Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

पाइन छाडे मालश्री बजाउने मान्छे , बज्न छाड्यो गाउँघरमा

मनोज भट्टराई

काठमाडौं । नेपालीको महान् चाड दसैँका बेला टेलिभिजन र रेडियोमा मालश्री धुनको लगातार बज्न थालेका छन् । यो धुनले नेपाली समाजमा चाडपर्व आएको अनुभूतिको उत्साह सञ्चार हुने गरेको छ ।
मङ्गल धुन मानिने मालश्री धुन नेपाली समाजमा परपुर्वकालदेखिनै दशैँतिहारको सेरोफेरोमा बजाइने गरेको छ । बिहानै घरमा दुर्गा जगाउँदै मालश्री गाउँदा दसैँ आएको सङ्केत हुने गरे पनि केही वर्षयता गाउँमा मालश्री धुनका स्वर सुनिन छोडेका छन् । मालश्री धुन बज्न छाडे पछि पछिल्लो पुस्तालाई यो के हो र किन बजाइन्छ भन्ने कुरा नै थाहा हुन छाडेको छ ।

कसरी सुरु भयो मालश्री धुन ?

दसैँको समयमा गुन्जिने मालश्री धुनले हरेक नेपालीलाई आनन्द अनुभूति दिन्छ । यसलाई मौलिक नेपाली लोक धुन मानिन्छ । मालश्रीको सम्बन्ध शरद ऋतुसँग पनि छ । समय र सङ्गीतको गहिरो सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको पूर्वीय सभ्यतामा बाह्रै मासअनुसारका सङ्गीत प्रशस्तै पाइन्छन् । तिनैमध्ये एक मालश्री धुन दसैँको समयमा देशभर गुन्जने गर्दछ ।

देवीको पूजा सुरु गर्नु पूर्व यो धुन बजाइन्छ । बिहान बेलुका दुवै समयमा बजाइन्छ । करिब साढे चार सय वर्षअघि नेवा: समुदायबाट यो धुनको उत्पत्ति भएको मानिन्छ । राजा सिद्धि नरसिंह मल्लको पालादेखि यस धुनको प्रचार हुन थालेको बताइन्छ । १६ औँ शताब्दीमा राजा महीन्द्र मल्लको पालादेखि १२ मासका धुनको सिर्जना भइसकेको थियो । हनुमान ढोकामा अवस्थित नृत्यनाथको मन्दिरमा पहिले पहिले दसैँभर मालश्री धुन बजाइन्थ्यो । पृथ्वीनारायण शाहपछि शाहवंशका राजाले पनि यसलाई निरन्तरता दिएका थिए ।

मालश्री धुन निकाल्न यही बाजा आवश्यक पर्छ भन्ने छैन । पहिले–पहिले प्रायः नौमती बाजा बजाउने गरिन्थ्यो । यसबाहेक डमरु, गितार, हार्मोनियम लगायतका बाजासहित यो धुन निकालिन्छ । पहिले पहिले पञ्चेबाजा वा अन्य एक बाजाको सहायताले मात्रै धुन निकाल्ने गरिन्थ्यो । दसैँको घटस्थापनादेखि पूर्णिमासम्म नै मालश्री धुन सुन्न पाइन्थ्यो । साढे चार सय वर्षदेखि सुनिँदै र बजाइँदै आएको यो धुन हराउन थालेको छ । यो धुन पूर्ण रूपमा नेपालमै सिर्जना भएको सङ्गीतको दाबी छ । यो धुनमा सप्त मातृकाको गुणगान छ । 

के हो मालश्री धुन 

नेपाली समाजमा दसैँका वेला बजाउने गरेकाले यसलाई दसैँ मालश्री धुन पनि भनिन्छ । दसैँको समयमा नौ दिनसम्म देवीको पूजा गरिन्छ । किंवदन्तीअनुसार देवीको गुणगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुन शास्त्रीय धुन रहेको र यसलाई मङ्गलको कामना गर्दै बजाउने गरेको ओखलढुङ्गाको जलेश्वर विद्यापीठका शिक्षक पण्डित पाण्डव खतिवडाले बताए ।

देवीको पूजा सुरु गर्नु पूर्व यो धुन बजाइन्छ, यो धुन नवदुर्गाभरि बिहानको समयमा बजाइन्थ्यो, कहीँ कतै धुनसँगै गीत पनि गाइन्थ्यो तर, आजभोलि यो धुन कमै सुन्न पाइन्छ । मालश्री धुनका लागि पहिले पहिले बढी मात्रामा नौमती बाजा बजाइन्थ्यो । धुन निकाल्नका लागि भने विशेष सीप भएकाले मात्रै सक्छन् । प्रविधिको विकाससँगै मालश्री धुनका लागि आधुनिक बाजागाजाको विकास पनि भएको छ । मालश्री धुनबारे लिच्छिविकालदेखि नै लिखित इतिहास रहेको उनको भनाइ छ ।

विशेष गरी यो धुन गन्धर्व समुदायले गाउने गरेको उनको भनाइ छ । नेपाली जीवनशैलीमा सङ्गीतको महत्त्व चाडअनुसार फरक फरक छन् । ठाउँअनुसार बाजागाजा र बजाउने लय पनि फरक फरक छन् । मालश्री धुन, माल अर्थात् बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष् श्रीसम्पत्ति, धनधान्य आदि बुझिन्छ ।

कृषिप्रधान नेपाली समाजमा शरद ऋतुको सुरुवातसँगै आउने चाड दसैँ अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरू, स्याउका दानाहरू, फूलहरू, सुन्तलाका दानाहरू लगायतका आगमनको खुसी पनि हो, मालश्री । कृषिप्रधान नेपाली समाजमा प्रकृति नै सबैभन्दा ठुलो सम्पत्ति हो । यस अर्थमा मालश्रीलाई दसैँसँग मात्र नजोडी शरदको सुरुवातका रूपमा लिइने गरेको छ ।

यस सङ्गीतलाई चिउरा कुट्दादेखि चामल कुट्दासम्म, ढिकीजातो गर्दादेखि टीका टालो गिर्दासम्मको भावना र अभिव्यक्तिसँग जोडिएको मान्न सकिन्छ । परम्परागत नेवारी रीतिथितिको बयान अनि साङ्गीतिक लिपिका रूपमा मालश्री खरो उत्रिएको हुन्छ । अहिले आएर हात हातमा मोबाइल, गीत, स्पिकर भएको भएर मालश्रीको सहज उपलब्धता भए पनि यो सुन्ने मानिसको कमी हुन थालेको छ ।

ठाउँ अनुसार धुन फरक 

दशैं आयो, अब क्रमश टीभी, रेडियो लगायतहरुमा मालश्री धुनको लगातार प्रयोग गरिन्छ । मगंल धुन पनि भनिने यो धुनलाई नेपाली परिपेक्ष्यमा दशैं अनि तिहारको पेरिफेरिमा बजाइन्छ, प्रयोग गरिन्छ । यस धुन अनि यसको हार्दीकताले नेपाली श्रोता र दर्शकहरुलाई चाडपर्वको एउटा उत्साह गज्जबले सञ्चार गर्दछ । 

जे होस् जसो होस्, समयको पावन्धीले मालश्री धुन लाई छुन सक्दैन्, यूगौयूगान्त देखि मालश्री समाज अनि हृदयसंग जोडिएर आएको छ । आईरहन्छ । मालश्री धुन कै बारेमा धेरै कुराहरु त शोध भएको पाईदैन तथापि खोज्दै जाँदा ठाँउ अनुसार मालश्रीको धुन अनि बाजामा फरक फरक मिश्रणहरु रहेका छन् । 

बिभिन्न बेबसाइटहरुमा शोध गर्दा पाइए अनुसार राजधानी नजीकको छिमेकी जिल्ला धादिङको देवी मन्दिरमा बज्ने मालश्रीको आफ्नै किसिमको मौलिकता रहेको छ । यहा दसैँमा बज्ने मालश्री अन्यत्र बज्ने मालश्रीभन्दा फरक रहेको छ । 

यहाँको मालश्रीमा मुख्य तालबाजा ढोलकी बजाइँदैन । त्यसको सट्टा ‘नगरा’ दुन्दुभि बजाउने गरिएको छ। झ्याम्टा, मादल, सारंगी, ढोल, मुरली लगायत थुप्रै बाजाहरु मालश्री मा बजाइन्छन् तथापि सारंगी र मुरलीलाई मालश्रीको ज्यानका रुपमा लिइन्छ । मालश्री एउटा यस्तो एतिहासिक सांगीतिक ताजगी हो जून सदासर्वदा गुञ्जिरहन्छ, दशैंको शुभकामना ।

बज्न छाड्यो गाउँघरमा मालश्री

केही बुढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर् नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको छ । पछिल्लो समयमा युवाहरू पश्चिमी संस्कृतिमा रमाउन थाले पछि आफ्नो संस्कृति हराउँदै गएको हो ।

पहिले पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर २ का १०३ वर्षका रुद्रबहादुर भुजेले बताए । घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकालिने एउटा धुन नै मालश्री रहेको उनको भनाइ छ । उनका अनुसार त्यतीबेला दसैँको रौनक भनेकै मालश्रीको धुनले निकाल्थ्यो ।

आजभोलि जस्तो सङ्गीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोल टोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दसैँको महत्त्व बढाउने गरे पनि अहिले यी धुन बज्न छाडेका छन् । आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने गरेको उनको भनाइ छ ।

पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको ओखलढुङ्गाको  सिद्धिचरण नगरपालिका वडा नं. ९ का पूर्व वडा अध्यक्ष दानबहादुर बानियाँको भनाइ छ । मालश्री धुन बिस्तारै गाउँघरमा सुनिन छोडेको उनले बताए  । धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नहुनु नै मालश्री धुन सुनिन छाउनु प्रमुख कारण भएको उनको भनाइ छ । 

मालश्री धुन युवामाझ गुमनाम हुनुमा सांस्कृतिक विचलन भएको यसका जानकार बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको बुढापाकाहरू बताउँछन् । परम्परा छाड्दै नयाँ तरिकाले परम्परा मान्न थालेपछि यस्ता भाका हराउँदै गएका कारण यस्ता भाका र धुनको संरक्षण आवश्यक रहेको उनीहरूको भनाइ छ । 

राजा, मुखिया अनि जिमवालको घर आँगनमा मानिसहरू जम्मा भएर मालश्री धुन गाउने गरिएको बुढापाकाहरू बताउँछन् । त्यो पुस्ताको अन्त्यसँगै मालश्री धुन पनि गाउँघरमा बज्न छाडेको छ । संस्कृति जोगाउनका लागि स्थानीय सरकार नै लागि नपरे अबका केही वर्षमा गाउँघरबाट संस्कृति नै लोप हुने अवस्थामा पुगेको छ । दसैँको विशेष धुनको रूपमा रहँदै आएको मालश्री धुनका बारेमा पछिल्लो पुस्तालाई कुनै जानकारी नहुँदा नेपाली मौलिक संस्कृती लोप हुने अवस्थामा पुगेको हो ।

सुनाै मालश्री धुन

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending