विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले विधान र अभ्यासविपरीत गैरजिम्मेवार ढंगले कार्यवहाक तोकेपछि प्रेस सेन्टर नेपाल मोरङले अध्यक्ष खनाललाई कारवाहीको माग राखेको छ ।
वैदेशिक रोजगारीका शिलशिलामा खनाल तेस्रो मुलुक गइसकेपछि शुक्रबार मोरङ महासंघको कार्यवाहक अध्यक्षमा दोस्रो वरीयतामा रहेका खुला उपाध्यक्षलाई पाखा लगाएर तेस्रो वरीयतामा रहेको उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि सेन्टरले शनिबार विज्ञाप्ती जारी गर्दै विधान विपरीत कार्यवहाक तोक्ने अध्यक्ष खनाललाई कारवाहीको माग राखेको हो ।
पत्रकार महासंघको विधानको दफा २२ मा उल्लेख भएको खुल्ला उपाध्यक्षको काम, कर्तव्य र अधिकार, दफा १६ को संगठन संरचनाको व्यवस्था र नेपाल पत्रकार महासंघले गर्दै आएको अभ्यास अनुसार अध्यक्ष स्वदेशमा नरहेको अवस्थामा दोस्रो वरीयतामा रहेका खुला उपाध्यक्षले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः प्राप्त गर्ने स्पष्ट छ । विधान अनुसार कार्यवहाक अध्यक्ष खुला उपाध्यक्ष मोहन भट्टराई हुनुपर्ने हाे तर, विधान र अभ्यासविपरीत गैरजिम्मेवार ढंगले कार्यवहाक उपाध्यक्ष तेस्रो वरीयतामा रहेको महिला उपाध्यक्ष आचार्यलाई कार्यवहाक दिएको हो ।
केन्द्रीय समिति र प्रदेश समितिका अध्यक्षहरूको सुझावलाई समेत बेवास्ता गर्दै अध्यक्ष खनालले विधान र अभ्यासविपरीत गैरजिम्मेवार ढंगले नेपाल पत्रकार महासंघ मोरङ शाखामा असमझदारी सिर्जना गर्ने र महासंघको गरिमा धूलिसात् पार्दै तेस्रो वरीयताको समावेशी महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहकको जिम्मेवारी दिनु सर्वथा गलत भएको विज्ञाप्तीमा उल्लेख छ । ‘यस खालका कदमलाई प्रेस सेन्टर नेपाल मोरङ कदापि स्वीकार गर्न सक्दैन । कुत्सित राजनीति र निश्चित व्यक्तिहरूको डिजाइनमा गरिएको यस प्रकारको कार्यले महासंघको गरिमालाई कमजोर बनाएको छ । तसर्थ, यो गलत हर्कत ४८ घण्टाभित्र सच्याउन अध्यक्ष खनाललाई यो संगठन आग्रह गर्दछ,’ विज्ञाप्तीमा उल्लेख छ ।
विधानविपरीत काम गर्ने अध्यक्ष खनाललाई कारवाही गर्न पत्रकार महासंघ केन्द्रीय समिति र प्रदेश समितिलाई आग्रह गरेको छ । विधानविपरीत भएका कार्य नसच्चिए सशक्त संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।
यता नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले अध्यक्ष देशबाहिर गएको खण्डमा महासंघको विधान अनुसार दोस्रो वरीयतामा रहेका खुला उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने बताए । ‘यसरी विधान विपरीत कार्यवाहक तोकिए उपल्लो निकायले सच्याउनेछ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: