Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भुकम्प प्रभावित क्षेत्रमा कांग्रेस नेता महर अस्थायी घर बनाउँदै

खबरडबली संवाददाता

जाजरकोट । कार्तिक १७ गतेको भूकम्पले जाजरकोटको भेरी नगरपालिका-१ रावतगाउँका पूर्णबहादुर र उर्मिला रावतको घरमात्र भत्काएन। बुढेसकालको सहाराका रूपमा रहेका छोराहरू ९ वर्षीय सुदन र २ वर्षीय सुरजलाई पनि चुडेर लग्यो।

पूर्णबहादुर र उर्मिलाका आँखा अझैँ ओभाएका छैनन्। जतिखेरै हृदय र नयनभरि छोराहरूको आकृतिमात्र नाचिरहेको हुन्छ। घर भत्केर त्रिपालमुनीको बास भयो। हुर्किंदै गरेका फूलजस्ता छोराहरू चुडिए। दु:ख र पीडाको भारि बाहेक उनीहरूसँग केही बचेन।

हलो-खेती र मेलापात गर्दै जीवन धानिरहेका उनीहरू बिहीबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरसँग भक्कानो छोडेर गहभरिका बह पोखिरहेका थिए।

'भूकम्पले हाम्रो त सबै खुसी लुट्यो। मर्न पनि नसकिँदो रहेछ। बाँच्न पनि गाह्रो हुँदो रहेछ। अब हामी को भनेर बाच्ने? कस्को मुख हेर्ने?,' रावत दम्पती यस्तै यस्तै पीडा पोख्दै रोइरहेका थिए।

उनीहरूका दु:खले महरका आँखा पनि रसाएका थिए। गह भरिएको थियो। महर यतिबेला तीनै भूकम्पपीडितका चहराइ रहेका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटमा खटिएका छन्।

बिहीबार महरसहितको टोलीले रावत दम्पत्तिका साथै उक्त टोलमा अन्य केही टहरा निर्माण गरेको छ। रावत टोलमा मात्रै भूकम्पमा परी ८ जनाले ज्यान गुमाएका छन्।

काठमाडौंबाट राहत सामग्रीसहित उनी बुधबार भूकम्पपीडितका टहरा निर्माणका लागि जाजरकोट पुगेका हुन्। महर एक साता जाजरकोटमा भूकम्पपीडितकै माझमा रहने छन्।

जाजरकोटका विभिन्न विद्यालयमा पुगेर महरले बिहीबार चिसोले काँपिरहेका विद्यार्थीहरूलाई न्यानो लुगा प्रदान गरे। बिहीबार दिनभर उनी विद्यार्थीहरूमाझ मै रहे। 

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका महरले त्यहाँका शिक्षक र विद्यार्थीहरूसँग रहेर न्यानो लुगामात्र वितरण गरेनन्, विद्यार्थीहरूलाई शिक्षामा केन्द्रित हुन मनोपरामर्श पनि प्रदान गरे। दैविक विपत्ति अकल्पनीय हुने भएकाले त्यससँग जुध्दै सम्हालिनुको विकल्प नभएको महरको भनाइ थियो।

कांग्रेसको केन्द्रीय नीति अनुरूप उनी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास (घर–टहरा) पुनर्निर्माण खटेका हुन्। त्यहाँ रहँदा उनले घर-टहरा निर्माण कार्यलाई तीव्रता दिने छन्।

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट प्रभावित बस्तीहरूमा एक हजार घर टहरा निर्माण गर्ने घोषणाअनुसार कांग्रेसले टहरा निर्माण कार्य तीव्रता दिएको छ।

कांग्रेसले इन्जिनियर, डकर्मीसहित सम्मिलित २५ वटा टोली भूकम्प प्रभावित दुई जिल्लाका विभिन्न क्षेत्रमा परिचालन गरेको छ। 

जाजरकोट पुगेका महरले भूकम्पपीडितको अवस्थाले आफूलाई निकै चिन्तित तुल्याएको बताएका छन्।

'जाजरकोट भूकम्पपीडितको अवस्था काकाकुल रहेको छ। सरकारले भूकम्पपीडितलाई राहत प्रदान गर्न एकद्वार प्रणालीको विकास गर्नुपर्थ्यो। त्यो हुन नसकेको पाइयो। सरकारकै नेतृत्वमा एकमुष्ट राहत प्रदान गरिएको भए पीडितलाई सहज हुन्थ्यो। कनिकाछराइ गर्दा धेरैलाई जसलिने बाटोमात्र हुन्छ,' उनी भन्छन्। 

एक हजार ७६ जना गर्भवती महिला चिसो त्रिपालमुनि कहरपूर्ण रात काट्न बाध्यछन्। थुप्रै वृद्धवृद्धा र बालबालिकाले चिसोकै कारण ज्यान गुमाइसके। महरलाई राज्यका लागि यो अवस्था लज्जाको विषय भए झैँ लाग्छ।

'विपतमा मुलुकको सारा शक्ति  एकजुट हुनुपर्थ्यो। राज्य जनताको उद्धारमा खटिनुपर्थ्यो। अपेक्षित रूपमा त्यो हुन सकेन,' उनले भने।

सरकारको कमजोर उपस्थितिका कारण आफूहरू जनताको माझमा खटिनु परेको उनले बताए। 'हामीले सरकारलाई दबाब दिएरमात्र पुगेन। जनताको दुःख हेर्न सक्ने मुटु हामीसँग छैन। म सधैँ जताको माझमा रहन चाहने व्यक्ति हुँ। जनताकै लागि राजनीति गर्न आएको व्यक्ति भएकाले केही चिसा रात जनताकै माझमा रहेर उनीहरूकै त्रिपालभित्र बसेर दुःखमा साथ दिन्छु', महरले भने।

त्यसैले त महर जनताको माझमा रहेर बेल्चा चलाइरहेका छन्। जस्तापातामा किला ठोकिरहेका छन्। दुखेका जनताका मनमा मलम लगाउन खोजिरहेका छन्।

उनले एक साता भूकम्प प्रभावित क्षेत्रमा रहने र त्यसपछि दोस्रो चरणमा पनि आफू खटिने बताएका छन्।

महरसँगै कांग्रेस नेताहरू राजिवविक्रम शाह, योगेन्द्र चौधरी, कुन्दन काफ्ले, नेविसंघ केन्द्रीय अध्यक्ष दुजांग शेर्पा, नेविसंघ नेता खडग विसीलगायत सक्रिय छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: