Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

वसन्त चौधरीको अनुभव- म साहित्य लेख्न सक्छु भनेर विश्वास दिलाउनै १५ वर्ष लाग्यो

खबरडबली संवाददाता

काठमाडौं । ‘व्यापारी पनि कवि हुन्छ र ? उसले पनि गीत लेख्न सक्छ ? व्यापारी त व्यापार गर्ने हो, पैसा कमाउने हो । उनीहरूसँग भावना हुँदैन, न त मुटु नै हुन्छ । पैसा छँदैछ, पुस्तक त छपाएर बजारमा ल्याए भैगो नि ।’ 

सुरु–सुरुमा वसन्त चौधरीका सिर्जना बजारमा आउँदा कतिपयले यस्तै प्रतिक्रिया दिन्थे रे । उनले सुनाए, “नेपाली दाजुभाइमा यस्तोसम्म सोच पाएँ । बडो अचम्म लाग्थ्यो । खिन्न हुन्थेँ, बिचलित भइनँ । तर बजारले कुरा काटिरह्यो, मैले मेरो कर्म छोडिन, गरिरहेँ”, व्यवसायी वसन्त चौधरीले आफ्नो साहित्य यात्राका सुरुआती दिनको स्मरण गर्दै भने, “म लेख्न सक्छु, म पनि साहित्य सिर्जना गर्न सक्छु भनेर नेपाली साहित्य आकाशमा विश्वास दिलाउन मलाई धेरै सङ्घर्ष गर्नुपर्यो ।”

हुन पनि हो । कुनै व्यक्तिको व्यवसाय या पेसा हेरेर उप्रतिको धारणा बनाउने मानिस समाजमा अहिले पनि प्रशस्त भेटिन्छन् । सबैसँग भावना, सिर्जना हुन्छ र सबै मानिसले सबै प्रकारको सम्भावना बोकेको हुन्छ भनेर नसोच्ने प्रवृत्तिले चित्त दुखाएको अनुभव महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर उनले सुनाए। 

व्यापारिक घरानाको व्यक्ति साहित्यमा कसरी आकर्षित हुनुभयो ? स्कुल पढ्दैदेखि कविता, गीत लेख्न मन पराउने उहाँको साहित्यिक यात्रा त्यस्तै ३० को दशकबाट सुरु भएको हो । 

“त्यस्तै २०२८र२९ सालमा मैले अध्ययन गरिरहेको विद्यालयको अभिभावक दिवसमा एउटा कविता लेखेको सम्झन्छु । पछि फुटकर कविता लेख्थेँ तर सक्रिय थिइनँ । त्यस्तै ३०र३१ को उमेरदेखि किन–किन मलाई आफूभित्रै एक किसिमको उकुसमुकुस हुन थाल्यो । मलाई लाग्यो मभित्र केही छ, त्यो गुम्सिएर रहेको छ र त्यसलाई बाहिर निकाल्नुपर्छ । मेरो एक मनले त्यो छट्पटाहट महसुस गर्दथ्यो र मभित्रको अर्को मनले त्यसलाई अभिव्यक्त गर्नुपर्छ, बाहिर निकाल्नुपर्छ भनेर सुझाउँथ्यो”, चौधरी भन्छन् । 

उनीभित्रका यी दुई मनको द्वन्द्वपछि उहाँको हृदयभित्रको त्यो उकुसमुकुस गीत बनेर जन्मियो । यसरी गीतबाट सुरु भयो उनको साहित्यिक यात्रा । तर गीत बाहिर भने आएनन् । डायरीमा लेख्ने, थन्काउने गरे। 

“म डायरीमा लेखेर राख्थेँ । नेपालको फराकिलो साहित्यिक आकाशमा मेरा रचना कस्ता हुने हुन्, मानिसले कसरी लिने हुन् भन्ने लाग्थ्यो । दीपक जङ्गम, दीपक खरेल, शम्भुजीत बाँस्कोटासँग गीत–सङ्गीतका कुरा हुन्थे, हामी समय–समयमा भेट्थ्यौँ । एक दिन दीपक जङ्गमले मेरो डायरी पल्टाएर हेर्नुभयो । केही गीत, कविता पढेपछि उहाँले ‘यस्तो साहित्यलाई लुकाएर राख्नु भनेको साहित्यकै अन्याय हो’, उनी भन्छन्। 

उनले डायरीका केही गीत छान्नुभयो र कम्पोज गर्छु भनेर लाग। ‘माया बल्झेछ’ भन्ने एल्बम नै निस्कियो । त्यसैमध्येको एउटा गीत ‘गरुँ कि मीठो भुल’ धेरै चर्चित भयो । तर गीतकार म भन्ने धेरैलाई थाहा भएन । त्यो गीतको ‘रेस्पोन्स’ले मलाई यस क्षेत्रमा कलम चलाउन आत्मबल दियो । पछि म्युजिक भिडियोमा आएपछि गीत बढी चर्चित भयो । त्यसपछि मात्र मानिसहरूले मलाई चिन्न थाले”, उनले सुनाए। 

आफ्नो एउटा गीत सुनाउनुभयोः  
अनुहारको हाँसोदेखि खुसी ठान्नेहरू
बाहिरी ओठ मुस्कुराउँदा सञ्चो मान्नेहरू 
हृदयमा चिहाइ हेर कति आगो बल्छ
हालचाल छाप मेरा खबर लेख्नेहरू ।  

यो त्यस्तै २०४८ सालतिर लेखेको गीत हो । गीतका शब्द हेर्दा त्यही सुरुकै उकुसमुकुसको समयको जस्तो लाग्छ र उहाँको मनभित्रको बाँध फुटाउन खोजेको सन्देश दिन्छ । आफ्नो मनको छट्पटी मिडियामार्फत संसारमै फैलियोस् भन्ने याचनासमेत छ गीतमा । हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै गीतले आग्रह गरेको छ । पछि यो गीत रेकर्ड पनि भयो, दीपक जङ्गमले सङ्गीत भरेर दीपक खरेलले गाए। 

चौधरी भन्छन्, “त्यसपछि पहिलो कविता सङ्ग्रह निकालेँ छोरीको नाममा ‘मेघा’ । त्यसबेला पनि केहीले ‘पैसा छ देखायो होला’ सम्म भने । पछि जब द्वन्द्वकालमा ‘शान्ति लुकाउँ कहाँ’ भन्ने गीतले प्रसिद्धि पायो त्यसपछि बल्ल मानिसहरूले यसको कलम बलियो रहेछ भन्न थालेका हुन् ।”

मानिसले अँगालेको पेसा हेरेर मात्र उसको मूल्याङ्कन गर्न नहुने उहाँको सुझाव छ । उनी भन्छन्,  “मैले आफूलाई साहित्यकर्मीका रूपमा चिनाउन, उभ्याउन र विश्वास दिलाउन मात्र कम्तीमा १५ वर्ष लाग्यो । मैले मसँग सिर्जना छ, लेख्न सक्छु भनेर यसरी पनि पुष्टि गर्नुपर्यो । त्यसैले मेरो विनम्र अनुरोध यो छ कि मानिसले अँगालेको पेसा हेरेर मात्र मूल्याङ्कन नगरौँ । कसैकाप्रति सोच्नुपर्दा सुरुमै नकारात्मक नबनौँ, नसोचौँ । सबैसँग सबै प्रकारको सम्भावना र क्षमता छ भनेर सम्मान गरौँ ।”

समय व्यवस्थापन

सबैलाई एक दिनमा उही २४ घण्टा नै हो । धनी, गरिब, साना–ठूलालाई समय धेरै र  थोरै हुँदैन । त्यही २४ घण्टालाई कतिले यसरी व्यवस्थापन गर्छन् कि उनीहरू आफ्नो नियमित पेसाका साथै अर्को क्षेत्रमा पनि चम्केका हुन्छन् । समय व्यवस्थापनको कुरा गर्दा एकपटक वरिष्ठ चिकित्सक भोला रिजालले भन्नुभएको थियो, “प्रायः पत्रकारले मलाई सोध्ने पहिलो प्रश्न यही हुन्छ, आखिर मसँग पनि उही दिनमा २४ घण्टा न हो ।” 

नसोधुन् पनि किन ? उहाँसँग स्वास्थ्य जाँच गराउन कहिले त बिरामीले महिनौँ कुर्नुपर्छ । प्रायः दिनभर बिरामीकै सेवा भेटिने उहाँका चलचित्र मात्र छैनन्, नेपाली लोकगीतदेखि लिएर मुक्तिनाथ भजनमालाका शृङ्खला पनि छन् । समय निकालेर पुस्तक पनि लेख्नुहुन्छ । यसकारण पनि समय व्यवस्थापनको उहाँको कला अरुले जान्न, सिक्न खोज्नु स्वाभाविकै हो । 

साहित्यकार चौधरीको अनुभव छ, “समय व्यवस्थापनको कुरा गर्दा आफू ‘सोसियलाइज’ छैन भन्दा हुन्छ । किनभने म पाटी, भोज आदिमा अति आवश्यक र उपस्थित भइदिनैपर्नेबाहेक जान्न । बिहान म चाँडै उठ्छु र लेखपढको काम प्रायः बिहानै गर्ने गर्दछु । बिहानको समय मलाई ‘फ्रेस’ लाग्छ । 

तर पनि साहित्य लेख्न यही नै समय हो भन्ने छैन । ‘मुड’ आयो भने कार्यालय बसिरहेका बेला पनि लेख्छु । पहिले त लेख्न कलम कागज नै चाहिन्थ्यो । तर अहिले प्रविधिले पनि लेखपढको कामलाई सहज बनाइदिएको छ । केही कुरा मनमा फुर्यो भने राति सुतेका बेला, यात्रामा या बिहान जुनै बेला पनि हातको मोबाइलमा नोट गर्छु । नोटमा ‘थिम’ सङ्कलन गर्न सक्यो भने पछि फुर्सदमा मिलाएर लेख्छु ।”

साहित्य कि व्यापार ?

हामीले सोध्यौँ– यहाँ त ठूलो व्यापारिक घरानाको व्यक्ति । साहित्यमा किन लाग्नुभयो ? कसरी समय निकाल्नुभयो ? सायद यो उनको अपेक्षित प्रश्न थियो धेरै पत्रकारबाट आउने ।

“कर्म क्षेत्र त मेरो व्यापार नै थियो, मैले लाग्नुपर्ने पनि यसमै थियो, लागेँ । किनभने मसँग योबाहेक अरु के गर्ने भन्ने विकल्प पनि थिएन । तर व्यापार गरेर रमाउन म कहिल्यै सकिन । त्यस्तो स्वभाव मेरो सानैदेखि रहन सकेन । कहिल्यै अर्काको समस्या, दुःख देख्न नसक्ने स्वभाव थियो । कसैका दुःख, पीडाका कथाले मलाई छोइहाल्थ्यो । हरेक कर्मको आफ्नो धर्म, आचरण हुन्छन् । व्यापारको पनि छ नै । व्यापारको उद्देश्य नाफा कमाउनु त हो तर नाफामात्र कमाउनका लागि मैले व्यापार गरिनँ । त्यसैले पनि कहिलेकाहीँ त म व्यापार गरेर खान्न अर्थात् म व्यापारका लागि जन्मिएको होइन भन्ने लाग्दथ्यो मनैदेखि । मेरो पेसा र घरानाले नखोज्ला तर मभित्रको मनले व्यापारबाहेक अर्को कुनै विकल्प नखोजेको होइन”, उनले भने। 

यसकारण पनि बेला–बेलामा उहाँले व्यापारको विकल्प खोजे। विकल्प नभएपछि उनले सबैसँग समुदायमा पुग्ने र सेवा पनि गर्ने खालको व्यवसाय रोजे। व्यवसाय पनि होस् र त्यसले मानव सेवा पनि गरोस् भन्ने लाग्थ्यो । त्यसैले स्वास्थ्य, कृषि आदिजस्ता क्षेत्रमा व्यवसाय गर्न उनको मन गयो । 

पैसा के हो ? मानिसलाई यो कति चाहिन्छ ? गम्भीर हुँदै जवाफ दिए, “पैसा केबल जीवन जिउने, दिन काट्ने साधन मात्र हो । उहाँ पैसालाई योभन्दा ठूलो  महत्वाकाङ्क्षासँग दाज्नु हुन्न । 

उनले भने, “पैसा नभई पनि हुँदैन र बढी भयो भने पनि त्यसले विकृति ल्याउँछ । त्यसैले आधारभूत आवश्यकता पूरा गर्ने हिसाबले मात्र पैसा कमाए पुग्छ । आफूसँग यतिमात्र पैसा होस् कि यस्तो पैसाले आफूलाई र आफ्नो भोलिको सन्ततिलाई पनि अनुशासित बनाओस्, कर्मशील बनाओस् । ताकि मैले कमाएको पैसाले भोलिको पुस्ताले मेरो त छँदैछ नि भनेर घमण्ड नगरोस् । मलाई केही नगरी खान पुग्छ  भनेर हात खुम्च्याएर बस्ने अवस्था नबनाओस् । बरु आफैँले केही गर्नुपर्छ, केही आर्जन गर्नुपर्छ भनेर कर्मशील बन्न सकोस् । हरेक मानिसले कर्म गरोस् र आफ्ना खाँचो र अत्यावश्यकताको जोहो गरोस् ।”

त्यसो भए सन्तुष्टि केमा मिल्दैछ त, साहित्य या व्यापार ? उनको सन्तुष्टि अहिले साहित्यले दिएको छ । अहिले साहित्यमा रमाउँदै छन् उनी। उनलाई पैसाभन्दा पाठक कमाएजस्तो लाग्छ । 

भन्छन्, “व्यापार भनेको घाटानाफाको कुरामात्र हो । तर मैले कुनै साहित्यिक रचनामा प्राप्त गरेको स्याबासी या खुसीको मापन गर्ने हो भने व्यापारमा भन्दा बढी छ । आत्मानन्द अहिले साहित्यमा लिँदैछु । लेख्दा, त्यो पढ्दा या सुनाउँदा आनन्द आउँछ । पुस्तक छापेर आमपाठकमा पुर्याउँदा र त्यसबाट ठूला साहित्यकार तथा विद्वानहरूले मेरा रचनाका अक्षर–अक्षरका केस्रा केलाएर अथ्र्याइदिँदा झनै खुसीको अनुभूति हुन्छ । आखिर जीवन सन्तोषमा जिउनु न रहेछ ।” 

अहिले म साहित्य र व्यापार दुवैमा छु । अहिलेका लागि दुवै हो । खुसीको पाटोचाहिँ साहित्य हो ।

आगामी लेखन यात्रा

उनका काव्यसङ्ग्रह ‘अनेक पल और मैँ’ र ‘तिमीबिनाको म’ दुई वर्षअघि एकैदिन लोकार्पण भएको थियो । सर्जक चौधरीको कृति ‘अनेक पल और में’ हिन्दी कविता सङ्ग्रहले त्यसपछि भारतमा आयोजित साहित्य सम्मेलनमा ‘बुक अफ इयर’ को उपाधि पनि जित्न सफल भएको थियो । 

साहित्यकार चौधरी भन्छन्, काव्य लेख्दा मन कहिल्यै थाक्दैन र सिर्जनशीलता पनि रोकिँदैन । बरु सोचको परिधि या ‘होराइजन’ झन् फराकिलो हुँदै जान्छ । मन नयाँ कुरा सोचेर कहिल्यै थाक्दैन, न त मनको सोचले विश्राम नै माग्छ । वरपर जे छ, जे घटना परिघटना भएको छ आखिर हामी त्यसैलाई शब्दमा उन्ने न हो । बरु मानिसको मन केही गुमाउँदा र केही प्राप्त गर्दा तरङ्गीत भइदिन्छ, त्यसलाई समयमै स्मृतिमा विम्ब निर्माण गरेर उतार्नचाहिँ सक्नुपर्छ । पछि त्यसैले कृतिको रूप लिने हो ।” 

उनी अहिले पद्यबाट अलिकति गद्यतिरको अभ्यासमा छन्। अलिकति ‘सेक्टर चेन्ज’ गर्दा केही नौलो अनुभूति भएको सुनाए।  साना, फुटकर कविताबाट सुरु भएको लेखनलाई उहाँले उपन्यासतिर पनि तान्दै छन्।  “एउटा सामाजिक कथावस्तुमा आधारित उपन्यासको तयारीमा छु, लेखिरहेको छु । यो प्रेमकथामा आधारित उपन्यास हो ” उनी सुनाउँछन्।

त्यो उपन्यासमार्फत नेपाली समाजलाई दिन खोजिएको सन्देश के हो ? “हुन त यो प्रेमकथामा आधारित छ तर यसले नेपाली समाज कता जाँदैछ ? हाम्रा रीतिरिवाज र परम्परा कसरी मासिँदैछन् र मानिसका सोचमा किन परिवर्तन आइरहेको छ ? यस्ता सोच र व्यवहारले हाम्रो समाजलाई कालान्तरमा कहाँ पुर्याउँला ? यस्तै विषयमा राम्रो सन्देश दिन खोजेको छु । पात्र काल्पनिक छन् तर विषय वास्तविक छ ।”

साहित्य र सन्देश

साहित्य मनोरञ्जनमात्र होइन, ज्ञान सूचना र प्रेरणा पनि हो भन्छन् चौधरी । उहाँको परिभाषामा साहित्य समाजको ऐना हो र यसले समाजमा भएका, घटेका सबै घटना र विषयलाई देखाइदिन्छ । साहित्यले मानिसलाई असल कामका लागि प्रेरित गर्छ र यसमार्फत समाजलाई परिवर्तन गरिदिन्छ । समाजको रुपान्तरण र जागरणमा साहित्यको ठूलो योगदान रहेको उनको भनाइ छ। 

वैज्ञानिक अनुसन्धान नै गर्ने हो भने पनि समाजको रुपान्तरण र परिवर्तनमा साहित्यको योगदान धेरै छ उनी अनुभव साट्छन्। 

हामीले सोध्यौँ–  त्यसो भए यहाँका रचनाले नेपाली समाजलाई के सन्देश दिइरहेको छ ? “मूल सन्देश त प्रेम नै हो । संसार प्रेममै अडेको छ । जसरी संसार ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा भएर एकापसको भरमा चलेको छ, मानिस पनि एकअर्काको भर र विश्वासमै चलेको छ । यो सांसारिक भर विश्वासको मूल आधार भनौँ या सूत्र भनेको प्रेम हो । मेरो लेखनको अर्को सन्देश सकारात्मकता हो । कसैप्रति उत्पन्न हुने नकारात्मकताले विध्वंस र आक्रोशमात्र निम्त्याउँछ । राम्रो अर्थात् सकारात्मक सोचले प्रेम जन्माउँछ र प्रेमले आपसमा सद्भाव बढाउँछ । मेरो लेखनमा सधैँ प्रेम र सकारात्मक सोचमात्र भरियोस् भन्ने मलाई लाग्छ । मेरा सिर्जना यसैमा केन्द्रित हुन् भन्ने मैले सदासर्वदा सोच्ने गर्दछु । शान्ति, प्रेम र सकारात्मकताले भरिभराउ भइदिए हाम्रो समाजमात्र होइन सकल चराचर जगत् नै करुणामय र उज्यालो हुन्छ । बत्तीको भन्दा प्रेम र करुणाको उज्यालोमा असीमित तेज र शक्ति हुन्छ । 

तर आफूले बायोग्राफी भने नलेख्ने उहाँको अठोट छ । भन्छन्, “म यो लेखनमा समय खर्चिने पक्षमा पटक्कै छैन किनभने आफूलाई यसरी केन्द्रमा राखेर आफ्नै प्रसस्ती गाउन मैले सक्दिनँ ।” 
उनको यो मानसिकता पछिल्लो समय बजारमा आएका बायोग्राफी पढेपछि बनेको होला । तिनमा सबैले आफ्नै प्रशंसा गरेका छन् र ती पढ्दा लाग्छ गलत काम गर्नेमा उनीहरूबाहेक अरु सबै छन् । 

चौधरी भन्छन्,  “म मानिस हुँ, त्यसैले ममा पनि केही न केही कमजोरी होला । मानौँ कि जीवनमा कुनै गलत गरेको पनि हुँला । यदि त्यसलाई लेख्न सक्दिनँ भने मैले बायोग्राफी लेखेर किन आफ्नो र अरुको समय नष्ट गरौँ ? त्यसैले आजसम्म मैले बायोग्राफी लेख्ने योजना बनाएको छैन ।” 

चौधरीका राष्ट्रियता नदुखोस् निबन्धसङ्ग्रह र संवाद प्रबन्धसङ्ग्रहसहित मेघा, मेरा डायरीका पानाहरू, मेरा कविताहरू, आँसुओ की सियासी से, वसन्त, तिमीबिनाको म, अनेक पल और मैं, वक्त रुकता नही कविता सङ्ग्रह र मेरा गीत आदि सङ्ग्रह प्रकाशित छन् । उनका यी कृतिहरूमा प्रेम, सकारात्मकता र करुणाभाव बढी पाइन्छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending