काठमाडौं । दुबईको बाटो भएर ठूलो परिमाणमा सुन ओसार्नेमा चिनियाँ यात्रीलाई गोरखाका चन्द्र बहादुरले उछिनेका छन् ।
चिनियाँ यात्री ली हानसोङले गत असोजमा फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन छिराउने प्रयाश गरेका थिए ।
गोरखाका चन्द्र बहादुर घलेले हिजोमात्रै १४ किलो सुन ल्याएका थिए तर उनी पनि सुन बोकेर गन्तव्यसम्म पुग्न सफल हुन पाएनन् ।
दुबैजनाले दुबईबाट सुन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको आँखा छल्ने असफल प्रयाश गरेका थिए । घले हिजो बिहीबार मध्यरातमा ठूलो परिमाण सुन सहित समातिएका थिए ।
असोजमा पक्राउ परेका चिनियाँ नागरिक दावोजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको थियो । घलेलाई भन्सार कार्यालयले समातेर नियन्त्रणमा लिएको छ ।
सुन आउँदै छ भन्ने सूचना पाएपछि भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल आफैं राती विमानस्थलमा पुगेका थिए । अवैध रूपमा सुन आउने सुराकी पाएपछि एक हप्तादेखि निगरानी गरेकोमा धेरै मेहनत पछि सुन समात्न सफल भएको पौडेलले बताएका छन् ।
दुबई भन्सारबाट कसरी ठूलो परिमाणको सुन छिराएर ल्याए भन्ने विषयमा भने आशङ्का उब्जिएको भन्सार अधिकारी बताउँछन् । गएको साउन ३ गते विमानस्थलमा ६१ किलो सुन बरामद भएपछि भन्सार विभागले विशेष सन्यत्रमार्फत नियमित निगरानी गरिरहेका छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: