नु, साना–ठूला दल राजनीतिक अभियानमा मात्र केन्द्रित देखिनु, क्षमता हुँदाहुँदै सञ्चार क्षेत्र अन्तै व्यस्त रहनुलगायत विषय अवाञ्छित सन्दर्भ बनेका छन् । दशकौं अघि कुख्यात अपराधी चार्ल्स शोभराजले ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराउन सकिन्छ’ भनी दिएको अभिव्यक्ति यथार्थपरक सावित भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: