Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन, सरकारले गरेको सहमति हामी मान्दनौ: हर्कराज राई

खबरडबली संवाददाता

काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टीका सांसद हर्कराज राईले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि नाममा सेना गठन गर्न नहुने धारणा राखे। पछिल्लो समय विभिन्न समूहले आफूलाई ‘सेना’ भन्दै गतिविधि सञ्चालन गर्नु र सरकारले त्यस्ता समूहसँग संवाद गर्ने प्रवृत्ति स्वीकार्य नभएको उनले बताए।

सुनसरी र मधेशका घटनाका क्रममा चर्चामा आएको ‘हिन्दु सम्राट् सेना’प्रति संकेत गर्दै राईले नेपालमा नेपाली सेना मात्र वैधानिक सुरक्षा निकाय भएको उल्लेख गरे। यस्ता समूहसँग वार्ता गर्नुको सट्टा कानुनअनुसार नियन्त्रण र कारबाही गर्न सरकारलाई आग्रह गरे।

राईले साउन ५ गते जनकपुर भ्रमणका क्रममा आफूलाई एक समूहले अवरोध गरेको र आफ्ना सहयोगीमाथि कुटपिट भएको घटना पनि संसद्मा उठाए। निर्वाचित सांसदलाई आफ्नै देशमा स्वतन्त्र रूपमा हिँडडुल गर्न नपाउने अवस्था सिर्जना हुनु कानुनी शासनका लागि चिन्ताजनक भएको उनको भनाइ थियो। घटनापछि गृहमन्त्रीलाई व्यक्तिगत रूपमा जानकारी गराएर कारबाहीको माग गरे पनि त्यसको प्रगति सार्वजनिक नभएको उनले बताए।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति अझै संसद्को अभिलेखबाट नहटाइएको भन्दै आपत्ति जनाए। उक्त अभिव्यक्ति सच्याएर रेकर्ड संशोधन गर्न उनले माग गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देवानगञ्ज घटनाका घाइते मेहताको मृत्यु: आफन्तद्वारा शव बुझ्न अस्वीकार

गृहमन्त्री गुरुङ अस्पताल आएर घटनाबारे जानकारी नदिएसम्म शव नबुझ्ने अडान

व्यवसायीको घरमा छापा प्रकरण : मोरङका एसपी कटवालसँग २४ घण्टे स्पष्टीकरण माग

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग प्रदेश प्रहरी कार्यालय कोशीले स्पष्टीकरण माग गरेको छ। कोशी प्र...

सुनसरी घटनाबारे न्यायिक छानबिन समिति गठन गर्न सांसदहरूको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सुनसरीमा भएको हिंसात्मक घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन्। मंगलबा...

सुदूरपश्चिमका समस्या र विकास योजनाबारे सांसदहरूले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...

रास्वपा सांसद सिंहको प्रश्न : मधेशमा आन्दोलन हुँदा किन गोली नै चलाइन्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...

मधेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दो

महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...

देशमा नेपाली सेना बाहेक अरू सेना स्वीकार्य छैन, सरकारले गरेको सहमति हामी मान्दनौ: हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...

अमरनाथ तीर्थयात्राका क्रममा एक नेपालीको मृत्यु

वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर...

तराई–मधेशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। ...

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मं...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending