झापा । सञ्जीवनी महिला विकास संस्थाले १४ औं बार्षिक साधारणसभा तथा तीज मिलन कार्यक्रमको अवसरमा तिम्ल्याहा बालबालिकाका हुर्काइरहेका दम्पतिलाई सम्मान गरेको छ । संस्थाले शुक्रवार धुलाबारीमा आयोजना गरेको कार्यक्रममा तिम्ल्याहा बालबालिका जन्माउनु हुने निर्मला विष्ट रिजाल र उनका श्रीमान सुरेन्द्र रिजाललाई सम्मान गरेको हो ।
निर्मलाले तीन बर्ष अघि विर्तामोडस्थित मनमोहन अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । संस्थाले उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरेको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताइन् । चौध बर्ष अघि महिलाहरुको सशक्तिकरण गर्ने उद्देश्यले स्थापना भएको संस्थाले ४० बढी महिलालाई सीप सिकाएर आत्मनिभर्र बनाएको उनले जानकारी दिइन् ।
संस्थाले विभिन्न संघसंस्थासँगको सहकार्यमा गरीब, असहाय तथा विपन्न परिवारलाई सुधारिएको चुल्हो, लत्ताकपडा, खाद्यान्न, घर छाउनका लागि जस्ता पातालगायतका सामग्री समेत वितरण गरिएको अध्यक्ष डाँगीले प्रस्तुत गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उपस्थिति अतिथिहरुलाई खादा र मालाको सट्टा स्थानीय महिलाले उत्पादन गरेका क्रिष्टलका माला लगाइदिएको थियो । संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिएको उनले बताइन् ।
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगर क्षेत्रका महिलालाई स्वरोजगार बनाउन नगरपालिकाद्वारा नै सीप सिकाउने तयारी भइरहेको बताइन् । महिलाहरुले उत्पादन गरेका सामग्रीहरुको पनि नगरपालिकाले नै बजारीकरण गर्ने योजना रहेको उनले बताइन् ।
कार्यक्रममा नारी कल्याणकारी संस्थाकी अध्यक्ष जानुका ओली, तारापुञ्ज छोरी बुहारी समूहकी अध्यक्ष सीता पोखरेल, विपन्न जनहितकोषको कोषाध्यक्ष लिना भण्डारी, इन्द्रेणी साहित्य मञ्चकी अध्यक्ष मीरा पोखरेल, उद्योग बाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारी, पत्रकार अम्बिका भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाकी सचिव निर्मला काफ्लेले स्वागत र उपाध्यक्ष खिला खनालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा तीज गीतमा महिलाहरुले सामूहिक रुपमा छमछमी नाचेर दर समेत खाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - २१:४३
काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...
जेष्ठ ४ गते, २०८३ - २१:३५
रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप
जेष्ठ ४ गते, २०८३ - २१:२१
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...



प्रतिकृया लेख्नुहोस्: