Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्राचीन तपोभूमिमा नाथ योगीको राष्ट्रिय सम्मेलन

खबरडबली संवाददाता

गण्डकी । प्राचीन तपोभूमिका रुपमा प्रतिष्ठित पोखरा महानगरपालिका– ३१ स्थित शिवगोरक्षनाथपीठ सिद्धाश्रममा नाथ योगीको तीन दिने राष्ट्रिय परिषद्को सम्मेलन सुरु भएको छ । सोमबारदेखि सुरु राष्ट्रिय सम्मेलनमा देशका विभिन्न स्थानबाट आएका एक सय ८३ जना नाथ योगीको सहभागिता छ । 

समाजमा कानचिरा जोगीका रुपमा विशिष्ट पहिचान बनाएका नाथ सम्प्रदायका योगीको राष्ट्रिय परिषद्ले नाथ योगीहरूद्वारा सञ्चालित पीठ, तिनको भौतिक अवस्था, समिति तथा गुरुहरूको सम्बन्धका साथै यस सम्प्रदाय संरक्षणको उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको सिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम नवलपुरका पीठाधीश आचार्य योगी खेचरनाथले जानकारी दिए ।

नेपालभर एक हजारभन्दा बढी सङ्ख्यामा नाथयोगी रहेको जानकारी दिँदै उनले नेपाल र नेपाली समाजको एकीकरणमा नाथ योगीको भूमिका महत्वपूर्ण रहेको बताए । गाउँ बस्तीमा शङ्ख फुक्दै हिँड्ने क्रममा त्यहाँको अवस्था, आम सर्वसाधारणको बुझाइआदिबारे जानकारी ल्याउने काम गरी नाथ योगीले नेपालको एकीकरणमा विशिष्ट भूमिका खेलेको उनले जानकारी दिए ।

नेपालमा नाथ सम्प्रदायलाई सङ्गठित गर्न योगी नरहरी नाथले विशिष्ट योगदान गरेको बताउँदै योगी खेचरनाथले राणा प्रधानमन्त्री मोहन शमशेरले उनलाई मृगस्थलीको पीठाधीश घोषणा गरी रथारोहण गराएको उल्लेख गरे ।

तत्कालीन समयमा राज संस्थाले पनि यस सम्प्रदायलाई उच्च महत्त्व दिएको बताउँदै उनले प्रत्येक सवारी अघि नाथको स्वीकृति लिनुपर्ने प्रावधान थियो । उनका अनुसार भारतको गोरखपुरमा रहेको गोरखनाथ धाममा प्रत्येक वर्षको माघ १ गते गोरखास्थित गोरखनाथ गुफाबाट लगिएको खिचडिमा प्रयोग हुने दाल र चामल चढाएपछि मात्रै अन्य पूजा सुरु हुने प्रचलन अहिले पनि कायमै छ । 

सम्मेलनको स्थानीय व्यवस्थापन शिवगोरक्षनाथपीठ सिद्धाश्रमले गरेको सो संस्थाका संरक्षक राममणि अधिकारीले जानकारी दिए । शिवगोरक्षनाथपीठ सिद्धाश्रम यस क्षेत्रको प्राचीन तपोभूमिका रुपमा प्रसिद्ध रहेको उनले बताए । 

विसं २०१० सालतिर अभदुत देवनाथ योगी९नागा बाबा०ले यही क्षेत्रमा बसी साधना गरेको जानकारी दिँदै अधिकारीले यो क्षेत्रमा पाण्डव दाजुभाइले वनबासका क्रममा केही समय विताएको किंबदन्ती रहेको बताए । ऐतिहासिकस्थलमा भएको यस सम्मेलनले यहाँको गरिमा र महत्त्व अझै बढाएको उनको भनाइ छ । 

संस्कृतिविद् डा जगमान गुरुङले पञ्च पाण्डव घुम्दै केही समय यही आएर बसेका कारण यसस्थलको नाम पछि पचभैया भएको बताए । नाथ सम्प्रदायको आफ्नै विशिष्ट महत्त्व रहेको र उच्च मनोबलका साथ यस परम्पराको अनुसरण गर्न उनले नाथ योगीहरूलाई आग्रह गरे । विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीले नाथ राष्ट्रिय परिषद्को सम्मेलनले नाथ सम्प्रदायको मौलिक संस्कार र संस्कृतिलाई जीवन्त राख्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

रवि, बालेन र घिसिङबीच पार्टी एकताको लागि आजै हस्ताक्षर हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...

सर्वोच्चले खारेज गर्याे गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट

काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...

प्रचण्ड कहाँ–कहाँबाट उम्मेदवार सिफारिस भए ?

काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...

१२ जिल्लाका सीडीओ र कारागार विभागका महानिर्देशक हेरफेर

काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending