Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

विकास र हाम्रो स्थानीय तह

कमल भट्टराई लिखु-५, ओखलढुंगा

विकास योजनाको सूची बनाएर बेहिसाब बजेट छर्नु कार्यकर्ता र सीमित व्यक्ति समुदाय र टोल लाई खुसी बनाउन सरोकारवाला र जनसहभागिता बिना आफ्नो पार्टीका गुटका र नातागोताले सरकारी रकममा हालीमुहाली गर्न पाउनु र सभा कार्यपालिका र वडाबाट बहुमत र अल्पमतको हुकारमा ताली बजाएर पास गर्नु मात्रै विकास होइन । 

स्थानीय तहका जनप्रतिनिधिहरूले यो तथ्यलाई गहिरोसँग मनन गर्न जरुरी देखिएको छ । यसलाई आत्मसात् गर्न सके मात्र सही विकास नीति रणनीति योजना लक्ष्य र उद्देश्यले स्थान पाउँछ नत्र फगत वडा कार्यालय र पालिका कार्यालयको भित्तामा फोटो र नाममा मात्रै कार्यकाल सीमित हुनेछ । 

सामाजिक, आर्थिक र भौतिक विकासलाई नै दिगो विकासको आधार मानिन्छ । त्यसमाथि हाम्रोजस्तो कृषिप्रधान देश र हाम्रो ग्रामीण बस्ती माटो हावापानी र भौगोलिक बनावटले गर्दा जनप्रतिनिधिको सोचाई र गराइको तारतम्य बिलकुलै फरक देखिएको छ । विकास र जनप्रतिनिधिहरूले आफू आफूमा पौठेजोरि खेले जस्तो देखिन्छ। 

जनप्रतिनिधिहरू समयानुकूल र भौगोलिक बनावट अनुसार दिगो विकास र सुरक्षित विकास गर्ने भन्दा पनि अधिकांश विकास सम्बन्धी काम दिगो विकासका दृष्टिले नभई अल्पकालीन सोच र सस्तो लोकप्रियताले ग्रसित भएर योजना छनोट तर्जुमा र बाँडफाँड गरेको देखिन्छ । 

अधिकांश योजनाहरू दलहरूको आफ्नो व्यक्ति पार्टी टोल र भोट बैङ्क केन्द्रित बनेका छन् । यो नकारात्मक र घृणित कार्यशैलीबाट शिक्षा लिएर अघि बढ्नु नै सम्पूर्ण नागरिकहरूको आजको महत्त्वपूर्ण आवश्यकता हो । यही कुराहरूमा आधारित भएर आफ्नो स्थानीय परिवेशको सूक्ष्म विश्लेषण गरी स्थानीय विकास नीतिको तर्जुमा बुझ्नुपर्छ र आवाज उठाउनु पर्दछ । 

समाजको सही मान्छे बोलेन भने गलत मान्छेबाट शासित हुनु पर्दछ । शासित बनेर बस्ने कि सत्ताको तरमा चुर्लुम्म डुबेर डुक्रेर मस्ती गरिरहेका शासकहरूलाई सचेत गराउने परिवर्तन गराउने ? आम भुईँ मान्छेले जीवनमा परिवर्तनको प्रत्याभूति नगर्ने र आर्थिक रुपमा मजबुत नभए सम्म जतिसुकै विकाश भए पनि विकासको मापन गर्न सकिदैन् गरिब देशमा विकासको मापन जनताको जीवनस्तरले देखाउँछ।

स्थानीय तहहरूमा हालसम्मको काम गराइले न त दिगो विकासको मान्यतालाई अँगालेको छ न त स्थानीय परिवेशलाई नै ध्यान दिएको छ । हरेक वडाहरूमा उस्तै–उस्तै विकासका गतिविधि भई रहेका प्रस्ट देखिन्छन् बिजुली बत्तीको प्रकोप, प्रवेशद्वार निर्माण, सडकको नाममा जङ्गल र खेतीयोग्य जमिनको अन्धाधुन्ध दोहन त्यसको प्रतिफल हिलो र धुलो सड्क, मन्दिर पाटी पौवा निर्माण, सिँचाइ र खानेपानीको नाममा गठित भएका उपभोक्ता समितिको भागबन्डा र कार्यकर्ता भरण पोषण, कार्यकर्ता कसरी खुसी बनाउने र आफ्नो प्रभुत्व जमाई रहने आगामी चुनावमा म वा मेरो पार्टीलाई कसरी जिताउने भन्ने कुरामा मात्रै रुमल्लिएको देखिन्छ ।

स्वास्थ्यकर्मी र भौतिक संरचना कमजोर भएर स–सानो उपचार गर्न काठमाडौं जानुपर्ने बाध्यता रहेको छ ।  कृषकहरूलाई आवश्यक मल बिउ औषधि विषादी र बजारको अभावमा कृषकहरू सहर पलाएन  हुनुपर्ने बाध्यताले बस्तीहरू सुनसान बनेका छन् । हरेक स्थानीयतहमा  विदेश पलायन युवाहरूको जमात रोक्न विशेष योजना र कार्यक्रमको नीति निर्माण शून्य भएकाे छ ।  

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र सर्वसुलभ र व्यवहारिक शिक्षा प्रदान   लगायतका कुराहरूलाई दिगो रुपमा कसरी समाधान गर्न सकिन्छ भनेर सोच्न पर्ने भएको छ । स्थानीय तहलाई कसरी नमुना बनाउन सकिन्छ यसको लागि कुन लक्ष्य लिएर जाने र कुन बाटो तय गर्ने हाम्रो विकास र योजनाको आधार र मोडल कुन हुने आर्थिक स्रोत कुन कुन हुने भन्ने गहन अध्ययन, छलफल, अनुसन्धान र परामर्शको अभाव प्रस्ट देखिन्छ। 

स्थानीय तह समृद्ध र सुशासन बनाउन ग्रामीण स्थानीय तह अर्थतन्त्रको निर्माण एक प्रमुख सवाल हो । तर यो विषयमा न कर्मचारीको चासो छ न जनप्रतिनिधिहरूको नै । स्थानीय तहको आर्थिक स्रोत कर सिफारिस र राजस्वलाई मात्रै बनाउने हो र अन्य स्रोतको खोजी नगरी कुम्भकर्ण झैँ निन्द्रामा मस्त निदाईरहने परामर्श र सुझाव लिन लाज मानिरहने हिचकिचाई रहने प्रतिपक्ष र सत्तापक्षको नजरले हेर्ने व्यवहार गर्ने हो भने तपाईँ जनप्रतिनिधि र कर्मचारीहरूको सवारी साधन मोह र अन्य सेवा सुविधा र सोख पूरा गर्न र पालिकाको आन्तरिक खर्चको लागि समेत हिजोको जस्तो विकास बजेट भोलि पनि कटाएर आन्तरिक खर्च व्यवस्थापन गर्नुपर्ने प्रस्ट देखिन्छ ।

अल्पकालीन, मध्यकालिक र दीर्घकालीन एक वर्षे, बहुबर्षे र प्राथमिकताको आधारमा योजनाको छनोट र तर्जुमा सम्म नगरी बिना लक्ष्य लोकप्रियताको सस्तो रहरमा अमूल्य स्रोतसाधन र राज्यको करोडौँ रकमको व्यय भइरहेको दुःखद अवस्था छ । स्थानीय विकासको नीति समग्र रूपमा संविधानले अवलम्बन गरेका राज्यका निर्देशक सिद्धान्त र नीतिमै आधारित हुनुपर्छ । स्थानीय विकास नीति तर्जुमा प्रक्रियामा स्थानीय जनसहभागिता र आवश्यकताको पहिचानले मात्रै प्रतिफल दिन्छ र न्यायोचित वितरण गर्दछ ।

हिजो र आजका अभ्यास हेर्दा हाम्रो स्थानीय तहमा विकास न सहभागितामूलक छ । न समावेशीमुलक छ र न्यायोचित वितरण हुनै सकेको छ । जनताबाट चुनिएकाले गरेको काम स्वतः जनताको चाहना र सहभागितामा हुन्छ भन्ने  सिद्धान्त र सोचाइ बदल्न जरुरी छ । 

प्रायः जसो शासकहरूले आफ्नो चाहानालाई जनताको चाहानाको रुपमा परिभाषित गरेका छन् । जनताको दुर्भाग्य नै यही हो । सबै वडाहरूका विगत र वर्तमानका कामहरू जतिसुकै उत्साह र सकारात्मक उद्देश्यले गरिएको भए पनि अधिकांश काम दिगो विकासका दृष्टिले भन्दा अल्पकालीन सोच र सस्तो लोकप्रियताले ग्रसित भएको नै पाइन्छ । 

जस्तो लामो यात्रा पनि पहिलो पाइलाबाट सुरु हुन्छ भन्ने  भनाई जस्तै स्थानीय तहलाई समृद्ध बनाउन दैनिक एक पाइला पर्याप्त छ तर पाइला सुमार्गमा अगाडि बढ्नुपर्छ । पाइला पूर्वतिर बढेको छ या पश्चिमतिर फरक यति मात्रै हो।

स्थानीय विकासको स्पष्ट सोच, नीति र प्रक्रियाको अभाव र लक्ष्य बिना स्थानीय तहमा प्रवाह हुने स्रोत साधन हचुवा सस्तो लोकप्रियता र भ्रष्टाचारयुक्त मनसायले रचिएका कामले उपलब्धि विहीन करोडौँ रकम खर्च भएर बालुवामा पानी हाले जस्तो भइरहेको छ । विकास सम्बन्धी नीति सही भएर मात्र पुग्दैन, यसको कार्यान्वयन प्रक्रिया पनि सही हुनु उत्तिकै महत्त्वपूर्ण छ।

विकास सम्बन्धी सही अवधारणा, नीति, योजना कार्यक्रम, लक्ष्य, उद्देश्य र कार्यान्वयनको सही प्रक्रिया अपनाएर गरिने विकास मात्र दिगो र फलदायी हुन सक्छ भन्ने यथार्थलाई स्थानीय जनप्रतिनिधि ज्यू हरू, सल्लाहकारहरू, पालिका प्रशासन र शाखा कार्यालयहरू, सरोकारवाला, आम नागरिक र आम मतदाताले समेत गहिरोसँग आत्मसात् गर्न जरुरी छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नसरीमा कर्फ्यु हट्यो, संवेदनशील क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन रोक

इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...

धनुषा–सिरहामा कर्फ्यु जारी, बिहान ५ देखि १० बजेसम्म अत्यावश्यक सामग्री किन्न छुट

जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...

११ महिनादेखि अमेरिका, प्रदेशसभा अनुपस्थित; तलब–सुविधा भने नियमित बुझ्दै प्रकाश देउवा

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...

देशभर ८५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम सबैभन्दा अगाडि

काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...

तराईमा सामाजिक सद्भाव बिथोल्ने आरोपमा ३९ जना पक्राउ, धनुषामा सबैभन्दा बढी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...

मृतक गणेश यादवका परिवारसँग सरकारको ८ बुँदे सहमति, सहिद घोषणा प्रक्रिया अघि बढाइने

 सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...

पहिरो–बाढीले देशभर सडक सञ्जाल प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी सञ्चालन रोक

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...

तराई–मधेश हिंसाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...

हिंसा भड्काउने शंकामा करिब एक हजार सदस्य रहेको ह्वाट्सएप समूह अनुसन्धानको घेरामा

काठमाडौं ।  सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...

चार प्रदेशका पहाडमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्ने

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending