Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुनकोशी मरिण डाइभर्सनको निर्माण कार्यमा तिब्रता

निर्माण सुरु भएको एक बर्ष नपुग्दै ६५ दशमलब ६३ प्रतिशत सुरूङ निर्माणको काम

खबरडबली संवाददाता

सिन्धुली ।  सुनकोशी मरिण डाइभर्सन आयोजना सुरुङ निर्माण तर्फ ६५ प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको छ । निर्माण सुरु भएको एक बर्ष नपुग्दै ६५ दशमलब ६३ प्रतिशत निर्माणको काम सम्पन्न भइसकेको हाे ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको सुरुङ तर्फ भौतिक प्रगतिले गति लिएको  आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अशोक गौतमले जानकारी दिए ।

गत बर्षको असोज २८ गते टनेल बोरिङ मेसिनबाट सुरु भएको सुरुङ निर्माण कार्यले गति लिएको इन्जिनियर गौतमले बताए ।  १३ दशमलब ३ किलोमिटर सुरुङ मध्ये हालसम्म ८ दशमलब ७२८ किलोमिटर निर्माण सम्पन्न भइसकेको र चुरे क्षेत्रमा निर्माण हुँदा जोखिम बढी रहेपनि चुरे क्षेत्र पार भई मेसिन अगाडी बढिसकेकाले जोखिम समेत कम भएकाले काम निरन्तर अगाडी बढीरहेको गाैतमकाे भनाइ छ। निर्माण कायर्मा अव जोखिम कम रहेको पनि उनकाे भनाइ  छ ।

नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको राष्ट्रिय गौरबको आयोजना अन्र्तगतको सुनकोशी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य तिब्र गतिमा भइरहेको सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना कार्यालय सिन्धुलीले जनाएको छ । सुनकोशी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुंग्रीबाट सुनकोशीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण थालिएको हो ।

कमलामाई नगरपालिका २ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण गरि सुनकोशी गाँउपालिकाको कानढुंग्री भन्ने स्थानबाट सुनकोशीको पानी मरिणमा पुर्‍याइने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । “हामीले सुरुङ मात्रै नभएर ड्याम बनाउने कार्य समेत अगाडी बढाएका छौँ”, उनले भने, “ड्यामको काम समेत तिब्र गतिमा भइरहेको छ ।”

आयोजना निर्माणमा गत असार सम्म आठ अर्ब ८६ करोड रुपैया खर्च भएको आयोजनाले जनाएको छ । सुनकोशी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार आर्थिक बर्ष ०७७/०७८ मा सुरु भएको सुनकोशी मरिण डाइभर्सन आयोजनामा भौतिक प्रगति सँगै यो रकम खर्च भएको हो । सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ निर्माण कार्यले तिब्रता लिएसँगै आयोजनाको वित्तिय प्रगति बढेको हो ।

सिन्धुलीको खुर्कोटबाट करिब २ किलोमिटर काठमाडाैं तर्फ करिब ३० मिटर अग्लो १ सय ५८ मिटर लम्बाईको बाध बनाउने कार्य समेत अगाडी बढीसकेको छ । टनेल निर्माणकोे जिम्मा पाएको चाइना ओभरसिज इन्जिनियरीङ कम्पनी(कोभेक)ले एक महिनामा टिविए मेसीनमार्फत पाँच सय मिटर सुरुङ निर्माण गर्न सकिने गरि लक्ष्य राखेको भएपनि हाल लक्ष्यभन्दा बढी सुरुङ निर्माणको काम भएको आयोजनाले जनाएको छ । सुरुङ निर्माणका लागि मात्रै कोभेकले ११ अर्ब रुपैयामा ठेक्का पाएको थियो ।

टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहनेगरि ६–६ को डायमिटर निर्माण गरि सुकोशीको पानी मरिण हुदै तराईका विभिन्न जिल्लामा सिचाई सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको आयोजना प्रमुख बरालले जानकारी दिए ।

सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सिमानामा अवस्थित सुनकोशी नदीको पानीलाई बाध बाधी १३ दशमलब ३ किमि लामो सुरुङ मार्फत मरिण नदीमा पानी पथान्तरण गर्ने आयोजनाले जनाएको छ । आयोजना प्रमुख बरालका अनुसार सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारस्थित मरिण खोलामा खसालिने छ त्यहाँबाट ६६ दशमलब २९ को हेटेडबाट पानी झारेर ३१ दशमलब ०७ जलविद्युत उत्पादन गरिने छ ।

उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने छ । आर्थिक बर्ष ०७७/०७८ बाट शुरु भएको आयोजना ०८४/०८५ सम्ममा सम्पुर्ण कार्य सक्ने लक्ष्य रहेको छ । टिबिएमले आठरआठ घण्टाका दरले तीन सिफ्टमा गरी चौबिसै घण्टा सुरुङ खन्ने आयोजनाले जनाएको छ ।

पाँच बर्षभित्र आयोजना निर्माण कार्य पुरा गर्ने लक्ष्य रहेको र करिब ४६ अर्ब १९ करोड कुल लागत रहने अनुमान गरिएको छ । आयोजनाको निर्माण पश्चात मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पुर्याउने प्रमुख उदेश्य रहेको छ भने मरिण नदीमा सुनकोशीको पानी पथानान्तरण गरि ३१ दशमलब ०७ मेगावाट जलविद्युत उत्पादन गर्ने सहायक लक्ष्य नेपाल सरकारले राखेको छ । मधेश प्रदेशका जमिनलाई बाह्रै महिना सिचाई सुविधा दिन सुनकोशीको पानी सुरुङमाफर्त मरिण खोला हुदै ४४ किलोमिटर बगेर बागमती नदिमा मिसाईनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending