ओखलढुंगा। मध्य पहाडी यात्रामा रहेको नेकपा एमालेलाई कुनैपनि हालतमा सिन्धुलीबाट प्रदेश प्रवेशमा रोक लगाउने पहिचानवादीले बताएका छन् । एमालले आफ्नो कार्यक्रममा अवरोध नगर्न पिहचानवादीलाई आग्रह गरेपनि पहिचानवादीले एमालेको अभियानलाई सन्धिुलीबाट उदयपुर प्रवेशमा कुनैहालतमा पनि प्रवेश गर्न नदिने बताएका हुन् ।
एमालेको टोली कोशी प्रवेश गर्ने क्रममा पहिचान पक्षधरले बन्दका कार्यक्रम राखेपछि एमालेले बन्दका कार्यक्रम नराख्न अपिल गरेको थियो । पहिचानको आन्दोलनलाई एमालेले निस्तेज पार्नका लागि आफुहरुलाई आतंककारीकाे बिल्ला भिराउने, प्रदेश बाउको बिर्ता हैन भन्दै अपराधि करार गर्न खोजेका कारण पनि एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेत सहित पहिचानको विपक्षमा मतदान गरी आफु विरुद्ध लाग्ने ८२ प्रदेश सांसद सहभागि कार्यक्रमलाई कुनैपनि हालतमा प्रदेश नं. १ मा प्रवेश रोक लगाउने एक पहिचानवादी नेताले बताए ।
उनले एमालेको पदयात्रामा ८२ प्रदेश सांसद र एमालेका तीन नेता सहभागि नभए आफुहरुले नै स्वागत गर्ने अन्यथा सिन्धुलीबाट उदयपुर र ओखलढुंगा प्रवेशमा प्रतिबन्ध लगाउने बताए । यदी आफुहरुको कुरालाई वेवास्ता गरेर जबरजस्ती प्रवेश गरेको खण्डमा आफुहरु टुलुटुलु हेरेर नबस्ने उनले चेतावनी दिए ।
नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा अध्यक्ष आोलीले संम्वोधन गरेपछि खोटाङ प्रवेश गर्दैछ ।
एमालेको सभालाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामांकन समितिले मध्यपहाडी लोकमार्ग बन्दको आव्हान गरेको हो । एमालेले संकल्प यात्रा जसरी पनि गर्ने र सङ्घर्ष समितिले अवरोध गर्ने बताएपछि मुठभेडको सम्भावना बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: