Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

कमजाेर इटा लगाएकाे निर्माणधिन कृषि तथा सामुदायिक भवनको पर्खाल भत्काइयो

खबरडबली संवाददाता

झापा । झापाकाे बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक भवनमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि पर्खाल भत्काईएको छ । नगरपालिकाकाे एक टोलीले गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि पर्खाल भत्काइएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टाेलीले अनुगमन गरेकाे थियाे । कमसल इटा प्रयोग भएको पर्खाल तुरुन्तै भत्काएर गुणस्तरिय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिएकी छन् । एक नम्बर इटा प्रयोग गर्नु पर्नेमा ठेकेदारले दोश्रो तलाको पर्खालमा दुई देखि चार नम्बरसम्मको इटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले अबपनि लापर्वाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानून अनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिए ।

भवनमा यस अघि प्रयोग गरिएका इटा एक नम्बर नै भएको पाइएपनि पछिल्लो पटक खरिद गरेको इटा गुणस्तरहिन भेटीएको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले भोली देखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताए ।

ठेकेदार कम्पनीले ४ ट्याक्टर इटा कमसल आएको स्विकार गरेको छ । कम्पनीका सुपर भाइजर सुदिप चौलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल इटा फिर्ता गरि गुणस्तरीय इटा मगाएर प्रयोग गर्ने बताए । सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा भवन निर्माण भईरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नु पर्ने छ । ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।

अनुगमनमा वडा नम्बर ४का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा ३का वडासदस्य हरि बास्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending