Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

यौनकाण्डमा मुछिएका हाकिमलाई न स्पष्टीकरण, न कारबाही

'भ्रष्टाचारमा डामिए अदालतका श्रीमानले चोख्याउने, अश्लिल हर्कतमा मुछिए सामान्य प्रशासनका हाकिमहरुले बचाउने'

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय निजामती सेवाभित्र दण्डहिनताले प्रश्रय पाउँदै गएको छ । विभिन्न स्थानीय तहका कर्मचारीहरुका यौन काण्ड छातछुल्ल हुँद पनि उनहिरुलाई नत स्पष्टिकरण सोधिएको छ न त उनीहरुलाई कारबाही नै भएको छ ।

कर्मचारीहरु भ्रष्टाचारमा डामिए भने विशेष अदालतका श्रीमानले चोख्याउन र  यौनजन्य÷ अश्लिल हर्कतमा मुछिए सामान्य प्रशासनका हाकिमहरुले बचाउने प्रबृत्ति मौलाउँदो रुपमा आएको छ  ।

गत साउनदेखि यता ५ कर्मचारी यौनकाण्डमा डामिए । जसमध्ये एक जना कारागारमा छन्, एक धरौटी तिरेर उन्मुक्ति पाएर सम्बन्धित कार्यालय हाक्दैछन् बाँकी ३ जनालाई कारबाही त परैको कुरा साधारण स्पष्टीकरण समेत सोधिएन ।

तीन महिना सामान्यको बरण्डामा थन्काएर जिम्मेवारीमा खटाइसकिएको छ । कार्यालयमै लेखा अधिकृतसँग यौनजन्य गतिविधि गर्ने हाकिम काजीमान राई गत सोमबारदेखि नयाँ जिम्मेवारी लिएर सोलुखुम्बुको लिखुपिकेमा हाजिर भएका छन् । बीचमा राईलाई बाह्रदशी गाउँपालिकामा खटाइएको थियो तर पालिकाले चरित्रहीन हाकिम भन्दै हाजिरै गर्न नदिएपछि तीन महिना सामान्यको बरण्डामा बसेर उनी सोलुखुम्बु हिडेका हुन ।

भदौ पहिलो साता कार्यालयको सिसिक्यामरा अफ गरेर लेखा अधिकृतसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईमाथि सामान्य प्रशासनले कुनै कारवाही नगरी लिखु पिके गाउँपालिका पाठायो । राई गत सोमबारबाट त्यहाँ हाजिर भइसकेका छन् । 

राईसँगै रोमान्स गर्ने लेखा अधिकृत रेश्मा राईलाई पनि कुनै विभागीय कारवाही भएको छैन । गत दशैंसम्मको तलब पालिकाबाटै खाएकी राई दुई साता अघि सामान्य प्रशासनमा तानिएकी छन् । ऐन अनुसार रेश्मा स्थानीय तहको कर्मचारी हुन, उनको सरुवा एउटा स्थानीय तहबाट सोही प्रदेशभित्रको स्थानीय तहमा मात्र हुने व्यवस्था रहेको छ । ऐन अनुसार, उनी कोशी प्रदेशभित्रका स्थानीय तहमा सरुवा हुन सक्छिन् । तर, महिला कर्मचारीको हकमा सामान्यका हाकिमहरु बढी नै उदार भएर उनलाई माइजोगमाई गाउँपालिकाबाट सामान्यमा तानिएको छ । सामान्य प्रशासनले रेश्मालाई सामान्यमा खटाउनु भन्ने पत्र काटेसँगै माइजोगमाइ गाउँपालिकाले रमाना दिएर पठाएको त्यहाँका कर्मचारीले बताए ।

यस्तै यौनकाण्डमा डामिएका अर्का उपसचिव डमरु निरौलामाथि पनि सामान्यले कुनै कारवाही त के केरकारसम्म गरेन । गत साउन दोस्रो साता झापास्थित दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको क्वार्टरभित्रै एक डिभोर्सी महिलासँग मदिरामा लठ्ठ भएर चुम्बन गरेको भिडिओ सामाजिक सञ्जालमा छरपष्ट भएसँगै २४ साउनबाट सामान्यले अतिरिक्त समूहमा तानेको थियो । साढे तीन महिना हाजिरमात्र गरेर तलब पकाएका उनलाई दुई साता अघिमात्र वीरगञ्ज मालपोत कार्यालयको हाकिम बनाएर खटाइएको सामान्य प्रशासनले जनाएको छ ।

गत भदौंमै अर्को उपसचिव यौनकाण्डमा मुछिएनन् मात्र प्रहरी हिरासतमै पुगे । चितवनस्थित जिल्ला तथ्यांक कार्यालयका हाकिम यज्ञमूर्ति भण्डारीले ३५ बर्षे कार्यालय सहयोगीलाई पटक पटक यौन शोषण गरेको आरोपमा प्रहरी हिरासतमा पुगे । ती अधवैशें महिलासँगको संसर्ग पछि गर्भ बस्यो । ४ महिना पूरा भइसकेको गर्भ पतन गराउन खोज्दा अत्याधिक रक्तश्राप पछि हाकिमले कार्यालय सहयोगीमाथि गर्ने गरेको यौन शोषणको बिषय सतहमा आयो । उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता पनि भयो । पछि चितवनका न्यायाधीश मातृकाप्रसाद आचार्यले भण्डारीलाई २५ हजार रुपैयाँमात्र लिएर धरौटीमा रिहा गर्ने आदेश दिए र तारेखमा रिहा भए । अहिले उनी पूर्ववत जिम्मेवारी सम्हालिरहेका छन् ।

यता घरमा काम सघाउने युवतीमाथि यौन शोषण गरेको प्रमाण भेटिएपछि इञ्जिनियर हरिकुमार पोखरेल अहिले प्रहरीको चिसो सिँढिमा पुगेका छन् । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । उनीबाहेकका चारै जना यौनकाण्ड लागेका कर्मचारी पूर्ववत जिम्मेवारीमा फर्किसकेका छन् ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य ललिता निवास जग्गा काण्डमा जोडिएर सामान्यको अतिरिक्तमा तानिएका छन् । भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको सिआइबीको अनुसन्धानको घेरामा तानिएका वैद्यले क्लिन चिट नपाउँदै हालै प्रदेशतिर खटाइएको छ । निजामती सेवा ऐन ०४९ मा सजाय सम्बन्धि व्यवस्था गरिएको छ । ऐनको दफा ५९ ले सामान्य सजाय अन्र्तगत नसिहत दिने, दुईदेखि पाँच वर्र्षसम्म बढूवा रोक्का गर्नेदेखि तलब बृद्धिसम्म रोक्का गर्न सक्ने व्यवस्था गरेको छ । 

यस्तै भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्तसम्म गर्न सक्ने व्यवस्था ऐनमा भए पनि कार्यन्वयन नगर्ने वा कर्मचारीलाई बचाउमा लाग्ने परिपाटीले निजामती वृत्तमा दण्डहिनता मौलाउँदै गएको देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending