काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा शान्ति प्रक्रिया टुंग्याउने विषय वस्तुलाई प्रवेश गराउने बताएका छन् ।
आइतबार बालुवाटारमा आयोजित गम्भीर मानव अधिकार उल्लंघनका घटनाका पीडितहरूको राष्ट्रिय सञ्जालद्वारा आयोजित कार्यक्रममा उनले राष्ट्रिय सहमति भएन भने गणतान्त्रिक प्रक्रियाबाट भए पनि टुंग्याएर छाड्ने बताएका हुन् ।
उनले भने,‘अब बस्ने सदनमा पहिलो एजेण्डाको रुपमा यसलाई प्रवेश गराइने छ । राष्ट्रिय सहमति गराउने अन्तिम प्रयास गरिन्छ । भएन भने गणतान्त्रिक प्रक्रियाबाट टुंग्याइन्छ ।’ जनताले पाएका हक अधिकारसँगै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने प्रयास भइरहेको उनले बताए । त्यसकारण पनि छिटोभन्दा छिटो शान्ति प्रक्रियालाई सकारात्मक ढंगले टुंग्याउन जरुरी रहेको उनको भनाइ थियो ।
उनले भने, ‘१२ बुँदे समजदारी, शान्ति सम्झौता र संविधान सभाबाट प्राप्त भएका जनताकोहक अधिकारमाथि धावा बोल्ने प्रयास भइरहेको छ । त्यसकारण पनि हामी अझ बढी एक भएर अगाडि जान जरुरी छ । त्यसैले छिटोभन्दा छिटो यसलाई सकारात्मक ढंगले टुंग्याउन जरुरी छ । यो पटक हामी टुंग्याउछौं ।’
प्रधानमन्त्री दाहालले आफू सरकार मात्र नभएर शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि भएकाले विशेष जिम्मेवारी रहेको बताए । उनले भने,‘यो ऐतिहासिक तथ्य हो म सरकार मात्र होइन शान्ति सम्झौताको हस्ताक्षरकर्ता पनि भएको हुनाले मेरो विशेष जिम्मेवारी यसलाई टुंग्याउने र तपाईहरुलाई खुसी बनाउने छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: