Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

विकास र हाम्रो स्थानीय तह

कमल भट्टराई लिखु-५, ओखलढुंगा

विकास योजनाको सूची बनाएर बेहिसाब बजेट छर्नु कार्यकर्ता र सीमित व्यक्ति समुदाय र टोल लाई खुसी बनाउन सरोकारवाला र जनसहभागिता बिना आफ्नो पार्टीका गुटका र नातागोताले सरकारी रकममा हालीमुहाली गर्न पाउनु र सभा कार्यपालिका र वडाबाट बहुमत र अल्पमतको हुकारमा ताली बजाएर पास गर्नु मात्रै विकास होइन । 

स्थानीय तहका जनप्रतिनिधिहरूले यो तथ्यलाई गहिरोसँग मनन गर्न जरुरी देखिएको छ । यसलाई आत्मसात् गर्न सके मात्र सही विकास नीति रणनीति योजना लक्ष्य र उद्देश्यले स्थान पाउँछ नत्र फगत वडा कार्यालय र पालिका कार्यालयको भित्तामा फोटो र नाममा मात्रै कार्यकाल सीमित हुनेछ । 

सामाजिक, आर्थिक र भौतिक विकासलाई नै दिगो विकासको आधार मानिन्छ । त्यसमाथि हाम्रोजस्तो कृषिप्रधान देश र हाम्रो ग्रामीण बस्ती माटो हावापानी र भौगोलिक बनावटले गर्दा जनप्रतिनिधिको सोचाई र गराइको तारतम्य बिलकुलै फरक देखिएको छ । विकास र जनप्रतिनिधिहरूले आफू आफूमा पौठेजोरि खेले जस्तो देखिन्छ। 

जनप्रतिनिधिहरू समयानुकूल र भौगोलिक बनावट अनुसार दिगो विकास र सुरक्षित विकास गर्ने भन्दा पनि अधिकांश विकास सम्बन्धी काम दिगो विकासका दृष्टिले नभई अल्पकालीन सोच र सस्तो लोकप्रियताले ग्रसित भएर योजना छनोट तर्जुमा र बाँडफाँड गरेको देखिन्छ । 

अधिकांश योजनाहरू दलहरूको आफ्नो व्यक्ति पार्टी टोल र भोट बैङ्क केन्द्रित बनेका छन् । यो नकारात्मक र घृणित कार्यशैलीबाट शिक्षा लिएर अघि बढ्नु नै सम्पूर्ण नागरिकहरूको आजको महत्त्वपूर्ण आवश्यकता हो । यही कुराहरूमा आधारित भएर आफ्नो स्थानीय परिवेशको सूक्ष्म विश्लेषण गरी स्थानीय विकास नीतिको तर्जुमा बुझ्नुपर्छ र आवाज उठाउनु पर्दछ । 

समाजको सही मान्छे बोलेन भने गलत मान्छेबाट शासित हुनु पर्दछ । शासित बनेर बस्ने कि सत्ताको तरमा चुर्लुम्म डुबेर डुक्रेर मस्ती गरिरहेका शासकहरूलाई सचेत गराउने परिवर्तन गराउने ? आम भुईँ मान्छेले जीवनमा परिवर्तनको प्रत्याभूति नगर्ने र आर्थिक रुपमा मजबुत नभए सम्म जतिसुकै विकाश भए पनि विकासको मापन गर्न सकिदैन् गरिब देशमा विकासको मापन जनताको जीवनस्तरले देखाउँछ।

स्थानीय तहहरूमा हालसम्मको काम गराइले न त दिगो विकासको मान्यतालाई अँगालेको छ न त स्थानीय परिवेशलाई नै ध्यान दिएको छ । हरेक वडाहरूमा उस्तै–उस्तै विकासका गतिविधि भई रहेका प्रस्ट देखिन्छन् बिजुली बत्तीको प्रकोप, प्रवेशद्वार निर्माण, सडकको नाममा जङ्गल र खेतीयोग्य जमिनको अन्धाधुन्ध दोहन त्यसको प्रतिफल हिलो र धुलो सड्क, मन्दिर पाटी पौवा निर्माण, सिँचाइ र खानेपानीको नाममा गठित भएका उपभोक्ता समितिको भागबन्डा र कार्यकर्ता भरण पोषण, कार्यकर्ता कसरी खुसी बनाउने र आफ्नो प्रभुत्व जमाई रहने आगामी चुनावमा म वा मेरो पार्टीलाई कसरी जिताउने भन्ने कुरामा मात्रै रुमल्लिएको देखिन्छ ।

स्वास्थ्यकर्मी र भौतिक संरचना कमजोर भएर स–सानो उपचार गर्न काठमाडौं जानुपर्ने बाध्यता रहेको छ ।  कृषकहरूलाई आवश्यक मल बिउ औषधि विषादी र बजारको अभावमा कृषकहरू सहर पलाएन  हुनुपर्ने बाध्यताले बस्तीहरू सुनसान बनेका छन् । हरेक स्थानीयतहमा  विदेश पलायन युवाहरूको जमात रोक्न विशेष योजना र कार्यक्रमको नीति निर्माण शून्य भएकाे छ ।  

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र सर्वसुलभ र व्यवहारिक शिक्षा प्रदान   लगायतका कुराहरूलाई दिगो रुपमा कसरी समाधान गर्न सकिन्छ भनेर सोच्न पर्ने भएको छ । स्थानीय तहलाई कसरी नमुना बनाउन सकिन्छ यसको लागि कुन लक्ष्य लिएर जाने र कुन बाटो तय गर्ने हाम्रो विकास र योजनाको आधार र मोडल कुन हुने आर्थिक स्रोत कुन कुन हुने भन्ने गहन अध्ययन, छलफल, अनुसन्धान र परामर्शको अभाव प्रस्ट देखिन्छ। 

स्थानीय तह समृद्ध र सुशासन बनाउन ग्रामीण स्थानीय तह अर्थतन्त्रको निर्माण एक प्रमुख सवाल हो । तर यो विषयमा न कर्मचारीको चासो छ न जनप्रतिनिधिहरूको नै । स्थानीय तहको आर्थिक स्रोत कर सिफारिस र राजस्वलाई मात्रै बनाउने हो र अन्य स्रोतको खोजी नगरी कुम्भकर्ण झैँ निन्द्रामा मस्त निदाईरहने परामर्श र सुझाव लिन लाज मानिरहने हिचकिचाई रहने प्रतिपक्ष र सत्तापक्षको नजरले हेर्ने व्यवहार गर्ने हो भने तपाईँ जनप्रतिनिधि र कर्मचारीहरूको सवारी साधन मोह र अन्य सेवा सुविधा र सोख पूरा गर्न र पालिकाको आन्तरिक खर्चको लागि समेत हिजोको जस्तो विकास बजेट भोलि पनि कटाएर आन्तरिक खर्च व्यवस्थापन गर्नुपर्ने प्रस्ट देखिन्छ ।

अल्पकालीन, मध्यकालिक र दीर्घकालीन एक वर्षे, बहुबर्षे र प्राथमिकताको आधारमा योजनाको छनोट र तर्जुमा सम्म नगरी बिना लक्ष्य लोकप्रियताको सस्तो रहरमा अमूल्य स्रोतसाधन र राज्यको करोडौँ रकमको व्यय भइरहेको दुःखद अवस्था छ । स्थानीय विकासको नीति समग्र रूपमा संविधानले अवलम्बन गरेका राज्यका निर्देशक सिद्धान्त र नीतिमै आधारित हुनुपर्छ । स्थानीय विकास नीति तर्जुमा प्रक्रियामा स्थानीय जनसहभागिता र आवश्यकताको पहिचानले मात्रै प्रतिफल दिन्छ र न्यायोचित वितरण गर्दछ ।

हिजो र आजका अभ्यास हेर्दा हाम्रो स्थानीय तहमा विकास न सहभागितामूलक छ । न समावेशीमुलक छ र न्यायोचित वितरण हुनै सकेको छ । जनताबाट चुनिएकाले गरेको काम स्वतः जनताको चाहना र सहभागितामा हुन्छ भन्ने  सिद्धान्त र सोचाइ बदल्न जरुरी छ । 

प्रायः जसो शासकहरूले आफ्नो चाहानालाई जनताको चाहानाको रुपमा परिभाषित गरेका छन् । जनताको दुर्भाग्य नै यही हो । सबै वडाहरूका विगत र वर्तमानका कामहरू जतिसुकै उत्साह र सकारात्मक उद्देश्यले गरिएको भए पनि अधिकांश काम दिगो विकासका दृष्टिले भन्दा अल्पकालीन सोच र सस्तो लोकप्रियताले ग्रसित भएको नै पाइन्छ । 

जस्तो लामो यात्रा पनि पहिलो पाइलाबाट सुरु हुन्छ भन्ने  भनाई जस्तै स्थानीय तहलाई समृद्ध बनाउन दैनिक एक पाइला पर्याप्त छ तर पाइला सुमार्गमा अगाडि बढ्नुपर्छ । पाइला पूर्वतिर बढेको छ या पश्चिमतिर फरक यति मात्रै हो।

स्थानीय विकासको स्पष्ट सोच, नीति र प्रक्रियाको अभाव र लक्ष्य बिना स्थानीय तहमा प्रवाह हुने स्रोत साधन हचुवा सस्तो लोकप्रियता र भ्रष्टाचारयुक्त मनसायले रचिएका कामले उपलब्धि विहीन करोडौँ रकम खर्च भएर बालुवामा पानी हाले जस्तो भइरहेको छ । विकास सम्बन्धी नीति सही भएर मात्र पुग्दैन, यसको कार्यान्वयन प्रक्रिया पनि सही हुनु उत्तिकै महत्त्वपूर्ण छ।

विकास सम्बन्धी सही अवधारणा, नीति, योजना कार्यक्रम, लक्ष्य, उद्देश्य र कार्यान्वयनको सही प्रक्रिया अपनाएर गरिने विकास मात्र दिगो र फलदायी हुन सक्छ भन्ने यथार्थलाई स्थानीय जनप्रतिनिधि ज्यू हरू, सल्लाहकारहरू, पालिका प्रशासन र शाखा कार्यालयहरू, सरोकारवाला, आम नागरिक र आम मतदाताले समेत गहिरोसँग आत्मसात् गर्न जरुरी छ । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक छपाइ ९७ प्रतिशत पूरा

काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्‍याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...

हिमाली तथा पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...

पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...

नेपाली गोलभेँडाको मूल्य घट्दा भारतीयको स्थिरता, किसान मारमा

काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...

बागलुङमा ९ महिनामा १८ क्षयरोगीको मृत्यु

बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ।  प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...

थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...

५० जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...

नेपालमा समानुपातिक प्रणाली स्थापनामा माओवादी जनयुद्धको भूमिका

नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...

जेनजी आन्दोलन प्रकरण : ओली, लेखक र खापुङमाथि ज्यान मुद्दामा अनुसन्धान सिफारिस

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: