Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

बागलुङमा कटुवाल प्रथामा प्रविधिको प्रयोग

खबरडबली संवाददाता

ढोरपाटन । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । 

गाउँलेको भेलाले दुईरदुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि पुरानै संस्कार, परम्परा र प्रथालाई अङ्गाल्नु कतिपयले गलत भन्दै आएका छन् भने कतिपयले नेपाली समाजको पहिचानका रुपमा लिएका छन् । खासगरी कटुवाल दलित, जनताति तथा न्यून वर्गका व्यक्तिलाई बनाइँदै आएको पाइन्छ ।

बेरोजगार तथा सामान्य परिवारको व्यक्ति कुटुवाल हुँदा उसको आयआर्जनमा केही टेवा पुग्ने गरेको छ । कटुवाल प्रथालाई पछिल्लो समय विभिन्न जातजाति र समुदायका मानिसले अन्त्य गर्नुपर्ने माग राख्दै आएका छन् । 

विषेशगरी कटुवालले गाउँमा हुने सार्वजनिक कार्यक्रम, सामाजिक कामलगायत कार्यको सूचना गाउँलेलाई घर–घर गएर दिने काम गर्दछन् भने अग्लो डाँडामा गएर हाँको हालेर (चर्को स्वरमा कुर्लिनु) जानकारी दिनुपर्छ । पहिले मोबाइल फोनको पहुँच गाउँलेसम्म नपुग्दा कुटुवालले टाढा–टाढा पुगेर सूचना दिने गर्दथे भने अहिले हरेकको हातहातमा मोबाइल पुगेपछि फोन गरेरै सूचना दिने काम गरिन्छ । 

बागलुङको निसीखोला गाउँपालिका–४ बडाचौरमा केही महिना अगाडि स्थानीय नरबहादुर विकलाई गाउँलेले नयाँ कटुवाल बनाए । सामान्य परिवारका विकलाई गाउँलेले कटुवालमा चुनेपछि उनको आयआर्जनमा सहयोग पुग्ने स्थानीय बताउँछन् । एक सय चार घर परिवार रहेको बडाचौरमा कुटुवाल विकले सबैलाई सार्वजनिक कार्यक्रमको सूचना दिनुपर्ने हुन्छ । उनले सूचना दिएबापत हरेक बाली भित्र्याउने बेलामा गाउँलेले एक पाथी अन्न र चाडपर्वमा एक माना चामल दिने गर्छन् । वर्तमान अवस्थामा पहिलेको जस्तो जटिल काम गर्न नपर्ने कटुवाल विकको भनाइ छ । 

उनले भने, “अहिले त धेरै सजिलो बनाएको छ मोबाइलले, हामीले जान्दा खेरी हाम्रा अग्रज कटुवाल बनेर काम गर्नुभएको देख्दा निकै गाह्रो लाग्थ्यो, उतिबेला कसैको हातमा मोबाइल थिएन, ठूलो कार्यक्रम, पूजाआजा हुँदा सबैको घरमा गएर जानकारी दिनुपथ्र्यो, डाँडामा गएर हाँको हाल्नु पथ्र्यो, अहिले मोबाइलमा रु एक सयको रिचार्ज गर्‍यो भने सबैलाई घरबाटै फोन गरेर सूचना दिन सकिन्छ, नजिक–नजिकमा घरमै पुगेर जानकारी गराए पनि भयो ।”

कटुवाल बडाचौर मात्रै होइन झिम्पा, ओखरेनी, निसी, भल्कोट, थापागाउँलगायत निसीखोलाका सबै गाउँमा कटुवाल छन् । जिल्लाको तमानखोला गाउँपालिका–३ तमान गाउँमा पनि प्रचलन अझै कायमै छ । ठूलो गाउँ, नजिक–नजिक घर भएको हुँदा सूचना आदानप्रदान गर्न र सामाजिक काम गर्न सहज भएको हुँदा कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन् । 

अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिराखेका छन् । बुढा मगरले पाँच वर्षदेखि कटुवालको काम गर्दै आएका छन्। गाउँलेले आफूलाई विश्वास गरेर कटुवाल बनाएको हुँदा जिम्मेवार भएर काम गरिरहेको बुढा मगर बताउँछन् । 

हरेक चाररचार वर्षमा नयाँ कटुवाल बनाउने गाउँलेको नीति रहे अहिलेसम्म आफू नै कटुवालको काम गरिरहेको उनको भनाइ छ । तमान गाउँमा तीन सय ७४ घरधुरी छन् । सबै घरका व्यक्तिलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिलेलगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उनले बताए । गाउँमा एक जना मुखियासमेत छन् । मुखियाले दिएको आदेशअनुसार आफूले गाउँलेलाई सूचना दिने गर्दै आएको उनको भनाइ छ ।

रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रम हुँदा गाउँलेलाई यसैगरी सूचना पुर्‍याउने काम गर्दै आएका छन्। पहिले–पहिले गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमको सूचना दिन घरमै पुग्नु परे पनि अहिले फोन गरेरै सूचना दिने गरेको उनको भनाइ छ । परम्परादेखि चल्दै आएको गाउँको परम्परालाई आफूले पनि निरन्तरता दिएको उहाँ बताउँछन् । गाउँलाई सूचना दिनु राम्रो काम भएको भन्दै सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकामा आफू खुसी रहेको उनको भनाइ छ । 

“यो प्रथा हामीले सुरुवात गरेका होइनौँ, यो त हाम्रा पुर्खाले सुरुवात गरेको प्रचलन हो, यसलाई हामीहरुले चटक्कै छाड्न त भएननी, बाउ, बाजेको पालामा अहिलेको जस्तो मोबाइल, रेडियो, टेलिभिजनको जमाना थिएनन्, सूचना पाउने र दिने कुनै माध्यम नहुँदा उहाँहरुले यो प्रथाको सुरुवात गर्नुभएको रहेछ”, कटुवाल बुढा मगरले भने, “अहिले त धेरै विकास भयो, सबैले मोबाइल चलाउँछन्, घरघरमा टिभी हेर्छन्, रेडियो सुन्छन्, पहिलेको जस्तो टाढा–टाढा पुगेर सूचना दिने काम अहिले गर्नु परेको छैन, गाउँका सबैको नम्बर राख्यो, काम पर्दा फोन गरेर सूचना दिए हुन्छ ।”

उनले वर्षभरी सूचना प्रवाह गरेबापत एक घरबाट रु दुई सय पाउँछन् । तमान गाउँबाट रूपलालले वार्षिक रु ७४ हजार आठ सय प्राप्त गर्छन् । दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उनको भनाइ छ । रुपलालको कार्यकाल सकिएको हुँदा गाउँलेले अब नयाँ कटुवाल बनाउने छन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले समाजमा परम्परादेखि चल्दै आएका संस्कार संस्कृति र परम्परा एकै पटक हटाउँदा समस्या हुने हुँदा विस्तारै हट्दै जाने बताए । दशकौँ अगाडिदेखि चल्दै आएका कुप्रथाको अन्त्य भएको भन्दै कटुवालले समाजमा सकारात्मक सन्देश दिइराखेको हुँदा अहिलेसम्म निरन्तरता पाएको अध्यक्ष बुढा मगरको भनाइ छ । 

उनले भने, “हामीले समाजमा रहेका कुप्रथालाई प्रोहोत्सान दिने संरक्षण गर्ने कुरा त भएन, तमानखोलामा त्यस्ता प्रथा पनि छैनन्, अहिलेसम्म रहेको यही कटुवाल प्रथा हो, यसले समाजलाई नकरात्मकभन्दा सकरात्मक प्रभाव पारेको छ, सूचना प्रवाह गर्ने विषय गलत होइन, यो यहाँ मात्रै होइन, बागलुङका अधिकांश गाउँमा प्रचलनमै छ, सूचना प्रविधिको विकास भएको छ, अब बिस्तारै यसको अन्त्य होला ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending