Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

सुनकोशी मरिण डाइभर्सनको निर्माण कार्यमा तिब्रता

निर्माण सुरु भएको एक बर्ष नपुग्दै ६५ दशमलब ६३ प्रतिशत सुरूङ निर्माणको काम

खबरडबली संवाददाता

सिन्धुली ।  सुनकोशी मरिण डाइभर्सन आयोजना सुरुङ निर्माण तर्फ ६५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । निर्माण सुरु भएको एक बर्ष नपुग्दै ६५ दशमलब ६३ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको हाे ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको सुरुङ तर्फ भौतिक प्रगतिले गति लिएको  आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमले जानकारी दिए ।

गत बर्षको असोज २८ गते टनेल बोरिङ मेसिनबाट सुरु भएको सुरुङ निर्माण कार्यले गति लिएको इन्जिनियर गौतमले बताए ।  १३ दशमलब ३ किलोमिटर सुरुङ मध्ये हालसम्म ८ दशमलब ७२८ किलोमिटर निर्माण सम्पन्न भइसकेको र चुरे क्षेत्रमा निर्माण हुँदा जोखिम बढी रहेपनि चुरे क्षेत्र पार भई मेसिन अगाडी बढिसकेकाले जोखिम समेत कम भएकाले काम निरन्तर अगाडी बढीरहेको गाैतमकाे भनाइ छ। निर्माण कायर्मा अव जोखिम कम रहेको पनि उनकाे भनाइ  छ ।

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोशी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ । सुनकोशी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुंग्रीबाट सुनकोशीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो ।

कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरि सुनकोशी गाँउपालिकाको कानढुंग्री भन्ने स्थानबाट सुनकोशीको पानी मरिणमा पुर्‍याइने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । “हामीले सुरुङ मात्रै नभएर ड्याम बनाउने कार्य समेत अगाडी बढाएका छौँ”, उनले भने, “ड्यामको काम समेत तिब्र गतिमा भइरहेको छ ।”

आयोजना निर्माणमा गत असार सम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको आयोजनाले जनाएको छ । सुनकोशी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७/०७८ मा सुरु भएको सुनकोशी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो । सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको वित्तिय प्रगति बढेको हो ।

सिन्धुलीको खुर्कोटबाट करिब २ किलोमिटर काठमाडाैं तर्फ करिब ३० मिटर अग्लो १ सय ५८ मिटर लम्बाईको बाध बनाउने कार्य समेत अगाडी बढीसकेको छ । टनेल निर्माणकोे जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको थियो ।

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोशीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले जानकारी दिए ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोशी नदीको पानीलाई बाध बाधी १३ दशमलब ३ किमि लामो सुरुङ मार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ जलविद्युत उत्पादन गरिने छ ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ । आर्थिक बर्ष ०७७/०७८ बाट शुरु भएको आयोजना ०८४/०८५ सम्ममा सम्पुर्ण कार्य सक्ने लक्ष्य रहेको छ । टिबिएमले आठरआठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजनाले जनाएको छ ।

पाँच बर्षभित्र आयोजना निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब १९ करोड कुल लागत रहने अनुमान गरिएको छ । आयोजनाको निर्माण पश्चात मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने प्रमुख उदेश्य रहेको छ भने मरिण नदीमा सुनकोशीको पानी पथानान्तरण गरि ३१ दशमलब ०७ मेगावाट जलविद्युत उत्पादन गर्ने सहायक लक्ष्य नेपाल सरकारले राखेको छ । मधेश प्रदेशका जमिनलाई बाह्रै महिना सिचाई सुविधा दिन सुनकोशीको पानी सुरुङमाफर्त मरिण खोला हुदै ४४ किलोमिटर बगेर बागमती नदिमा मिसाईनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच संसदीय समितिमा पनि महत्वपूर्ण छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...

बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग प्रभावित, यात्रा अघि सडक अवस्था बुझ्न प्रहरीको आग्रह

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...

हिन्दु राष्ट्रको मागमा सरकार लचिलो? वार्तापछि आन्दोलन फिर्ता, तर सहमति गोप्य

जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending