काठमाडौं । भारत सरकारको निमन्त्रणामा नेपालका १ दर्जनभन्दा बढी युवा नेताहरु अध्ययन भ्रमणको लागि १० दिने भारत भ्रमणमा गएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकका अनुसार सो टोलीले आइतवार भारतको राजनीतिक, आर्थिक तथा सामाजिक विकासको बारेमा अध्ययन गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीतर्फ लागेको हो ।
नेपालका प्रमुख राजनीतिक दलका युवा नेता सहभागी रहेको सो प्रतिनिधि मण्डलले भारतीय विदेश नीति र यसको रणनीतिक रूपरेखा, ग्लोबल इकोनोमी र दक्षिण एसिया, आर्थिक तथा औद्योगिक विकास, उद्यमशीलता, दक्षिण एशियामा प्रविधिको विकास, केन्द्रीय भिस्टा पुनर्विकास परियोजना, लुहरी स्टेज जलविद्युत परियोजना लगायतका क्षेत्रको भ्रमण तथा अध्ययन गर्नेछ ।
सो प्रतिनिधि मण्डलले नयाँ दिल्लीस्थित नयाँ संसद भवन र परराष्ट्र मन्त्रालयमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सो टोली मुम्बई, सिम्ला लगायत प्रमुख राजनीतिक, सांस्कृति तथा औधोगिक क्षेत्रको भ्रमण गर्ने बताइएको छ ।
टोलीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लगायतका पार्टी प्रतिनिधिहरु समावेश हुने भएका छन् ।
प्रतिनिधिमण्डलमा कविन्द्र बुर्लाकोटी, सहमहासचिव, राष्ट्रिय स्वतन्त्र पार्टी, क्रान्तिशिखा धिताल केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी, दीपककुमार साह, उपाध्यक्ष, जनमत पार्टी, रामआशिष यादव, प्रदेश सभा सदस्य, मधेस प्रदेश जनता समाजवादी पार्टी अनिलकुमार रुङ्टा, केन्द्रीय समिति सदस्य, नेपाली कांग्रेस, नैनसिंह महर, केन्द्रीय समिति सदस्य नेपाली कांग्रेस, सुश्री गोमा बिष्ट, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), डा. सूर्यप्रसाद पाठक, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), सुनिता बराल, केन्द्रीय समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), अजयशंकर नायक, केन्द्रीय कमिटी सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), रेणु चन्द केन्द्रीय समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी प्रवेश) रहने छन् ।
भ्रमणपछि सो प्रतिनिधि मण्डल आगामी डिसेम्बर २० तारिख मुम्बई हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: