Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

प्राध्यापककी छोरीलाई पास गराउन उत्तर पुस्तिका परिवर्तन गरेको आरोपमा विद्यार्थीले जलाए गाडी

खबरडबली संवाददाता

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा एक प्राध्यापकले मानविकी संकायको स्नातक तहमा अध्ययनरत आफ्नी छोरीलाई पास गराउन उत्तर पुस्तिका नै साटफेर गरेको आरोप लागेको छ । अर्की विद्यार्थी सन्ध्या कायस्थको थप कपी निकाली सोही क्याम्पसका प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तको कपीमा अट्याच गराएर पास गराएको आरोप लागेको हो ।

सन्ध्याले लेखेको मानविकी संकायको स्नातक पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षा कपी परीक्षा गार्डको सहयोगमा दत्तकी छोरीको उत्तर पुस्तिकामा गाभेर उनलाई उत्तीर्ण गराइएको विद्यार्थीहरुको भनाई छ । गार्डले उत्तर पुस्तिका साटिदिएपछि सन्ध्या भने अनुत्तीर्ण भइन् । आक्रोशित विद्यार्थीले बुधबार बिहान ५ बजे डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको बा १७ च ८२३८ नम्बरको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकको गाडीमा आगो लगाएका छन् ।

उक्त कुरा क्याम्पस प्रशासनलाई जानकारी भए पनि पीडितलाई थामथुम पार्दै दुई दिनमा परिणाम निकाल्ने र नियमित उत्तीर्ण भएको सर्टिफिकेट दिने आश्वासन दिँदै क्याम्पस प्रशासनले दिँदै पुनः परीक्षा लिएको थियो । दोस्रो वर्षको नियमित परीक्षाको परिणाम आइसक्दा पनि दुई दिनमा रिजल्ट निकाल्ने भन्दै लिएको पुनस्परीक्षाको रिजल्ट अझै नआएपछि आफूलाई मानसिक तनाव बढेको सन्ध्याले बताइन् । पुनस् परीक्षाकै कारण ब्याक पेपरको परीक्षासमेत उनले दिन पाइनन् ।

उनको दोस्रो वर्षको परीक्षाको रिजल्ट भने आइसकेको छ । त्यसमा उनी उत्तीर्ण भएकी छन् । २०७८ मङ्सिरमा भएको पहिलो वर्षको अङ्ग्रेजी विषयको परीक्षामा ६०००३०८८८ सिम्बल नम्बर भएकी सन्ध्याले चार पेज भएको उत्तर पुस्तिका थप गरेकी थिइन् । तर उनको उत्तर पुस्तिकामा थप उत्तर पुस्तिका गार्डले गाभेनन् ।

असोज २ गते साँझ डिग्री क्याम्पसमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिई उक्त क्याम्पसका प्रमुख बाबुराम तिमल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईलाई विद्यार्थीले अफिस कोठामा थुनेका थिए । त्यसपछि भएको छलफल बिना निष्कर्ष टुङ्गिएपछि क्याम्पस प्रमुखलाई प्रहरीले उद्धार गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending