Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

लन्डनमा गोर्खा वारियरको एतिहाँसिक अन्तराष्ट्रिय प्रिमियर

खबरडबली संवाददाता

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा ऐतिहाँसिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आईतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको हो ।

गोर्खालीहरुले मलाय युद्धमा सफलता हाँसिल गरेको सहसिक कथामा निर्मित यो चलिचत्र हेर्दा प्रिमियर शोमा निरन्तर ताली र सिट्ठी बजेको थियो । प्रिमियरमा शोमा अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई नौ सय जना अतिथिले हेरेको यसका निर्देशक मिलन चाम्सले बताएका छन् ।

प्रिमियर शोबारे चाम्सले भने,‘दिउँसो १२ बजेबाट २ बजेसम्म रेकड कार्पेट इभेन्ट भयो भने त्यसपछिबाट आइम्याक्स सिनेवल्र्डमा करिब ४५ मिनेट औपचारिक कार्यक्रम भयो । त्यसपछि चलचित्र गोर्खा वारियरको प्रदर्शन सुरु भएको थियो ।’ उनले अगाडि थपे,‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहाँसिक रुपमा आज यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु ।’

रेक कार्पेट इभेन्टमा व्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । यो व्यान्डका तर्फबाट चलचित्र गोर्खा वारियरको गीत सहित विभिन्न गीतको धुन प्रस्तुत गर्दै प्रिमियरमा आगन्तुकहरुलाई स्वागत गरिएको थियो ।

निर्माता निर्देशक चाम्सका अनुसार यो प्रिमियरमा विशिष्ट अतिथिमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र अर्याल, शसस्त्र प्रहरी बलका पूर्व प्रहरी महानिरिक्षक तथा बरिष्ट गीतकार शैलेन्द्र खनाल ‘सरद’ लगायत थिए । यस्तै हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली , हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी थिए ।

 नेपालबाट नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, महासचिब अरुण कुमार प्रधान, निर्माता निर्देशक सन्तोष सेन, अभिनेता प्रेम पुरी, ओएसआर डिजिटलका अध्यक्ष एवम् चलचित्र व्यबसायी ओम अग्रवाल, सञ्चारकर्मी नरेश भट्टराई चलचित्र पत्रकार संघका तर्फबाट महासचिब रघुनाथ सापकोटा, उपाध्यक्ष सुरक्षा भट्टराईलगायतका सञ्चारकर्मीको सहभागी रहेको पनि निर्देशक चाम्सले जानकारी गराएका छन् ।

यस्तै रेड कार्पेट प्रिमियरमा यो चलचित्रका अभिनेता रितेश चाम्स, अभिनेत्री रेविका गुरुङ, संगीतकार एलिश कार्कीलगायतको सहभागिता थियो । यसैगरी  बेलायतमा रहेका चलचित्र निर्देशकहरु डा. कपिल रिजाल, सनम कुमार बैराग, अभिनेता धु्रब दत्त, मनिष कुमार श्रेष्ठसहित विभिन्न नेपाली चलचित्रकर्मी, संगीतकर्मी र नेपाली तथा बेलायती मोडलहरुको पनि त्यत्तिकै सहभागिता थियो ।

यस्तै प्रिमियरमा त्यहाँका बृटिस गोर्खा सैनिकका विभिन्न अफिसर तथा बेलायतमा रहेका विभिन्न नेपाली संघ संस्था र कुटनीतिक नियोगका पदाधिकारीहरुको पनि उल्लेख्य उपस्थिति थियो ।बेलायतका प्रधानमन्त्री ऋषी सुनकले यो प्रिमियरको ऐतिहाँसिक सफलताको लागि शुभकामना दिएका थिए भने नेपालका चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाबाट पनि शुभकामना प्राप्त भएको थियो ।

चलचित्र हरेपछि अतिथिहरुले गोर्खा वारियरको बारेमा साह्रै राम्रो प्रतिक्रिया दिएको बताउँदै निर्देशक चाम्सले भने,‘उहाँहरुको सकरात्मक तथा उर्जावान प्रतिक्रिया सुनेर म हर्षले विभोर भएँ । अब यो चलचित्रको सिक्वेल कहिले बनाउने भनेर धेरैले जिज्ञासा राख्दै हामीलाई सिक्वेल बनाउने पे्रेरणा समेत दिनु भएको छ ।’ यो चलचित्रको अन्तराष्ट्रिय विक्री बितरणको लागि पनि विभिन्न डिस्ट्रिव्युटरले चासो देखाएको उनले बताए ।

गोर्खा वारियरको अबको कार्यक्रमबारे निर्देशक चाम्सले भने,‘हामीले टिकट खोलेको केही दिनमै सबै टिकट बिक्री भएकाले पहिलो ऐतिहाँसिक प्रिमियरमा सबैलाई समेट्न सकेनौं । अब हामी महिनादिनसम्म यहाँका विभिन्न स्थानमा यो चलचित्रको प्रिमियर गर्दै उहाँहरुलाई समेट्ने छौं ।’ अहिले अन्य देशबाट पनि यो चलचित्रको प्रिमियरको माग भएको उनले बताएका छन् ।

चलचित्र गोर्खा वारियरलाई नेपालमा आगामी फागुन वा चैतमा नेपालसहित विश्वव्यापी रुपमा रिलिज गर्ने लक्ष्य रहेको पनि निर्माता निर्देशक चाम्सले जानकारी गराए । यो चलचित्रमा रितेश चाम्सले अभिनेताको रुपमा डेब्यु गरेका छन् । उनीसँगै यसमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र गोर्खा वारियार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने भएको छ । लन्डनको यो ऐतिहाँसिक प्रिमियर पछि फिल्मको विश्वव्यापी रिलिज मिति घोषणा गरिने भएको छ ।

यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । यो चलचित्रमा युद्धसँगै गोर्खाली सैनिकको परिवारसँग बिछोडिँदाको मार्मिक कथा पनि समेटिएको छ । गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रँग सँयोजन रहेको छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

ग्वाङ्झाउमा एनआरएनएको एसिया प्रशान्त सम्मेलन हुँदै, नेपालमा लगानीदेखि नागरिकताको अधिकारसम्म बहस हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...

कोशी सरकारबाट कांग्रेसका मन्त्री बाहिरिए, नयाँ सत्ता समीकरणले बदलियो प्रदेशको राजनीति

विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending