Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

कोशीमा डा.शेखरको ‘डबल स्ट्याण्ड’

खबरडबली संवाददाता

विराटनगर । नेपाली कांग्रेसमा डाक्टर शेखर कोइराला संस्थापन इतर पक्षका नेता हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए । उनी पराजित हुँदा उनकै प्यानलबाट उम्मेद्वार बनेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत निर्वाचित भए ।

त्यही अभ्यास स्वरुप कोशी प्रदेशमा पनि कांग्रेसको प्रदेशको नेतृत्वमा कोइराला पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धब थापा सभापतिको उम्मेदवार बने । सभापतिमा ३ मतले उद्धब थापा विजयी भए । त्यही गुट यथावत रहँदा कोशी प्रदेशको दोस्रो प्रदेशसभामा रहेको कांग्रेस संसदीय दलको नेतामा पनि कोइराला पक्षबाट केदार कार्की प्रतिस्पर्धामा उत्रिए भने संस्थापन पक्षबाट उनै उद्धब थापा उम्मेद्वार बने ।

गुट र समूहगत हिसाबले नेता कृष्ण सिटौला पक्षका भएपनि थापालाई देउवा पक्षले पुरै साथ दियो । २९ सदस्य संसदीय दलमा १८ सदस्यको मत पाएर उनै थापा दलको नेता चुनिए । दलको नेताको प्रतिस्पर्धामा रहेका कार्कीले ९ मत ल्याए भने अर्का नेता अमृत अर्यालले २ मत पाए । कोशी प्रदेशको संसदीय दलमा अहिले पनि सोही गुट कायमै छ । कांग्रेसमा पनि सोही गुट (संस्थापन पक्ष र इतर पक्ष) क्रियाशील छ ।

तर, कोशी प्रदेशमा कांग्रेस नेता कोइरालाको भनाइ र गराइमा भने दोहोरोपन देखिन थालेको छ । नेता कोइरालाले गठबन्धनको तर्फबाट कांग्रेस नेता उद्धब थापाले सभामुखसहितलाई समावेश गरेर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेपछि असन्तुष्ट व्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखे । ‘सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरित हुन जान्छ । सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ,’ उनले लेखेको उक्त स्टाटसमा उल्लेख छ ।

तर, कोइरालाले उक्त स्टाटस दुई दिनमै भुले । मुख्यमन्त्रीमा नियुक्ति भएका थापालाई आफ्नो समूहबाट रामकुमार खत्रीलाई मन्त्री बनाउन दबाब दिए । अर्थात् संवैधानिक सर्वोच्चताको विपरीत बनेको सरकारमा आफ्नो भाग खोजे । उनको यो चरित्र परस्पर विरोधी छ ।उद्धब थापा नेतृत्वको सरकार सर्वोच्चको आदेशबाट विघटन भएपछि पनि असंवैधानिक र संवैधानिक सर्वाेच्चताको खिलाफमा कोशी प्रदेशमा भइरहेको गतिविधिको उनी रमिते बने । कोर्ष करेक्सन गर्नेगरी कुनै गतिविधि गरेनन् ।

दोस्रो पटक पुनः दलका नेता थापाले प्रदेशसभा संचालन गरिरहेको बेला अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीलाई मतदानमा सहभागी गराए । त्यो विषयमा पनि असंवैधानिक रहेको भन्दै अभिव्यक्ति दिएका कोइरालाले उनको सरकार पुनः ढलेपनि चुपचाप त्यही दलका नेता थापालाई स्वीकार गरेर बसे । त्यति मात्रै होइन उक्त सरकारमा पनि आफ्नो गुट (समूह)को भाग कोइरालाले खोजे । यद्यपि उनले भाग नपाउँदै सरकारबाट थापा पदमुक्त भए ।

त्यही विषयमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलका नेता उद्धब थापालाई राजीनामा दिन वा मार्ग प्रसस्त गर्न दबाब सुरु भएको छ । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन प्रक्रियामा थापाले अपनाएको तरिका र विधिलाई अदालतले खारेज गरेको र त्यसले काँग्रेस तथा गठबन्धनको बद्नाम भएको भन्दै उनको विकल्प खोजी सुरु भएको हो ।

जसको विकल्प खोज्नुपर्छ भन्ने पात्र उनै कोइरालाका विश्वासपात्र मानिएका केदार कार्की हुन् । ‘उहाँले गठबन्धनको नेतृत्व पनि गर्न सक्नुभएन र दलको नेताको जस्तो भूमिका निर्वाह पनि गर्न सक्नुभएन, उहाँले अब मार्गप्रसस्त गर्नुपर्छ,’ कार्की भन्छन् । तर, कोइराला भने मौन छन् । मौन मात्रै छैनन्, कोइराला दुई दुई पटक सर्वोच्च अदालतले डण्डा बर्साएको र कांग्रेसको प्रजातान्त्रीक मूल्य, मान्यता र संवैधानिक सर्वोच्चताको विपरीत हिंडेका थापालाई दलको नेताबाट हटाउनु पर्छ भन्ने आफ्नै गुट (समूह)को लाइनमा सहमत देखिएका छैनन् । ‘कांग्रेसको इतिहास र परम्परामा दलको नेता नै मुख्यमन्त्री हुन्छन् । अहिले परिवर्तन गर्न खोज्नु हुँदैन,’ उनले केही दिन अगाडिसम्म भनेका छन् ।

यो मामलामा कोइराला मात्रै होइन, संवैधानिक सर्वोच्चता, विधिको शासन र लोकतन्त्रको कुरा गरिरहने कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि मौन छन् । पार्टीको विधान मिचिएको भन्दै पटकपटक सभापति शेरबहादुर देउवासँग लड्न भीड्न तयार भइरहेका महामन्त्री थापा कोशी प्रदेशमा दुईदुईपटक गम्भीर खालका असंवैधानिक काम हुँदा मौन बसेर त्यसलाई समर्थन गरिरहेका छन् । विपिका उत्तराधिकारी ठान्ने विश्वप्रकाश शर्मा आफैं पनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको हठको कारण कोशी प्रदेशमा सिर्जित समस्या समाधानमा पहल लिन डराइरहेका छन् ।

डाक्टर शेखर कोइरालाले डबर स्ट्याण्ड देखाएको अर्को घटना पनि छ । कोइराला र महामन्त्री थापा यसअघि एउटै प्यानलबाट महाधिवेशनमा सभापति र महामन्त्री भएर लडेका गरेका थिए । कोइराला–थापाको गुट कायमै रहेको कतिपयले बताइरहे पनि अहिले ‘कोशी’ नामको विषयमा पनि विवाद देखिएको छ ।

महामन्त्री थापाले केही दिन अगाडि पूर्वी नेपालको इलाम र झापा जिल्ला घुमेर काठमाडौंमा पहिचान र किराँत सभ्यताको कुरा सम्बोधन गर्नुपर्ने आशयको अभिव्यक्ति दिए । तर, कोइराला भने प्रधानमन्त्री प्रचण्डले पहिचानको कुरा गरेर द्वन्द्व सिर्जना गरेको अभिव्यक्ति दिँदै हिंडेका छन् । उनले न त आफ्नै पार्टीका महामन्त्री थापाले भनेको कुराको खण्डन गर्न सकेका छन् न त कोशी प्रदेशमा देखा परेको पहिचानको विषयलाई समाधान गर्ने कुनै योजना नै अगाडि सारेका छन् ।

कोइरालाको अर्को दोहोरो चरित्र के हो भने उनले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका सुनिल शर्मालाई बोक्नु हो । कोइरालाले आफ्नो गुटमा रहेकै कारण प्रहरीले अनुसन्धानको दायरामा ल्याएका शर्माको खुलेआम बचाउमा उत्रिए । जबकी कांग्रेस नेता बालकृष्ण खाँडहरुको संलग्न रहँदा कोइराला मौन रहेरका थिए । ‘यसले आफ्नो हुँदा ठिक अर्कोको पर्दा बेठिक भन्ने स्थापित गराउन खोजेको देखिन्छ,’ डाक्टर कोइरालाको यो चरित्र दोहोरो भएको स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व प्रमुख डाक्टर मनोज राउत बताउँछन् ।

‘संसदीय निर्वाचनको समयमा पनि उनले गठबन्धनबाटै चुनाव लडे । आफू एक्लै लड्ने कतै भनेनन् । चुनाव जितेपछि चाहीं म पहिलेदेखि नै प्रष्ट थिएँ गठबन्धन गर्नु हुँदैन थियो भन्दै हिंडे । उनी आफू बौद्धिक मान्छे हुन् । तर व्यवहार बौद्धिक जस्तो भएन,’ राउत भन्छन्, ‘सुनिल शर्माको नक्कली सर्टिफिकेटको विषयमा पनि शेखर कोइराल बौद्धिक थिए, विधिको शासन मान्थे भने छानविन गर भन्नुपथ्र्यो । तर, उनले त्यो भनेनन् । एउटा सम्भावना बोकेको मान्छेले गर्ने दोहोरो चरित्र राम्रो होइन । त्यसले उनलाई फाइदा गर्दैन ।’

डाक्टर कोइरालाले पार्टी सभापति शेरबहादुरलाई थर्काउने बेलामा ओलीको भाषा पनि बोल्ने गरेको राउत सुनाउँछन् । ‘जबजब उहाँलाई देउवा थर्काउन मन लाग्छ, ओलीको भाषा बोल्छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि मध्यावधि मध्यावधि भन्दै हिंडेका होइनन्,’ राउतले भने, ‘त्यसबेला पनि गगन थापाले संसद विघटन गलत हो भन्दै हिंडेका थिए । डाक्टर शेखर कोइराला पनि अर्को डाक्टर बाबुराम भट्टराई बन्ने भए । उहाँको पछि लाग्नेहरु कोही पनि गन्तव्यमा पुग्दैनन् । आफूले फाइदा उठाउने र अरुलाई बिर्सने उहाँको बानी छ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा इजरायली सेना प्रवेश, हिजबुल्लाहमाथि बमबारी

बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...

गाडीमा आगजनी गर्ने प्रसाईं समूहका २ कार्यकर्ता पक्राउ

काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...

खामेनीको हत्यापछि इरानको सर्वोच्च नेता को?

तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...

हुम्लाको सदरमुकाम सिमकोट सुनसान

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए ।  आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...

महोत्तरीको बर्दिवासमा शंकास्पद वस्तु फेला

काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...

सर्लाहीमा ड्युटीमा रहेका मतदान अधिकृतको अचानक निधन

मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...

वीर अस्पतालमा निर्वाचन लक्षित ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...

धनुषामा थप दुई स्थानमा शंकास्पद वस्तु फेला

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...

ललितपुरको दाउरा थकालीमा आगलागी

ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।  मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...

पोखराको लेकसाइडमा शंकास्पद वस्तु फेला

पोखरा  ।  पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE