गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुन:निर्माण र पुन:स्थापनाका सम्बन्धमा आज छलफल भएको छ ।
भेटमा मुख्यमन्त्री पाण्डेले गत साउन २८ गतेको बाढीका कारण कागबेनीमा भएको क्षतिका कारण स्थानीयले अहिले पनि सास्ती भोग्नुपरेको, व्यक्तिगत, सामुदायिक सरकारी संरचना ध्वस्त भएको बताउँदै सहयोगका लागि युएनडीपीको ध्यानाकर्षण गराए ।
प्रदेश सरकारको सीमित स्रोत र साधनकाबीच पुन:निर्माणका सबै काम तत्काल पूरा गर्न सहज नभएको भन्दै उनले दातृ निकायले सरकारको योजनाअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारको नीति कार्यक्रम अनुसारका योजनालाई प्राथमिकता दिन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशभित्रको बसाइँसराइ रोक्न उत्पादनमुखी कार्यक्रममा सहयोग गर्न आग्रह गरे ।
साना तथा मझौला उद्योगको स्थापना गरी रोजगारीको अवसर सिर्जना गर्दै युवालाई स्वरोजगार बनाउने कार्यक्रममा जोड दिन उनले युएनडिपीलाई आग्रह गरे । युएनडिपीका नेपाल प्रमुख लाबेले गण्डकी प्रदेशभित्र सञ्चालित परियोजनाको बारेमा जानकारी गराउँदै युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने बताए ।
प्रदेश सरकारको प्राथमिकतालाई ध्यान दिएर सहयोग गरिने बताउँदै उनले कागबेनीको पुन:निर्माण र पुन:स्थापनामा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । फोहोरमैला व्यवस्थापन, जलवायु परिर्वतनसम्बन्धी कार्यक्रम अगाडि बढाउन चाहेको बताउँदै उनले कालीगण्डकी करिडोरमा जीवनयापन तथा आय आर्जनसम्बन्धी कार्यक्रम सुरुवात गर्ने, हिमतालसम्बन्धी अध्ययन अनुसन्धानका काम बढिरहेको बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले विपद् जोखिम व्यवस्थापन तथा भूउपयोग नीति निर्माणमा प्रदेश सरकारलाई सहयोगको खाँचो रहेको बताए । प्रदेशभित्र अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गरी आयोजनाको प्रभावकारी अध्ययन, तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान, स्थानीय सुशासन र योजना तर्जुमामा प्रदेश सरकासँग सहकार्य गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १७:४३
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...
आषाढ़ २८ गते, २०८३ - १७:२३
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...
आषाढ़ २८ गते, २०८३ - १७:१९
बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...
आषाढ़ २८ गते, २०८३ - १७:०६
जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...



प्रतिकृया लेख्नुहोस्: