Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

रौतहटको कटहरियाको चार स्थानमा लुटपाट, एक जना पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहटको चर्चित बजार कटहरिया स्थित गए राति तीन वटा पसल बाट नगद र सामान सहित लाखौं बराबरको चोरी भएको छ। प्रहरी गस्ती टोलीले एक जना चोरलाई केही नगद र सामान सहित रंगेहात पक्राऊ गर्न सफल भएको छ।

कटहरिया बजारको हनुमान मन्दिर छेउ इलाका प्रहरी कार्यालय बाट मात्र दुई सय मिटर टाढा शिवशङ्कर साह तेलीको गल्ला पसलको मूल गेटमा लगाइएको तीन वटा ताला फोडेर बिहीबार मध्यरात चोर भित्र पसेका थिए। पसल भित्र रहेको पैसा राख्ने गल्लाबाट झन्डै एक लाख रुपैयाँ चोरी लगेको पीडित तेलीले बताएका छन्।

घटनाबारे आफूले आज बिहान मात्र थाहा पाउने बित्तिकै प्रहरी लाई खबर गरेको उनको भनाई छ । उता कटहरिया नगरपालिका भवन छेउ मूल सडकमा रहेको दुईवटा काठको गुम्ति फोडेर चोरले पान तथा कस्मेटिक पसलबाट नगद र विभिन्न सामान चोरी लागेका छन् । 

चोरले दिनेश प्रसाद जायसवाल र अवध प्रसाद जैसवालको गुम्ति फोडेर एक जनाको नगद १५ हजार, र अर्काको नगद ३५, हजार तथा विभिन्न सामान चोरी लागेको पीडितद्वयले बताएका छन् । चोरीको घटनाबारे उनीहरूले पनि आज बिहान मात्र थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

यसैबिच इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको गस्ती टोलीले गए राति करिब दुई बजेको समयमा चोरीको घटना भएको जैसवालको पसल छेउबाट भाग्दै गरेको अवस्थामा एक जना चोरलाई नगद र सामानसहित पक्राउ गरेको थियाे।

पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ कटहरियाका रामेश्वर राय यादव रहेको इलाका प्रहरी कार्यालयका प्रमुख सई रामछवेला यादवले बताए । भाग्दै गरेको अवस्थामा प्रहरीले लखेटेर पक्राउ गरेको आरोपी यादवको साथबाट करिब १५ हजार नगद र केही थान सेन्टको प्याकेट बरामद भएको सई यादवले जानकारी दिए।

पक्राउ परेका आरोपी चोर रामेश्वर यादवलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गरुडा पठाइएको प्रहरीले जनाएको छ। आरोपी रामेश्वर यादव यस अघि पनि चोरीकै घटनामा पक्राउ परेर कारागारदेखि सुधार केन्द्रमा समेत बसिसकेका व्यक्ति हुन् । 

उता परोहा नगरपालिका ३ तेजापाकाड गाउँका इस्लाम अन्सारीको घरमा गए राति हतियारधारी समूहले लुटपाट गरेका छन् । लुटेरा समूहले जानेबेला घर बाहिर आएर एक राउन्ड हवाई फायर समेत गरेको अन्सारीका छिमेकीले बताए ।

उक्त घटनाबारे विस्तृत जानकारी आउन नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending