काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ ।
भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका हुन् । मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपममा हुने उक्त सम्मेलनका प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रहनेछन् भने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहने कार्यक्रम छ ।
आयोजकका अनुसार यो सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधि क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले समिट आयोजना गरिएको हो ।
सम्मेलनका अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा। जितेन्द्र सिंह लगायतका रहेका छन् ।
सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू सहभागी हुनेछन् । साथै हार्वर्ड, एमआईटी, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई र स्ट्यानफोर्ड लगायत विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी, विभिन्न देशका उपकुलपति तथा विषय विशेषज्ञहरू पनि सहभागी हुने आयोजकले जनाएको छ ।
यसैगरी ‘एनएक्सटी इन साइन्स’ कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा। ब्रायन ग्रीन ९कोलम्बिया विश्वविद्यालय० सँगको सहकार्यमा आयोजना हुने बताइएको छ ।
निमन्त्रणापत्रमा रेनु दाहालजस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । साथै आगामी वर्षहरूमा यस फोरमलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उनको सुझावसमेत मागिएको छ ।
रेनु दाहाल भरतपुर महानगरपालिकामा दुई कार्यकाल मेयर रहिसकेकी छन् र हाल सक्रिय राजनीतिमा छन् । एनएक्सटी समिट भारतलाई विश्वस्तरीय संवाद मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको छ ।
समिटमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पनि सहभागी हुँदैछन् । उनी बुधबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भट्टराईले मार्च १४ मा ‘डेमोक्रेसी इन द एज अफ एआईस् डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षक सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १३:३४
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र लगेर...
फाल्गुन २८ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदि...
फाल्गुन २८ गते, २०८२ - १३:१६
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका निर्वाचन प्रहरीले आफ्नो कार्यअवधि पूरा गरेका छन् । निर्वाचन सुरक्षामा ४० दिनसम्म पर...
फाल्गुन २८ गते, २०८२ - १३:०२
इनरुवा। सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकल र स्कार्पिओ एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार, कोशी गा...
फाल्गुन २८ गते, २०८२ - १२:४९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिसा बिकमाथि भएको सामूहिक बलात्कार र जघन्य हत्याक...
फाल्गुन २८ गते, २०८२ - १२:४३
काठमाडौं । निर्वाचन आयोगले धनुषा–१ निर्वाचन क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र प...
फाल्गुन २८ गते, २०८२ - १२:०९
काठमाडौं । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजना हुने एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताका रूपमा आमन्त्रण गरिएको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:४९
काठमाडौँ। हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै केपी शर्मा ओली ले आफ्नो पार्टीले अपेक्षाअनुसार सिट हासिल गर्न नसकेको स्वीकार गरेका...
फाल्गुन २८ गते, २०८२ - ११:२५
काठमाडौँ। बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट आएको छ । सुनकोे मूल्य रु दुई हजारले र चाँदीको मोल रु २०५ ले घटेको छ । ...
फाल्गुन २८ गते, २०८२ - ११:११
बैतडी। बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त छन्। राष्ट्रिय स्वतन्त्र पार्टी...



प्रतिकृया लेख्नुहोस्: