Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

खबरडबली संवाददाता

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे–सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा  स्थानीयवासी समस्यामा परेका छन् । मर्दी हिमाल पदयात्रामार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले बन्द हुँदा स्थानीयसहित पर्यटकले समेत सास्ती व्यर्होनुपरेको हो । पहिराले माछापुच्छे्र गाउँपालिका–८ र ९ दुई वडाका नागरिक प्रभावित बनेका हुन् ।

यी दुई वडा यहाँका पर्यटकीय क्षेत्रसमेत हुन् । लुम्रे—सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो । ठूला ढुङ्गासहित माथिबाट खसेको पहिराले सडक पूर्णरूपमा बन्द भएको छ । माछापुच्छ्रे–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जेसिबी लगाएर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि सफल नभएको बताए ।

सो पहिरो पन्छाउन ठूलो चेनवाला मेसिन चाहिने भएको र गाउँमा उपलब्ध नभएकाले बाटो खुलाउन समय लागेको बताए ।

उनले भने, “ठूला–ठूला ढुङ्गा खसेर सडक अहिले पूरै बन्द छ । खुलाउने प्रयास गरेका थियौँ तर जेसिबीबाट पन्छाउन सम्भव भएन । पोखराबाट ठूलो मेसिन लिएर गएर सडक खुलाउनुको विकल्प छैन ।” सडकको पहिरोमात्र पन्छाउनका लागि गाउँपालिकाले रु ७५ हजार लागत अनुमान गरेको छ । तर गाउँमा ठूलो मेसिन उपलब्ध नहुँदा बजारबाट लैजानुपर्ने बाध्यता रहेकाले लागत बढ्ने अनुमान गरिएको छ ।

“पोखराबाट ठूलो मेसिन गाडीमा राखेर ल्याउन/लैजानमात्र भाडा रु एक लाख  हाराहारी लाग्छ । लागत अनुमानमा त्यो रकम समावेश छैन । त्यसैले बजेट अभावमा समेत पहिरो पन्छाउन ढिलाइ भएको हो”, वडाध्यक्ष क्षेत्रीले भने ।

पहिरोले घलेल, कालिमाटी र सिदिङका स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका छन् । स्थानीयवासीसहित मर्दी पदयात्रामा जाने केही पर्यटकले समेत बाटोका कारण दु:ख पाएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले पदयात्रा पर्यटनको अहिले ‘अफसिजन’ रहेकाले पर्यटक आगमन न्यून रहेको बताए । पर्यटकलाई दु:ख नहोस् भनेर सैँतीघट्ट हुँदै जानेरआउने व्यवस्था गरिएको र सोहीअनुसार सूचना गरिएको उनले जानकारी दिए । 

सो स्थानमा यसअघि पनि पहिराले दु:ख दिने गरेको थियो । आर्थिक वर्ष २०७८–७९ मा रु १० लाख लागतमा पहिरो नियन्त्रणको काम गरिए पनि यस वर्षको पहिराले क्षति पुर्याएको बताइन्छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending