झापा । झापाकाे बिर्तामोड नगरपालिका ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक भवनमा ठेकेदारले कमसल इटा प्रयोग गरेको फेला परेपछि पर्खाल भत्काईएको छ । नगरपालिकाकाे एक टोलीले गरेको अनुगमनका क्रममा कमसल इटा प्रयोग गरेको फेला परेपछि पर्खाल भत्काइएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको टाेलीले अनुगमन गरेकाे थियाे । कमसल इटा प्रयोग भएको पर्खाल तुरुन्तै भत्काएर गुणस्तरिय इटा प्रयोग गरि नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिएकी छन् । एक नम्बर इटा प्रयोग गर्नु पर्नेमा ठेकेदारले दोश्रो तलाको पर्खालमा दुई देखि चार नम्बरसम्मको इटा प्रयोग गरेको पाइएपछि भत्काउन बाध्य भएको नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले अबपनि लापर्वाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानून अनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिए ।
भवनमा यस अघि प्रयोग गरिएका इटा एक नम्बर नै भएको पाइएपनि पछिल्लो पटक खरिद गरेको इटा गुणस्तरहिन भेटीएको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले भोली देखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताए ।
ठेकेदार कम्पनीले ४ ट्याक्टर इटा कमसल आएको स्विकार गरेको छ । कम्पनीका सुपर भाइजर सुदिप चौलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल इटा फिर्ता गरि गुणस्तरीय इटा मगाएर प्रयोग गर्ने बताए । सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा भवन निर्माण भईरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नु पर्ने छ । ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
अनुगमनमा वडा नम्बर ४का वडाअध्यक्ष राहुल शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगिता सिवा, शर्मिला राजवंशी, वडा ३का वडासदस्य हरि बास्कोटा र लक्ष्मी रोक्काको पनि सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: