Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

बाघजात्रा जोगाउन कस्सिए नेवार समुदाय

खबरडबली संवाददाता

कास्की । परापूर्वकालमा मानिसलाई जङ्गली जनावरले साह्रै दु:ख दिन थाल्छ । जनावरमा पनि हिंस्रक मानिने बाघले औधी आक्रमण गर्छ । बस्तीमा बसिनसक्नु भएपछि न्यायको माग गर्दै जनता राजासमक्ष पुग्छ । राजाले सैनिक पठाएर रेकी गरी आफैले बाघ मारेर जनतालाई खुसी दिन्छन् । यही कथामा आधारित रहेर पोखराका नेवार समुदायले लामो समयदेखि बाघजात्रा मनाउँदै आएका छन् । 

सोही कथालाई बाघजात्रामा हुबहु उतार्ने कोसिस हुन्छ । जहाँ बाघ, राजारानी, छोटा राजारानी, राजाका सुरक्षा गार्ड, प्रधानमन्त्री, मन्त्री, यमराज, घोडासहित सेना, प्रहरी, कुमारी, लाखे, ज्यासीन्यासी (बच्चाहरू) र जनतालगायत अन्य पात्र समावेश हुन्छन् । उनीहरु जात्रा देखाउँदै बजार परिक्रमा गर्छन् । जात्रा हेर्न गाउँ–गाउँबाट मानिस पोखरा झर्थे । जसले गर्दा दोहोरो व्यापार पनि हुन्थ्यो । जात्रा हेर्न गाउँबाट आउनेले राडीपाखी, डोको, नाम्लो, भकारीजस्ता सामान लिएर आउथे र त्यही बेची लत्ताकपडा, नुन, तेल लिएर घर फर्किन्थे ।

तर पोखरामा बाघजात्रा नभएको धेरै भयो । तेइस वर्षअघि २०५७ सालमा मोहरियाटोलमा यो जात्रा देखाइएको थियो । यस वर्षदेखि बाघजात्रा निरन्तरता दिइने भएको छ । यही भदौ १८ देखि २० सम्म जात्रा देखाउन जवाहरलाल श्रेष्ठको संयोजकत्वमा बाघजात्रा आयोजक समिति गठन भइसकेको छ । 

समितिका सचिव सुनिल उलकले भने,  “यसको इतिहास दुई–तीन सय वर्ष पुरानो छ । तर हामीले बूढापाकालाई सोध्दा २००६ सालदेखिको रेकर्ड भेट्न सकिन्छ । त्यसपछि २०१४ साल, २०२२–२३, २०३७–३८ र २०४६–४७ सालमा देखाइएको भेटिन्छ ।” अब यसलाई प्रत्येक ६ वर्षमा आयोजना गरिने उनले बताए ।

यसको सुरुआत पोखराबाट भएको अनुमान गर्न सकिने सचिव उलकले बताए । “ठ्याक्कै तथ्याङ्क त छैन तर विभिन्न तथ्य आधारमा यहीबाट सुरुआत भएको हो कि भन्न सकिन्छ”, उनले भने, “यस्तै प्रकृतिको एकदिने जात्रा बन्दीपुर, स्याङ्जा, नारागणगढ, पाल्पालगायत पश्चिम नेपालमा हुने गर्छ । यी सबै एउटै खालका छन् ।”

विशेषगरी नेवार समुदायमा भैरवजात्रा, गाईजात्रा, गणेशजात्रा, माघेजात्रा प्रचलित रहे पनि बाघजात्रा ओझेलमा परेकाले संरक्षणका लागि फेरि प्रदर्शन सुरु गरिएको समिति अध्यक्ष जवाहरलाल श्रेष्ठले बताए । ‘जात्राहरूको पनि जात्रा’ बाघजात्रा जोगाउन सबै लाग्नुपर्नेमा उनको जोड छ ।

उनका अनुसार भदौ १८ गते नेवा: छें हुँदै मोहरियाटोल, बागबजार, बालमन्दिर स्कुल, वडा ३ कार्यालय, बालधाराचोक, नालामुखचोक हुँदै नेवा: छेमा समापन हुनेछ । 

भदौ १९ गते नेवा: छें हुँदै गणेशटोल, सिमलचौर, सिर्चजनाचोक, लखनचोक, महेन्द्रपुल हुँदै नेवा: छेंमा पुग्नेछ भने समापनको दिन नेवा: छें हुँदै भीमसेन मन्दिर, तेर्सापट्टि, महेन्द्रपुल, रानीपौवा, माटेपानी, गौँडामुख, कुँडहरचोक, अमरसिंहचोक हुँदै रङ्गशाला पुगेर समापन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पहिलो र दोस्रो दिन करिब तीन सयको हाराहारीमा सहभागी हुने भए पनि अन्तिम दिन अझ बढी सहभागी हुने सचिव सुनिल उलकको अनुमान छ । अन्तिम दिन बाघजात्राको कथामा आधारित प्रहसन हुने उनले बताए । प्रहसनमा डमी बाघलाई मारेर हिंसाको अन्त्य भएको सन्देश प्रवाह गरिनेछ ।

“किंवदन्तीअनुसार हिंस्रक बाघलाई मारेर सुख दिने कथा छ । अहिले कानुनले बाघ संरक्षण गर्ने भनेको छ तर नरभक्षी बाघ मार्न पाउने भनेको छ”, उनले भने, “प्रकृतिलाई फाइदा गर्ने बाघ नभई नरभक्षी बाघ मारेर देशमा हुने गरेको हिंसात्मक गतिविधि नियन्त्रण गनुपर्छ भन्ने हाम्रो सन्देश रहन्छ ।”

आयोजक समितिका सदस्य शान्ति श्रेष्ठ उदासले जात्रामा बाइसे–चौबीसे राजाको प्रतिमा झल्कने गरी भाँकीसमेत देखाइने बताइन् । बाघजात्रामा नेवारसँगै मगर, गुरुङ, तामाङलगायत अन्य समुदायको पनि सहभागिता रहने सदस्य श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर घिन्ताघिसी ९५ जनाको समूह० ले विभिन्न सांस्कृतिक नृत्य प्रदर्शन गर्ने छन् । लामो समयपछि हुन लागेको बाघजात्रालाई पोखरा महानगरपालिका र नेवा: खल: कास्कीले सहयोग गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, सङ्घ–प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने ...

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेको छन् । मन्त्री गुरूङसँगै सर...

चालकले लागुपदार्थ सेवन गर्दा जीप दुर्घटना

बागलुङ। बागलुङ नगरपालिका–१० भकुण्डेमा बोलेरो जीप दुर्घटना भएपछि गरिएको परीक्षणमा चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ। त्यसपछि प्रहरीले चालकलाई निय...

राप्ती नदीमा डुबेका दुई बालबालिकामध्ये एकको शव फेला, अर्कीको खोजी जारी

जमुनाह। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव फेला परेको छ भने अर्की बालिकाको खोजी जारी रहेको छ । सशस...

बझाङ जीप दुर्घटना : पाँच गम्भीर घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार

काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending