सुनसरी । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य गिरोह बुढीगंगा गाउँपालिकाको बाँसबारीका रिजवान मियाँसहित ६ जनालाई प्रहरीले शनिवार पक्राउ गरेको हो ।
लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेको अनुसन्धानबाट खुलेको छ । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । उनीहरू शुक्रवार साढे १२ बजे बर्जू गाउँपालिका १ शुक्रबारेमा पुगे ।
‘त्यहाँ पुग्ने बित्तिकै लुटेरा समूहसँग सादा पोषकको प्रहरीको जम्काभेट भयो । ४ जनाको लुटेरा समूहलाई प्रहरीले देखेपछि साथमा बोकेको चाइनिज पेस्तोल र म्यागेजिन तेर्साए र फाइरिङ गर्न खोजे । तर अन लक उनीहरूको हतियार फाइरिङ भएन । त्यसपछि लुटेरा समूह अगाडी बढेर प्रहरीको साथमा भएको हतियार र गोली खोसेर आक्रमण गरी फरार भए,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘लुटेरा समूहसँग पनि हतियार रहेको थियो । उनीहरूले पनि फाइरिङ गर्न खोजको रहेछन् । उनीहरूको पेस्तोलबाट पनि गोली झरेपछि त्यहाँ फाइरिङ भएन र मानवीय छती हुनबाट जोगियो ।’
लुटेराले प्रहरीको साथमा भएको ठुलो चाइनिज पेस्तोल र सात राउन्ड गोली लुटेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । यस्तै प्रहरीले उनीहरुको साथबाट लुटेको मोवायल, रकम पनि बरामद गरेको छ ।
पक्राउ परेका अन्य व्यक्तिको नाम प्रहरीले गोप्य राखेको छ । आज आइतबार दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ । सुनसरी र मोरङमा श्रृंखलावद्ध लुटपाट र प्रहरीको हतियार लुटेर समूह पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । ‘श्रृंखलावद्ध लुटपाट गर्ने समूह पक्राउ परेका छन्,’ उनले भने, ‘विस्तृतमा जानकारी केही बेरमा पत्रकार सम्मेलन गरी जानकारी दिनेछौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...
पौष ६ गते, २०८२ - ११:३३
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्रोफेसर डा. धनेश्वर नेपाललाई अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको छ । ५-६ जनाको समूहमा आएको ...
पौष ६ गते, २०८२ - ११:२९
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजा...
पौष ६ गते, २०८२ - ११:२६
कट्टरपन्थी हिंसा अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिका जिउँदै जलाइन् काठमाडौँ । बंगलादेशमा छात्र नेता शरीफ उस्मान (हादी) को मृत्युप...
पौष ६ गते, २०८२ - ११:२१
विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३०...
पौष ६ गते, २०८२ - १०:३४
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मे...




प्रतिकृया लेख्नुहोस्: