काठमाडौं । सरकारले राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहका कर्मचारीको सरुवा फागुन मसान्तसम्मका लागि स्थगन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा सबै निकायलाई परिपत्र गर्दै आगामी फागुन मसान्तसम्मको लागि स्थगित गरिएको जानकारी गराउँदै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
लोक सेवा आयोगको वार्षिक कार्यतालिकाअनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सोसरहको पदमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा)समयको तत्काल अगाडि लामो समयदेखि सुगम स्थानमा रही कामकाज गरिरहेका कर्मचारी बढुवा प्रयोजनको लागि मात्र दुर्गम स्थानका निकायमा सरुवा भई जाने क्रम देखिएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
त्यसका लागि विभिन्न निकायबाट सरुवा सहमतिसमेत माग भई आउने गरेको भन्दै मन्त्रालयले सरुवा रोकेको छ । यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भन्दै विभिन्न सरोकारवाला पक्षबाट गुनासो आएको भन्दै राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सोसरहको पदको कुनै पनि निकायमा सरुवा र पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य मन्त्रालयले स्थगित गरेको हो ।
मन्त्रालयले निजामती कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी कार्य हुँदै आएको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: