काठमाडौं । नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको सफल आरोहण गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन् ।
स्थानीय समय अनुसार मंगलबार (३१अक्टोबर २०२३) बिहान ६ः४० बजे उनले शिखर आरोहण गरेका हुन् । विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो । उनले विश्वको सर्वोच्च शिखर सगरमाथा, रसियामा रहेको युरोपको शिखर एलब्रस आरोहण गरिसकेका छन् ।
पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डा तथा स्काउटको झण्डा फहराएका थिए । पाण्डेलाई किलिमञ्जारो आरोहणका लागि आवश्यक(गियर) सामग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराएको थियो । सो पर्वत आरोहणका लागि पाण्डे कात्तिक ८ गते नेपालबाट त्यसतर्फ गएका थिए । पाण्डेलाई त्यहाँ जानु अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको झण्डा हस्तान्तरण गरेर बिदाई गरेका थिए । त्यस अघि कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र किरण केसीले पनि उनलाई राष्ट्रिय झण्डा दिएर बिदाइ गरेका थिए ।
पाण्डेले हालसम्म नौवटा हिमाल आरोहण गरिसकेका छन् । सन् २०१६ बाट हिमाल आरोहण गर्न सुरु गरेका उनले सन् २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । त्यस्तै गत जुन २८ र २९ तारिखमा रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल आरोहण गरे ।
सन् २०१९ मा किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल पनि आरोहण गरिसकेका छन् । उनले एक वर्ष भित्र विश्वका सातवटै महादेशका सात अग्ला चुचुरा आरोहण गर्ने लक्ष्य रहेको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: