काठमाडौं । अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । रूकुम पूर्व सिस्ने गाउँपालिका(४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
नेपाली नागरिकहरुलाई युएई (दुबई), थाईलैण्ड, फिलीपिन्स हङकङ लगायतका देशहरूमा पुर्याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा मागगर्ने गरेको थियो । एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई वेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न रहेका थिए । उनलाई मानव वेचविखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।
यसअघि पक्राउ कमल तामाङ समेत भएको मानब वेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भएको थियो । प्रहरीले पक्राउ गरेको ३ जना माथी अनुसन्धान गरी राखदा हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो । उनले मेक्सीकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुवई, सिंगापुर, फिलीपिन्स, थाईलैण्ड, श्रीलंका, कोलम्बीया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेका थिए ।
पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको थियो । गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्दारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्यूरोले जनाएको छ ।
उनीहरु माथी जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई मानव वेचविखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: