Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गोरु काट्नेलाई कारबाही, सिमा कटाएर विक्री गर्नेलाई छुट

'गाई वा गोरु मारेमा तीन वर्ष सम्म कैद हुने कानुनी व्यवस्था'

खबरडबली संवाददाता

काठमाडाैं । पछिल्लाे समय नेपालकाे पूर्वी भेगमा आदीवासी जनजातीहरुले गाेरु काटेर सामुहिक भाेज गरेका कारण सामाजिक सञ्जाल अति तातेकाे छ । सुनसरीकाे धरान र खाेटाङमा गाेरु काटेर गाेरुकाे मासु सामुहिक भाेज गरेका घटनाले देशमा धार्मीक तथा जातिय द्धन्द्धकाे संकेत समेत देखिएकाे छ । 

एकातिर आदीवासी जनजातीहरु आफ्नाे धर्म संस्कार अनुसार आफुहरुले गाेरु काटेर मासुखान पाउनु पर्ने भन्दै आइ रहेका छन् भने अर्काे तर्फ हिन्दुहरु गाै हत्याकाे बिराेध गर्दै आएका छन् । समाजिक सञ्जालमा आएका विभिन्न अभिब्यक्तीका कारण धार्मीक द्धन्द्ध भड्कीन सक्ने भन्दै देशका विभिन्न स्थानमा सद्भाव र्याली समेत निकाल्न थालीएकाे छ । 

पूर्वमा अत्याधिक गाई गाेरु निर्यात

नेपालकाे पूर्वीपहाडी जिल्लाहरुबाट अवैधरुपमा गाई गोरुको निर्यात भइरहेको छ । देशका पूर्वी जिल्लाहरबाट दैनिकजसो विभिन्न राजमार्ग हुँदै गाई गोरु बाहिरिरहेका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको पाइन्छ । फोक्सिङटारबाट मात्र नभएर ओखलढुंगा रामेछाप र सिन्धुलीबाट पनि दैनिक सयाैं गाई गाेरु तराइ हुँदै भारत तर्फ लगिएकाे देखिन्छ ।

सप्तकाेशीकाे मूख्य नदीका रुपमा रहेकाे सुनकोसी नदीका विभिन्न घाटहरुबाट सयाैं गाईगाेरु तारेर लैजाँदै गरेकाे प्रतयक्ष दर्शीहरु बताउँछन् । सुनकाेसी नदीका विभिन्न स्थानमा रहेका झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक निर्यात हुने गरेको छ । तर यस बारे प्रहरी र स्थानीय प्रशासन बेखबर देखिएका छन् ।

हरेक वर्षको मंसिर देखी बैशाख सम्ममा  दैनिक पाँच देखि १० बथान गाई गोरु सुनकोसी तार्ने गरिएको सुनकाेशी किनारमा स्थायी बसाेबास गर्नेहरु बताउँछन् । गाई गोरुको बथानले सडकमा ट्राफिक जाम नै गर्नेगरेका छन् । खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा ओहोर–दोहोर गर्ने सवारी साधनले सिद्धिचरण राजमार्गमा गाई गोरुलाई साइड दिने गरेका छन् । यसरी नै रामेछाप ओखलढुंगाकाे पश्चिमी भेग तथा सिन्धुलीका ग्रमिण भेगबाट तराइ लगिँदै गरेका गाईगाेरुकाे बथानका कारण बीपी राजमार्ग र मध्यपहाडी राजमार्ग तथा मदन भण्डारी राजमार्गमा पनि ट्राफिक जाम हुने गरेकाे सवारी चालक र स्थानीयहरु बताउँछन् ।

अब हिउँद लागे सँगै गाउँघरबाट गाई गाेरु बेचबिखन सुरु हुने गरेकाे छ । गाउँघरमा बहरदेखि बुढो हुँदै गरेको गोरु र गाई समेत किनबेच हुने गरेको छ । घर घरमा पुग्ने खरिदेले गाई गोरु किनेर अन्यत्र लगेर नाफा लिएर निर्यात गर्ने गरेका छन् । गाउँघरमा जोत्न नसक्ने अवस्थामा पुगेका, घर धनीलाई हान्ने गोरु खरिदेलाई विक्री गर्नेगरिएको पाइन्छ । पैसाको अभाव भइरहेको अवस्थामा कतिपयले जोतिरहेका गोरु र गाई समेत विक्री गर्नेगरेको देखिन्छ । गाउँघरमा किनेबेच हुने गाई गोरु मासुको प्रयोजनका लागि तराई हुँदै भारतमा निकासी हुने गरेको बताइन्छ ।

गोरु काट्नमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाउने गरेको छ तर खुलेआम गाईवस्तु विक्री गर्ने खरिदेले भने उन्मुक्ती पाइरहेको आदिवासी जनजाती सम्वद्ध अगुवा गुनासो गर्छन् । राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर मुलुकी अपराध संहितामा गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ । यही विषयले गर्दा जनजाती समुदाय र स्थानीय प्रशासन/प्रहरी बीचमा बेलाबेलामा द्धन्द्ध सिर्जना हुने गरेको छ ।

कानुनी प्रावधान के छ ?

मुलुकी अपराध संहिताको परिच्छेद २७ मा कसैले गाई वा गोरु मार्ने वा चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने सो गरेवापत कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैंद हुने भनिएको छ ।

परिच्छेद २७ काे पशुपक्षी सम्बन्धी कसूर दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने भनिएकाे छ ।

यसैकाे  (१) मा  कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु-याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ ।
(३) कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुयाउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।

गाई गाेरुलाई चाेट पुग्ने गरी बेचविखन गर्नेहरु भने अहिले सम्म पनि उन्मुक्ती पाइ रहेकाे हामी सबैले देखी रहेका छाैं भने आफ्नाे धर्म परम्परा अनुसार काम गर्नेहरुलाई भने हरेक स्थानमा कानुनी दायरामा ल्याइएकाे पाइन्छ ।  कानुन किन सबैमा लागू हुँदैन भनेर यतिबेला आदीवासीहरुले सरकारकाे आलाेचना गरी रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending