काठमाडौं । मध्य पहाडी यात्रामा रहेको नेकपा एमालेले आफ्नो कार्यक्रमलाई अवरोध नगर्न पिहचानवादीलाई आग्रह गरेको छ । एमालेको टोली कोशी प्रवेश गर्ने क्रममा पहिचान पक्षधरले बन्दका कार्यक्रम राखेपछि एमालेले बन्दका कार्यक्रम नराख्न अपिल गरेको हो ।
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेको अभियानलाई अवरोध पुग्ने गरि कार्यक्रम राखेको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताएका छन् । गौतमले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गरिएकोमा पार्टीका तर्फबाट बन्दकर्तालाई फिर्ता लिन आग्रह गरेका हुन् ।
नेकपा एमालेको अभियान विकास र समृद्धिका लागि भएकाले यस्ता अभियानमा अवरोध भन्दा पनि सहयोग गर्न गौतमले आग्रह गरे । असहमति भए औपचारिक रुपमा शान्तिपूर्ण रुपमा गुनासा राख्न सकिने भन्दै गौतमले जिम्मेवार बन्नु पर्ने बताए ।
कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रुपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने गौतमको भनाई छ ।
नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा अध्यक्ष ओलीले सम्वोधन पछि खोटाङ प्रवेश गर्दैछ ।
एमालेको सभालाई लक्षित गरेर प्रदेश नम्बर १ पुनः नामांकन समितिले मध्यपहाडी लोकमार्ग बन्दको आव्हान गरेको हो ।
एमालेले संकल्प यात्रा जसरी पनि गर्ने र सङ्घर्ष समितिले अवरोध गर्ने बताएपछि मुठभेडको सम्भावना बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: