Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानमा श्रमदानमा जुट्यो माओवादी

खबरडबली संवाददाता

ओखलढुंगा । नेकपा (माओवदाी केन्द्रं को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान ओखलढुंगामा तिब्र भएको छ । भदौ १६ गते देखी देशभर सुरु भएको अभियान ओखलढुंगामा पनि तिब्र पारीएको माओवादी केन्दै ओखलढुंगाले जनाएको छ ।

अभियान माओवादीका प्रदेश सदस्य खुद बहादुर खत्रि, प्रदेश सल्लाहकार ओम कुमार सुवेदी, गाउँपालिका अध्यक्ष नविन पाैडेल, स-सचिब शंकर तिमल्सेना लगाएतका स्थानीय नेताहरुकाे नेतृतवमा चलिरहेकेा छ ।  जिल्लालामा रहेका आठवटै स्थानीयतहमा तिब्र पारिएको अभियानमा माआ्वादी ओखलढुंगाको आधार क्षेत्र मानिएको लिखु गाउँपालिकामा भने माओवादी कार्यबर्ताहरु जनश्रमदानमा उत्रिएका नेकपा माओवादी केन्द्र ओखलढुंगाका कार्यालय सचिव नबराज खड्काले जानकारी दिए । 

लिखु गाउँपालिकाको वडा नं. ६, ८ र ९ तथा गाउँपालिकाको केन्द्र रहेको वडानं. ४ र ५ मा पनि अभियान सुरु भएको माओवादी केन्द्रका लिखु गाउँपालिका अध्यक्ष नविन पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिका यी वडाहरुमा हाल   हरेक जनताको घरघरमा पुगी प्रत्यक्ष भेटघाट, सदस्यता नविकरण तथा पार्टी प्रवेशको काम तिब्र गतिमा भइ रहेको छ। अभियानमा सरकारको काम देशको अवस्था गाउँमा विकासका कुरा लगाएत जनताका गुनासो सुन्ने  काम भएको उनको भनाइ छ । अभियानमा पुगेका हरेक स्थानमा माओवादी नेता तथा कार्यकर्ताहरुलाई आम नागरिकले माओवादी गाउँ नबस्ने, सुविधाभोगी भएको गुनासो गरेका छन् । जनताले माओवादीलाई गाउँ नछाडेर गाउँमै बसी जनतालाई दुख सुखमा साथ दिन सुझाव दिएका अध्यक्ष पौडेलले बताए ।  अभियानमा पालिका र वडा कमिटि बैठक भेला, सदस्य नविकरण बितरण, टाेल कमिटि, सेल कमिटि कठन पार्टी प्रबेश लगाएतका कार्यक्रमसहित प्रभावित ढङ्गले अभियान चलेकाे उनले बताए  । पार्टी कमिटीले ‘जहाँ जनताको समस्या त्यहाँ माओवादी’ भन्ने नारा सहित महिनाको १ दिन बिकास निर्माणमा श्रमदान गर्ने निर्णय गरेर हरेक महिनाको पहिलो शनिबार वडामा श्रमदान गर्ने गरी अगाडी बढीएको पाैडेलकाे भनाइ छ ।

अभियान अन्तर्गत लिखु गाउँपालिका  वडा नम्बर ८ शिरिसे-टार सडक खण्डकाे साठीबेँसीमा सडक  मर्मत  गर्ने काम सम्पन्न   भएको  माओवादीका गाउँपालिका सह-सचिव तथा जनप्रतिनिधि शंकर तिमल्स्नाले बताए  । वडा कमिटीले जन श्रमदानबाट भत्किएका बाटोलाई मर्मत  अभियानलाई शुरुवात गरेको उनकाे भनाइ छ । पार्टीको विशेष अभियान सँगै वडा पार्टी कमिटीले महिनाको १ दिन श्रमदान गर्ने निर्णय गरेर देशभरका माओवादीले लिखु ८ बाट सिक्नु भन्ने सन्देश दिएको उनले बताए । 

अभियानमा शहिद तथा बेपत्ता परिवारका साथमा पार्टीका समर्थक शुभचिन्तक सँग भेटघाट श्रमदान लगाएतका काम भएका छन् । जनताको पार्टी र राष्ट्रियता स्वाधीनता र सुशासनको लागि एक मात्र पार्टी माओवादी केन्द्र भएको आम जनताले बताए पनि पछिल्लो समय माओवादी नेता तथा कार्यकर्ता गाउँमा नबसी सहर पलायन हुने र चुनावको समयमा मात्रै गाउँ फर्कने भएका कारण पार्टीमा समस्या आएको भएपनि सरकारले गरेका पछिल्ला कामले माओवादीमा जनताको आकर्षण बढेको स्थानीयहरुले बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending