काठमाडौँ । सोलुखुम्बुका कामे मगर बचाउ अभियान सुरु गरिने भएको छ । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा सोलु बालकल्याण अनाथालय संस्था सञ्चालन गर्दै आएका मगरको दुवै मृगौला फेल भएपछि उनलाई बचाउन अभियान सुरु गरिने भएको हो ।
परिवारको आर्थिक अवस्थ कमजोर भएकोले कामे मगरको उपचारमा समस्या भएको परिवार स्रोतले बताएको छ । २०६८ सालदेखि अनाथ, बेसहारा, गरिब, अपाङ्गता भएका बालबालिकाहरुको बुबा बनेर सहारा दिई रहेका उनको उपचारका आर्थिक सहयोगका लागि राष्ट्रिय बाणिज्य बैंकमा रहेको उनको खाता नम्बर ११००१०००२१२१८०१० मा रकम जम्मा गर्न सकिने परिवाले जनाएको छ ।
करिब १२ बर्ष अघिदेखि अनाथालय सञ्चालन गरेर २० जना भन्दा बढी अनाथ बालबालिकाहरुलाई सेवा दिँदै आइरहेका ४५ बर्षिय मगर बिगत १ वर्ष अगाडीदेखि विरामी परेका थिए । उपचारका लागि अस्पताल धाए पनि रोग पत्ता नलाग्दा उनी झन चिन्तित हुँदै आएका थिए ।
केही समय अगाडी उपचारको लागि भारतमा गएर उपचार गर्दा एक महिना अगाडी मात्र डाक्टरले उनको दुवै मृगौला फेल भएको बताएपछि मगर छाँगाबाट खसेको जस्तो भएर नेपाल फर्किएका थिए । अहिले उनले मृगौलाको डाइलासिस गराइरहेका छन् ।
सोलिखुम्बुको बिकट गाउँमा जन्मेका उनले पर्यटनको क्षेत्रमा लामो समय समय काम गरेका छन् । पछिल्लो समय उनी समाजसेवाको क्षेत्रमा कार्य गर्ने चाहना राखेर बाल आश्रम खोलेर अनाथहरुको अभिभावक बन्दै आएका थिए । सोलुखुम्बामा जन्मेका उनी हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: