काठमाडौं । निजी मेडिकल कलेजबाट छात्रवृत्ति कोटामा विद्यार्थीले भने हालसम्म पढ्न नपाएको पाइएको छ । ऐनले तोकेको मापदण्डअनुसार निजी मेडिकल कलेजले छात्रवृत्ति कोटामा विद्यार्थी नपढाएका हुन् ।
निजी कलेजलाई सरकारी छात्रवृत्ति अनिवार्य नगराउँदा हरेक शैक्षिक सत्रमा देशभरबाट ९८ जना विद्यार्थीले निःशुल्क पढ्न पाउने अवसरबाट वन्चित हुन पुगेका छन् । चिकित्सा शिक्षा ऐनको दफा १७ को उपदफा ४ अनुसार भने नेपालीको मात्र लगानीमा सञ्चालित कलेजहरुले कुल सिट संख्याको कम्तिमा १० प्रतिशत र नेपाली र विदेशी नागरिकको संयुक्त लगानी वा विदेशीको मात्रै लगानीमा सञ्चालित शिक्षण संस्थाले कुल सिटको कम्तिमा २० प्रतिशत सिट निःशुल्क छात्रवृत्तिका रुपमा छुट्याउनुपर्ने व्यवस्था रहेको छ।
तर निजी मेडीकल कलेजहरुको मनोमानीले हरेक वर्ष छात्रवृत्तिका यी सिट कलेजहरुले नछुट्याउँदा विद्यार्थीहरुले शुल्क तिरेरमात्र पढ्नु पर्ने बाध्यता रहेको छ। निजी कलेहरुमा अहिलेसम्म कुनै पनि विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाएका छैनन्।
हालसम्म कुनै पनि निजी मेडिकल कलेजले स्नातकोत्तरमा छात्रवृत्तिमा विद्यार्थी अध्यापन नगराएका चिकित्सा शिक्षा आयोगका एकजना पूर्वअधिकारीले बताए । ‘ऐनमा पीजी तहमा पनि निजी कलेजहरुले छात्रवृत्ति कोटा छुट्याउने व्यवस्था रहेको भएपनि हालसम्म एमबीबीएस तहमा लागू भए पनि पीजी तहमा भने हालसम्म लागू नभएको उनले बताए ।
यता निजी मेडिकल कलेजहरुले भने सरकारले छात्रवृत्तिका कोटा छुट्याउन मिल्नेगरी सिट निर्धारण नगर्दा समस्या हुने गरेको भन्दै यसको दोष आयोगमाथि नै थोपरेका छन्।
निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेज अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीका अनुसार १० प्रतिशत सिट छात्रवृत्तिका रुपमा छुट्याउन कम्तिमा १० सिट आयोगले प्रत्येक मेडिकल कलेजलाई छुट्याउन पर्ने भए पनि त्यस्तो नगर्दा समस्या भएको बताए ।
उनले भने‚ ‘छात्रवृत्तिका लागि १० प्रतिशत सिट छुट्याउन कम्तिमा हामीले १० वटा सिट पाउनु पर्छ यस्तो अवस्थामा हामीले एक जनालाई छात्रवृत्ति कोटा छुट्याउन सक्छौँ तर हालसम्म आयोगले यसरी सिट छुट्याएर पठाएको छैन र समस्या भएको हो।’
आयोगले भने यो विषयमा अदालतमा मुद्दा परेको र त्यसको फैसला आएपछि सोहीअनुसार हुने भनेर पन्छिँदै आएको छ।
चिकित्सा शिक्षा आयोगले हालै मात्र नयाँ शैक्षिक सत्रका लागि विभिन्न निजीरसरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहको सिट निर्धारण गरेको थियो ।
यसरी आयोगले बाँडफाँड गरेको सिटका आधारमा अब कलेज तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानहरुले सन् २०२४ को शैक्षिक कार्यक्रम सञ्चालन गर्नु पर्ने छ । तर, निजी कलेजहरुले यस्तो गरी रहेका छैनन् ।
चिकित्सा शिक्षा आयोगको स्थापना भएपछिको यो पाँचौँ शैक्षिक सत्र हो । यस पटक आयोगले स्नातकोत्तरतर्फ मेडिकल कलेजहरुलाई ८८८ सिट उपलब्ध गराएको छ । आयोगले नेपाली लगानीकर्ताहरुको स्वामित्वमा रहेका मेडिकल कलेजहरुलाई ७९७ सिट र विदेशीको समेत लगानी रहेका मेडिकल कलेजलाई ९१ सिट बाँडफाँड गरेको छ।
अब मेडिकल कलेज तथा प्रष्तिष्ठानहरुले आयोगले दिएको यही सिटअनुसार नै अध्यापन गराउनु पर्ने छ ।
केही दिनअघि आयोगले आगामी शैक्षिक सत्रको लागि गरेको सिट बाँडफाँडः
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: