Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

विधान विपरीत कार्यवहाक तोक्ने अध्यक्ष खनाललाई कारवाहीको माग

खबरडबली संवाददाता

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनालले विधान र अभ्यासविपरीत गैरजिम्मेवार ढंगले कार्यवहाक तोकेपछि प्रेस सेन्टर नेपाल मोरङले अध्यक्ष खनाललाई कारवाहीको माग राखेको छ ।

वैदेशिक रोजगारीका शिलशिलामा खनाल तेस्रो मुलुक गइसकेपछि शुक्रबार मोरङ महासंघको कार्यवाहक अध्यक्षमा दोस्रो वरीयतामा रहेका खुला उपाध्यक्षलाई पाखा लगाएर तेस्रो वरीयतामा रहेको उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि सेन्टरले शनिबार विज्ञाप्ती जारी गर्दै विधान विपरीत कार्यवहाक तोक्ने अध्यक्ष खनाललाई कारवाहीको माग राखेको हो ।

पत्रकार महासंघको विधानको दफा २२ मा उल्लेख भएको खुल्ला उपाध्यक्षको काम, कर्तव्य र अधिकार, दफा १६ को संगठन संरचनाको व्यवस्था र नेपाल पत्रकार महासंघले गर्दै आएको अभ्यास अनुसार अध्यक्ष स्वदेशमा नरहेको अवस्थामा दोस्रो वरीयतामा रहेका खुला उपाध्यक्षले नै कार्यवाहक अध्यक्षको जिम्मेवारी स्वतः प्राप्त गर्ने स्पष्ट छ । विधान अनुसार कार्यवहाक अध्यक्ष खुला उपाध्यक्ष मोहन भट्टराई हुनुपर्ने हाे तर, विधान र अभ्यासविपरीत गैरजिम्मेवार ढंगले कार्यवहाक उपाध्यक्ष तेस्रो वरीयतामा रहेको महिला उपाध्यक्ष आचार्यलाई कार्यवहाक दिएको हो ।

केन्द्रीय समिति र प्रदेश समितिका अध्यक्षहरूको सुझावलाई समेत बेवास्ता गर्दै अध्यक्ष खनालले विधान र अभ्यासविपरीत गैरजिम्मेवार ढंगले नेपाल पत्रकार महासंघ मोरङ शाखामा असमझदारी सिर्जना गर्ने र महासंघको गरिमा धूलिसात् पार्दै तेस्रो वरीयताको समावेशी महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यवाहकको जिम्मेवारी दिनु सर्वथा गलत भएको विज्ञाप्तीमा उल्लेख छ । ‘यस खालका कदमलाई प्रेस सेन्टर नेपाल मोरङ कदापि स्वीकार गर्न सक्दैन । कुत्सित राजनीति र निश्चित व्यक्तिहरूको डिजाइनमा गरिएको यस प्रकारको कार्यले महासंघको गरिमालाई कमजोर बनाएको छ । तसर्थ, यो गलत हर्कत ४८ घण्टाभित्र सच्याउन अध्यक्ष खनाललाई यो संगठन आग्रह गर्दछ,’ विज्ञाप्तीमा उल्लेख छ ।

विधानविपरीत काम गर्ने अध्यक्ष खनाललाई कारवाही गर्न पत्रकार महासंघ केन्द्रीय समिति र प्रदेश समितिलाई आग्रह गरेको छ । विधानविपरीत भएका कार्य नसच्चिए सशक्त संघर्षमा उत्रने चेतावनी पनि दिएको छ ।

यता नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले अध्यक्ष देशबाहिर गएको खण्डमा महासंघको विधान अनुसार दोस्रो वरीयतामा रहेका खुला उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने बताए । ‘यसरी विधान विपरीत कार्यवाहक तोकिए उपल्लो निकायले सच्याउनेछ,’ उनले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending