ओखलढुंगा । नेकपा (माओवदाी केन्द्रं को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ओखलढुंगामा तिब्र भएको छ । भदौ १६ गते देखी देशभर सुरु भएको अभियान ओखलढुंगामा पनि तिब्र पारीएको माओवादी केन्दै ओखलढुंगाले जनाएको छ ।
अभियान माओवादीका प्रदेश सदस्य खुद बहादुर खत्रि, प्रदेश सल्लाहकार ओम कुमार सुवेदी, गाउँपालिका अध्यक्ष नविन पाैडेल, स-सचिब शंकर तिमल्सेना लगाएतका स्थानीय नेताहरुकाे नेतृतवमा चलिरहेकेा छ । जिल्लालामा रहेका आठवटै स्थानीयतहमा तिब्र पारिएको अभियानमा माआ्वादी ओखलढुंगाको आधार क्षेत्र मानिएको लिखु गाउँपालिकामा भने माओवादी कार्यबर्ताहरु जनश्रमदानमा उत्रिएका नेकपा माओवादी केन्द्र ओखलढुंगाका कार्यालय सचिव नबराज खड्काले जानकारी दिए ।
लिखु गाउँपालिकाको वडा नं. ६, ८ र ९ तथा गाउँपालिकाको केन्द्र रहेको वडानं. ४ र ५ मा पनि अभियान सुरु भएको माओवादी केन्द्रका लिखु गाउँपालिका अध्यक्ष नविन पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिका यी वडाहरुमा हाल हरेक जनताको घरघरमा पुगी प्रत्यक्ष भेटघाट, सदस्यता नविकरण तथा पार्टी प्रवेशको काम तिब्र गतिमा भइ रहेको छ। अभियानमा सरकारको काम देशको अवस्था गाउँमा विकासका कुरा लगाएत जनताका गुनासो सुन्ने काम भएको उनको भनाइ छ । अभियानमा पुगेका हरेक स्थानमा माओवादी नेता तथा कार्यकर्ताहरुलाई आम नागरिकले माओवादी गाउँ नबस्ने, सुविधाभोगी भएको गुनासो गरेका छन् । जनताले माओवादीलाई गाउँ नछाडेर गाउँमै बसी जनतालाई दुख सुखमा साथ दिन सुझाव दिएका अध्यक्ष पौडेलले बताए । अभियानमा पालिका र वडा कमिटि बैठक भेला, सदस्य नविकरण बितरण, टाेल कमिटि, सेल कमिटि कठन पार्टी प्रबेश लगाएतका कार्यक्रमसहित प्रभावित ढङ्गले अभियान चलेकाे उनले बताए । पार्टी कमिटीले ‘जहाँ जनताको समस्या त्यहाँ माओवादी’ भन्ने नारा सहित महिनाको १ दिन बिकास निर्माणमा श्रमदान गर्ने निर्णय गरेर हरेक महिनाको पहिलो शनिबार वडामा श्रमदान गर्ने गरी अगाडी बढीएको पाैडेलकाे भनाइ छ ।
अभियान अन्तर्गत लिखु गाउँपालिका वडा नम्बर ८ शिरिसे-टार सडक खण्डकाे साठीबेँसीमा सडक मर्मत गर्ने काम सम्पन्न भएको माओवादीका गाउँपालिका सह-सचिव तथा जनप्रतिनिधि शंकर तिमल्स्नाले बताए । वडा कमिटीले जन श्रमदानबाट भत्किएका बाटोलाई मर्मत अभियानलाई शुरुवात गरेको उनकाे भनाइ छ । पार्टीको विशेष अभियान सँगै वडा पार्टी कमिटीले महिनाको १ दिन श्रमदान गर्ने निर्णय गरेर देशभरका माओवादीले लिखु ८ बाट सिक्नु भन्ने सन्देश दिएको उनले बताए ।
अभियानमा शहिद तथा बेपत्ता परिवारका साथमा पार्टीका समर्थक शुभचिन्तक सँग भेटघाट श्रमदान लगाएतका काम भएका छन् । जनताको पार्टी र राष्ट्रियता स्वाधीनता र सुशासनको लागि एक मात्र पार्टी माओवादी केन्द्र भएको आम जनताले बताए पनि पछिल्लो समय माओवादी नेता तथा कार्यकर्ता गाउँमा नबसी सहर पलायन हुने र चुनावको समयमा मात्रै गाउँ फर्कने भएका कारण पार्टीमा समस्या आएको भएपनि सरकारले गरेका पछिल्ला कामले माओवादीमा जनताको आकर्षण बढेको स्थानीयहरुले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: