Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

उदयपुरकाे घुर्मीबाट पहिचान पक्षधरले एमालेलाइ प्रदेश प्रवेशमा राेक लगाउने

दुबै पक्षबीच भिडन्तकाे सम्भावना

खबरडबली संवाददाता

ओखलढुंगा । मंसिर १४ गतेदेखि सुरु भएको नेकपा एमालेको मध्यपछाडी संकल्प यात्रा मंगलबार कोशी प्रदेशमा प्रवेश गर्दैछ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको टोली उदयपुरको घुर्मीबाट कोशीमा प्रवेश गर्ने कार्यक्रम तय भएको हाे ।

एमालेको यात्रालाई अवरोध पुर्याउने उद्देश्यले पहिचान पक्षधरले अवरोध गर्ने चेतावनी दिँदै आएका छन् । उनीहरुले कोशी नामकरणको पक्षमा मतदान गर्ने प्रदेशसभाका सदस्यसहित कोशी नामकरणको विषयमा असन्तुष्टी राख्ने समूहलाई आतंककारीको आरोप लगाएका एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतसहितका नेताहरु यात्रामा सहभागी भए अबरोध गर्ने चेतावनी दिएका हुन् ।

पहिचान पक्षधरले एमालेको यात्रामा आफूरुहको विरोध नभएपछि कोशी प्रदेशका सांसदसहित ओली, भट्टराई र एमाले नेता महेश बस्नेतलाई सहभागी नगराउन चेतावनी दिँदै आएका छन् । उनीहरु यात्रामा सहभागी नभए आफूहरुको स्वागत रहने पहिचान पक्षधरको भनाइ छ ।

पहिचानकाे नाममा एमाले विराेधी गतिबिधि मान्य हुँदैन

एमालेले भने पहिचानको नाममा एमालेविरोधी गतिबिधि भएको भन्दै उनीहरुको धम्की अस्वीकार्य रहेको बताएको छ । एमालेले पहिचानवादीको ‘आदेश’ अमान्य रहेको बताएपछि यात्रामा अवरोध सिर्जना गर्न पहिचान पक्षधरले मंगलवबार मध्यपछाडी राजमार्ग अन्तर्गत घुर्मीदेखि र धनकुटाको लेघुवाघाटसम्म बन्दको आह्वान गरेका छन् ।

एमालेको यात्रामा अवरोध नगर्ने बताउँदै पहिचानवादी नेता गोपाल किरातीले तर, केपी ओली, योगेश भट्टराई र महेश बस्नेतसहित कोशीको नाममा मतदान गर्नेहरु सहभागी भए अबरोध गर्ने चेतावनी दिए । ‘कोशीको पक्षमा हामीलाई नानाथरी गालीगलौज गर्दै हिँड्ने खड्गप्रसाद ओली, योगेश भट्टराई र महेश बस्नेत आएनन् भने हामी अवरोध गर्दैनौं’ उनले भने, ‘हाम्रो विरोध एमालेसँग होइन, कोशीका पक्षमा हस्ताक्षर गर्ने ८२ सांसद र एमालेका तीन नेताहरूसँग मात्र हो ।’

पहिचानकाे नाममा कोशी प्रदेशमा आतंकवादी वितण्डा मच्चाउन खोजेको आरोप

पाँचथरको चिवाभञ्ज्याङ् पुगेर सम्पन्न हुने संकल्प यात्राको क्रममा मंगलबार उदयपुरको घुर्मीमा पहिलो सभा आयोजना गरिने एमाले कोशीले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीको नाममा केही तत्वले कोशी प्रदेशमा आतंकवादी वितण्डा मच्चाउन खोजेको आरोप लगाउँदै आएका छन् । त्यसले गर्दा पहिचानवादीहरु थप उत्तेजित बनेका छन् ।

एमालेकै नेताहरूले पहिचान पक्षधरहरूलाई एमाले केन्द्रित नभई प्रदेशको नाम केन्द्रित हुन आग्रह गर्दै आएका छन् । संकल्प यात्रासँग पहिचानवादीको कुनै साइनो सम्बन्ध नरहेको भन्दै पार्टीका नेताहरूको यात्रामा अबरोध नगर्न पहिचान पक्षधरलाई आग्रह गर्दै आएका छन् ।

कोशी प्रदेश प्रदेशसभाको दुईतिहाइ बढी सांसदको समर्थनमा नामकरण भएकाले एमालेलाई मात्रै गाली गरेर, अवरोध गरेर आन्दोलन सफल नहुने एमालेका स्थायी कमिटी सदस्य शेरधन राईको भनाइ छ । नामकरणको विषयको आन्दोलनलाई प्रदेशसभामा केन्द्रित गर्न उनले आग्रह गरेका छन् । उनले एमालेको यात्रामा पहिचानवादीको साइनो सम्बन्ध नरहेको बताए ।

अबरोध हटाउने सुरक्षा रणनीति

एमालेको कार्यक्रममा अबरोध गर्नेगरि पहिचान पक्षधरले कार्यक्रम घोषणा गरेपछि सुरक्षा निकायले कुनै अप्रिय घटना हुन नदिन एकीकृत सुरक्षा रणनीति अपनाएको छ । नेपाल प्रहरीका करिब तीन हजार सुरक्षाकर्मी एमाले यात्रामा परिचालन गरिने तयारी छ । ‘सुरक्षाको कोशी प्रदेशमा भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी सबै जनशक्ति परिचालन गरेका छौँ’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराज कँडेलले भने ‘थप सुरक्षाकर्मी मधेस र बागमती प्रदेशबाट पनि मगाइएको छ ।’ सुरक्षाका सबै जोखिमलाई न्यूनीकरण गर्ने तयारीमा प्रहरी रहेको उनले बताए ।

एसएसपि जयप्रसाद साप्कोटाको नेतृत्वमा नेपाल प्रहरीले प्रहरीको टोली मध्य पहाडी राजमार्गमा परिचालन गरिएको छ । नेपाल प्रहरीले तीन वटा क्षेत्र विभाजन गरेर सुरक्षा रणनीति अपनाएको छ । प्रदेशको पश्चिम भागमा उदयपुरमा एसपी रमेश थापाले कमान्डको नेतृत्व गर्नेछन भने मध्यभागमा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका गणपति लक्ष्मी अधिकारीले सुरक्षाको नेतृत्व गर्नेछन् । पूर्वमा इलामका एसपी वासुदेव खतिवडाको कमान्डमा प्रहरी परिचालन गरिएको छ । एमालेको यात्रा समापन हुने दिन पुस २ गतेसम्म नै कडा सुरक्षा अपनाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । एमालेको कार्यक्रमस्थल र बसोबास स्थलमा कडाइ गरिनेछ ।

झडपको अवस्था आएमा पहिचान पक्षधरका नेतालाई विहानैदेखि नियन्त्रणमा लिने

उदयपुरको कार्यक्रमा करिब एक हजार पहिचान पक्षधर उपस्थित हुने सुरक्षा निकायको अनुमान छ । जाडो समय भएकाले बस्ने र खानेको टुंगो नहुने भएकोले पहिचान पक्षधरको ठूलो संख्या अबरोधमा नआउने अनुमान गरिएको छ । झडपको अवस्था आउने देखेमा पहिचान पक्षधरका नेतालाई विहानैदेखि नियन्त्रणमा लिने सुरक्षा रणनीति छ ।

कोशी प्रदेशमा उदयपुरको घुर्मीबाट सुरु हुने एमालेको अभियान भोजपुरको चखेवा भन्ज्याङ, धनकुटाको पाख्रीबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र पाँचथरको फिदिम हुँदै पुस २ गते चिवाभञ्ज्याङ पुगेर सम्पन्न हुनेछ । एमालेले पुष्पलाल मध्यपछाडि लोक मार्गसँग जोडिएका मुख्य १० सहरमा देखिएका समस्याको पहिचान र समाधानका निम्ति योजना निर्माणको उद्देश्यका साथ संकल्प यात्रा तय गरेको जनाउँदै आएको छ ।

अभियानले कोशी प्रदेशको ४२५ किलोमिटर यात्रा तय गर्ने एमाले कोशी प्रदेश कमिटिले जानकारी दिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending