Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

एमाले र पहिचानवादी दुवै आक्रामक, भीडन्त रोक्न एकीकृत सुरक्षा योजनाकाे तयारीमा प्रहरी

खबरडबली संवाददाता

काठमाडाैं  । नेकपा एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रहरी प्रशासनले भने सम्भावित झडपलाई रोक्न भन्दै एकीकृत सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

उता, दुवै पक्ष भने संयमता अपनाउने भन्दा पनि एक अर्कालक्षित आक्रामक अभिव्यक्ति दिँदै आएका छन् । पहिचानवादीले केही दिन अगाडि ओखलढुंगामा आयोजना गरेको सार्वजनिक सभामा बोल्दै नेता गोपाल किराँतीले जबर्जस्ती गरे आफूहरुको लाशमाथि टेकेर हिंड्नुपर्ने चेतावनी दिएका थिए ।
एमालेबाट निर्वाचित कोशी प्रदेशसभाका सांसदहरुले प्रदेशसभामा बोल्दै मुलुकका पूर्वप्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गर्ने प्रचार दुःखद् र संविधानविरोधी भएको बताएका छन् । पहिचानवादीको यस्तो भनाइ संविधानप्रदत्त अधिकारको उल्लङ्घन भएको एमालेको दाबी छ । ‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिने चर्चा दुःखद् छ’ एमाले पोलिटब्यूरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोले भने, ‘यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु ।’

कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीसहित एमाले नेता योगेश भट्टराई र महेश बस्नेत तथा कोशी नामकरणको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्यहरुलाई पहाडी जिल्लामा प्रवेश गर्न नदिने चेतावनी दिँदै आएका छन् । एमालेको मेची–महाकाली मध्यपहाडी यात्राको क्रममा ओली र कोशीको पक्षमा मतदान गर्ने सांसदहरु सहभागी भए अवरोध गर्ने उनीहरुको धम्की छ ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिं थेगिमले २६ गतेदेखि उदयपुरको घुर्मिदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालिन बन्द आव्हान गरेको जानकारी दिए । ‘हामीले २५ गतेदेखि घुर्मि–चिवाभन्ज्याङ जागरण अभियान कार्यक्रम संचालन गर्दैछौं । २६ गतेदेखि घुर्मि–चिवाभन्ज्याङ अनिश्चितकालिन बन्द आव्हान गरेका छौं,’ थेगिमले भने, ‘८२ प्लस ३ लाई हामीले अवरोध गर्ने भनेका छौं । ८२ जनालाई कुनै पनि हालतमा अवरोध गर्ने हो । तीन जनाले भने माफी मागेको अवस्थामा जान दिन्छौं ।’

एमालेले मंसिर १४ गतेदेखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रा मंसिर २६ गते उदयपुरको घुर्मी आइपुग्नेछ । एमालेको उक्त अभियानमा प्रदेशसभाबाट कोशी नामकरणमा हस्ताक्षर गर्ने ८२ सांसद र पहिचानको विरुद्धमा बोल्ने तीन जना एमाले नेताहरु अध्यक्ष ओलीसहित नेता योगेश भट्टराई र महेश बस्नेत पनि सहभागी हुन लागेको कारण अवरोध गर्न लागिएको पहिचानवादीको दाबी छ ।

एकीकृत सुरक्षा योजना लागू हुने

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्का बढेको छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी राजेशनाथ बाँस्तोलाले आफूहरुले जुनसुकै शान्तिपूर्ण कार्यक्रमलाई पूर्ण सुरक्षा दिने बताए ।

‘लोकतन्त्र, गणतन्त्र, संविधानले दिएको प्रदत्त अधिकारलाई कसैले थुनछेक गर्न सक्ने अवस्था छैन । कसैले आउँछु भन्छन्, कोही जान्न भन्लान् । कसैले अउनै दिन्न भन्लान् । तर, हाम्रो सरोकार सुरक्षाको हो । सुरक्षा व्यवस्था हामीले मिलाएका छौं,’ बाँस्तोलाले भने, ‘कुरा के हो भने कसैले कसैलाई पनि निषेध गर्न मिल्दैन । कसैले कसैलाई पनि हस्तक्षेप गर्न नमिल्ने भएकोले स्वतन्त्रतापूर्वक आफ्नो कार्यक्रम गर्न पाउँछन् ।’ उनले एउटै ठाउँमा कार्यक्रम गर्ने कुरामा भने पहिलो जसले कार्यक्रमको तय गरेको हो उसैलाई छाडिदिने नेपाली संस्कृति भएको कारण सोही अनुसार हुनसक्ने उनले बताए । ‘नेपालीको संस्कृति पनि मिलेर गर्ने नै हो,’ उनले भने ।

प्रहरीले व्यापक रुपमा पहाडतिर फोर्स पठाएको छ । ‘एकीकृत सुरक्षा योजना अनुसार हामीले त्यहाँ सुरक्षा व्यवस्था लागू हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौं । तर, एक आपसमा झगडा हुन नदिने कुरामा भने राजनीतिक कार्यक्रम भएको कारण राजनीतिक शक्तिहरुले नै बसेर छलफल गरेर मिलाएर जानुपर्छ । हाम्रो काम पूर्णरुपमा शान्ति सुरक्षायुक्त बनाउन व्यापक प्रयास हुनेछ,’ उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन हुन्छन् । बाँकी कुरा राजनीतिक पार्टी र राजनीतिक शक्तिहरुबीच सहमति हुने कुरा हो ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending