Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता- भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै

खबरडबली संवाददाता

जाजरकोट। जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन्।

तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरूले आफ्ना नेता तथा कार्यकर्तालाई त्यहाँ खटाउन थालेका हुन्।

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवास निर्माण गरेको छ। टोलीले नलगाड नगरपालिका-५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माण सुरु गरेको थियो।

टोलीले शुक्रबारसम्म श्रमदान गरेर एक सयवटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशील भट्टले जानकारी दिए।

टोलीमा पौडेलसहित गण्डकी प्रदेशसभा सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता-कार्यकर्ता रहेका थिए।

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयंसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो। कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्ण गरेको थियो।

नेता पौडेलका अनुसार टोलीले एक सयवटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि आवश्यक जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाइएको छ। आवास निर्माणको सरकारी मापदण्ड बने पनि सोअनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ।

नेकपा (एमाले)ले जाजरकोट र रुकुम पश्चिममा करिब एक हजार एक सय जनालाई खटाउने रणनीति बनाएर परिचालित भएको बताएको छ। शुक्रबार एमालेको भातृ संगठन जिफन्टका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा करिब एक सय जनाको सीपयुक्त जनशक्ति प्रभावित क्षेत्रमा खटिएको छ।

उक्त टोलीले शुक्रबार भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका-३ थाप्लेका भग्नावशेष घरमा सफाइ अभियान चलाएको छ। एमालेका कर्णाली प्रदेश अध्यक्ष गुलावजंग शाहका अनुसार थप एक हजार जनालाई प्रभावित क्षेत्रमा खटाइने तयारी छ।

“शुक्रबार नै एक सय जना फिल्डमै खटिसक्नुभएको छ, बाँकी सबै गरेर ११ सय खटाउने लक्ष्य छ”, उनले भने, “खटिएकाहरूले पनि जहाँ बढी प्रभावित भएको छ, त्यही पालिकामा पहिलो प्राथमिकतामा राखेर जनतासँग रहेर काम गर्नेछन्। अहिलेका लागि सफाइ गर्ने, अस्थायी टहरा बनाउनेलगायतका काम गर्नेछन्।” प्रदेश र केन्द्रबाट नेता, कार्यकर्ता त्यहाँ खट्ने र त्यहाँको व्यवस्थापन जिल्लाको पार्टीले गर्ने शाहले बताए।

नेकपा (माओवादी केन्द्र)ले तीन हजार स्वयंसेवक परिचालन गरेर अस्थायी संरचना निर्माणमा जुटेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कालीबहादुर मल्लले बताए। जाजरकोटबाट मात्र पाँच सय स्वयंसेवक खटिएको उनले जानकारी दिए।

सबैभन्दा बढी प्रभावित ठाउँमा खटिएर काम गरिएको माओवादी केन्द्रका नेता राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले जानकारी दिए। शर्माले आफू कुशे गाउँपालिकाको विभिन्न ठाउँमा खटिएकोसमेत बताए।

भग्नावशेष पन्छाउनेदेखि टहरा निर्माण गर्दै

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुई सय नेता, कार्यकर्ता यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छन्। अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा विद्यार्थी नेता, कार्यकर्ता प्रभावित क्षेत्रमा खटिएका हुन्।

उनीहरूले भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने, पीडितका लागि अस्थायी टहरा निर्माण गर्नेदेखि भत्किएका सार्वजनिक संरचना पनि पन्छाउने काम गरिरहेका छन्।

अध्यक्ष सिंहले यतिबेला कर्णालीबाट विद्यार्थी टोली खटिसकेको र भोलिसम्म लुम्बिनीबाट पनि विद्यार्थी टोली प्रभावित क्षेत्रमा खटिने बताए। अबको एक महिना ‘जनताको संकटको सारथी’ भएर अखिल क्रान्तिकारी पुनःनिर्माणमा सक्रिय हुने उनको भनाइ छ। संगठनका केन्द्रीय पदाधिकारी पनि प्रभावित क्षेत्रमा खटिएका छन्।

“हामीले अहिले जनताको घरघरमा पुग्ने, सबैभन्दा बढी सहयोग के आवश्यक हो, उहाँहरूकै चाहनाअनुसार काम गरिरहेका छौं”, अध्यक्ष सिंहले भने, “उहाँहरूको माग भनेको अहिले भत्किएका प्रयोग गर्न नमिल्ने घर पन्छाएर क्लियर गरिदिनुपर्ने छ। हामीले त्यो काम गरिरहेका छौं। सबै जनता पालमुनि छन्, बिरामी, बालबालिकालाई निकै समस्या छ। पालले चिसो छेक्ने अवस्था नै छैन।”

अखिलले तीनवटा कामलाई वर्गीकरण गरी काम गरिरहेको उनले बताए। जाजरकोट पुगेको टोलीले सबैभन्दा धेरै प्रभावित क्षेत्रमा पर्ने भेरी नगरपालिका-१ को रिम्ना क्षेत्रमा काम गरिरहेको छ।

अखिल क्रान्तिकारीका नेता-कार्यकर्ता आफ्ना लागि टेन्टदेखि खाद्य आफैं बोकेर त्यहाँ खटिएका छन्। पानीबाहेक सबै आफैँले गर्ने गरी व्यवस्थापन गरेर प्रभावित क्षेत्रमा खटिइएको सिंहको भनाइ छ।

केन्द्र सरकारले अस्थायी आवास निर्माण गर्ने भनेर ५० हजार रकम दिने भने पनि अहिलेसम्म नागरिकसमक्ष उक्त रकम पुग्न नसकेको पीडितको गुनासो छ। अध्यक्ष सिंहका अनुसार केन्द्रको कार्यविधिले स्थानीय सरकार निकै अलमलमा परिरहेका छन्।

सकेसम्म प्रक्रियालाई छोट्याई जनताको हातमा सहज तरिकाले रकम पुग्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ छ। “५० हजार आउँछ भन्ने कुरा जनतालाई थाहा छ तर, हातमा परिरहेको छैन”, उनले भने, “कुनै आयस्रोत नभएका नागरिकलाई निकै गाह्रो स्थिति छ।”

यता नेकपा (एकीकृत समाजवादी)ले मङ्सिर ८ गतेसम्म पार्टीका तर्फबाट टिम प्रभावित क्षेत्रमा खटाएको छ। समाजवादीका प्रदेश अध्यक्ष अम्मरबहादुर थापाका अनुसार एक सय ५० जनाको टोली भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ।

“ती भनेका संरचना निर्माणमा दक्ष भएका व्यक्ति हुन्”, थापाले भने, “युवासंघको नेतृत्वमा नै त्यहाँ टोली परिचालन गरिने छ। साथै पार्टी अध्यक्ष पनि केही दिनमा प्रभावित क्षेत्रमा पुग्नुहुनेछ।” टोलीले आफ्नै खर्चमा काम गरिरहेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending