Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

गोरु काट्नेलाई कारबाही, सिमा कटाएर विक्री गर्नेलाई छुट

'गाई वा गोरु मारेमा तीन वर्ष सम्म कैद हुने कानुनी व्यवस्था'

खबरडबली संवाददाता

काठमाडाैं । पछिल्लाे समय नेपालकाे पूर्वी भेगमा आदीवासी जनजातीहरुले गाेरु काटेर सामुहिक भाेज गरेका कारण सामाजिक सञ्जाल अति तातेकाे छ । सुनसरीकाे धरान र खाेटाङमा गाेरु काटेर गाेरुकाे मासु सामुहिक भाेज गरेका घटनाले देशमा धार्मीक तथा जातिय द्धन्द्धकाे संकेत समेत देखिएकाे छ । 

एकातिर आदीवासी जनजातीहरु आफ्नाे धर्म संस्कार अनुसार आफुहरुले गाेरु काटेर मासुखान पाउनु पर्ने भन्दै आइ रहेका छन् भने अर्काे तर्फ हिन्दुहरु गाै हत्याकाे बिराेध गर्दै आएका छन् । समाजिक सञ्जालमा आएका विभिन्न अभिब्यक्तीका कारण धार्मीक द्धन्द्ध भड्कीन सक्ने भन्दै देशका विभिन्न स्थानमा सद्भाव र्याली समेत निकाल्न थालीएकाे छ । 

पूर्वमा अत्याधिक गाई गाेरु निर्यात

नेपालकाे पूर्वीपहाडी जिल्लाहरुबाट अवैधरुपमा गाई गोरुको निर्यात भइरहेको छ । देशका पूर्वी जिल्लाहरबाट दैनिकजसो विभिन्न राजमार्ग हुँदै गाई गोरु बाहिरिरहेका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटारबाट मात्र हप्तामा सयौंको हाराहारीमा गाईगोरु तारेर अन्यत्र लैजाने गरिएको पाइन्छ । फोक्सिङटारबाट मात्र नभएर ओखलढुंगा रामेछाप र सिन्धुलीबाट पनि दैनिक सयाैं गाई गाेरु तराइ हुँदै भारत तर्फ लगिएकाे देखिन्छ ।

सप्तकाेशीकाे मूख्य नदीका रुपमा रहेकाे सुनकोसी नदीका विभिन्न घाटहरुबाट सयाैं गाईगाेरु तारेर लैजाँदै गरेकाे प्रतयक्ष दर्शीहरु बताउँछन् । सुनकाेसी नदीका विभिन्न स्थानमा रहेका झोलुंगे पुलबाट पनि उत्तिकै मात्रामा गाईगोरु बिना रोकतोक निर्यात हुने गरेको छ । तर यस बारे प्रहरी र स्थानीय प्रशासन बेखबर देखिएका छन् ।

हरेक वर्षको मंसिर देखी बैशाख सम्ममा  दैनिक पाँच देखि १० बथान गाई गोरु सुनकोसी तार्ने गरिएको सुनकाेशी किनारमा स्थायी बसाेबास गर्नेहरु बताउँछन् । गाई गोरुको बथानले सडकमा ट्राफिक जाम नै गर्नेगरेका छन् । खोटाङ, उदयपुर, सुनसरी, मोरङ र झापा ओहोर–दोहोर गर्ने सवारी साधनले सिद्धिचरण राजमार्गमा गाई गोरुलाई साइड दिने गरेका छन् । यसरी नै रामेछाप ओखलढुंगाकाे पश्चिमी भेग तथा सिन्धुलीका ग्रमिण भेगबाट तराइ लगिँदै गरेका गाईगाेरुकाे बथानका कारण बीपी राजमार्ग र मध्यपहाडी राजमार्ग तथा मदन भण्डारी राजमार्गमा पनि ट्राफिक जाम हुने गरेकाे सवारी चालक र स्थानीयहरु बताउँछन् ।

अब हिउँद लागे सँगै गाउँघरबाट गाई गाेरु बेचबिखन सुरु हुने गरेकाे छ । गाउँघरमा बहरदेखि बुढो हुँदै गरेको गोरु र गाई समेत किनबेच हुने गरेको छ । घर घरमा पुग्ने खरिदेले गाई गोरु किनेर अन्यत्र लगेर नाफा लिएर निर्यात गर्ने गरेका छन् । गाउँघरमा जोत्न नसक्ने अवस्थामा पुगेका, घर धनीलाई हान्ने गोरु खरिदेलाई विक्री गर्नेगरिएको पाइन्छ । पैसाको अभाव भइरहेको अवस्थामा कतिपयले जोतिरहेका गोरु र गाई समेत विक्री गर्नेगरेको देखिन्छ । गाउँघरमा किनेबेच हुने गाई गोरु मासुको प्रयोजनका लागि तराई हुँदै भारतमा निकासी हुने गरेको बताइन्छ ।

गोरु काट्नमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै कारबाही चलाउने गरेको छ तर खुलेआम गाईवस्तु विक्री गर्ने खरिदेले भने उन्मुक्ती पाइरहेको आदिवासी जनजाती सम्वद्ध अगुवा गुनासो गर्छन् । राई, तामाङ, शेर्पालगायतका जनजाती समुदायमा कुल पितृ गर्दा गोरुको मासु प्रयोग हुँदै आएको छ । तर मुलुकी अपराध संहितामा गोरु काट्नेलाई सजाय हुने कानूनी व्यवस्था छ । यही विषयले गर्दा जनजाती समुदाय र स्थानीय प्रशासन/प्रहरी बीचमा बेलाबेलामा द्धन्द्ध सिर्जना हुने गरेको छ ।

कानुनी प्रावधान के छ ?

मुलुकी अपराध संहिताको परिच्छेद २७ मा कसैले गाई वा गोरु मार्ने वा चोट पुर्‍याउने नियतले कुनै काम गर्नु वा गराउन नहुने सो गरेवापत कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैंद हुने भनिएको छ ।

परिच्छेद २७ काे पशुपक्षी सम्बन्धी कसूर दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने भनिएकाे छ ।

यसैकाे  (१) मा  कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु-याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ ।
(३) कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुयाउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।

गाई गाेरुलाई चाेट पुग्ने गरी बेचविखन गर्नेहरु भने अहिले सम्म पनि उन्मुक्ती पाइ रहेकाे हामी सबैले देखी रहेका छाैं भने आफ्नाे धर्म परम्परा अनुसार काम गर्नेहरुलाई भने हरेक स्थानमा कानुनी दायरामा ल्याइएकाे पाइन्छ ।  कानुन किन सबैमा लागू हुँदैन भनेर यतिबेला आदीवासीहरुले सरकारकाे आलाेचना गरी रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE