झापा । दुई साताअघि झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि झापाकाे भद्रपुर नगरपालिकाले अपिल गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै नवजात शिशु (छोरा)को वैकल्पिक हेरचाहका लागि इच्छुक व्यक्ति तथा संस्थाले सात दिनभित्र सूचिकृत हुन आउन आग्रह गरेको हाे ।
गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर ४५ मिनेटको समयमा भद्रपुर नगरपालिका– ७ स्थित एमरेल्ड स्कुल अगाडिबाट फूलबारी टोलतर्फ जाने ग्राभेल सडक किनाराको झाडीमा अन्दाजी १२ देखि १४ दिनको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । त्यसपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा लगेका थिए । रातो वर्णको अन्दाजी ३ केजी तौल भएको पूर्णरुपमा स्वास्थ्य रहेको शिशुको हकदाबीका लागि नगरपालिकाले भदौ १५ गते सात दिने र भदौ २२ गते तीन दिने सूचना निकालेको थियो ।
सो अवधिभित्र कोही पनि शिशु आफ्नो हो भनी हकदाबीका लागि नगरपालिका नआए पछि नगरपालिकाले बालकको पालनपोषण स्वास्थ्य उपचार, शिक्षा तथा बालकको हेरचाह गर्न चाहनेले निवेदन दिन अपिल गरेको हो।
बालकको आमा वा बुबा तर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ४९ (२) र नियमावली २०७८ को नियम ५३ (५) बमोजिम ७ (सात) दिन भित्र तपसिल बमोजिमको कागज प्रमाणसहित निवेदन पेस गर्न भनिएको छ।
शिशु भेटिएदेखि नै शिशुलाई धर्मपुत्र बनाउने करिब एक सय बढी इच्छुक व्यक्तिहरू सम्पर्कमा आइसकेको बुझिएको छ । इच्छुकहरूमध्ये डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायीलगायत रहेका छन् । हाल शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरको पोषण पुनर्स्थापन गृहमा राखिएको छ ।
सूचिकृत हुनेहरू मध्येबाट सबै प्रक्रिया पूरा गरी छनौटमा परेकालाई मात्र शिशुलाई जिम्मा लगाइने नगरपालिकाकी उपप्रमुख राधा कार्कीले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: