युएई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको सनातन धर्म–संस्कृतिमाथि निरन्तर प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । दुबईमा रहेका अध्यक्ष लिङदेनले राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्ताे बताएका हुन् ।
धर्मनिरपेक्षता खारेज गरी वैदिक सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै नेपालको हिन्दूराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको भन्दै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्ने उल्लेख गरे । नेपालमा धर्मको राजनीति राप्रपाले नभई धर्मनिरपेक्षता बनाउनेहरूले शुरु गरेको बताउँदै उनले भने-‘म लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दूराष्ट्र स्थापना गर्न लागेको छु, जन्म र कर्मले हिन्दू रहेकाहरूले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा साथ दिनुपर्छ ।’
हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसंख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति उनले चिन्ता व्यक्त गरे । कानून विपरीतका गतिविधि भइरहँदा सरकार मूकदर्शक बन्नु आश्चर्यको विषय भएको उनको भनाइ थियो । ‘देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरू जिम्मेवार छन्,’ लिङदेनले भने, ‘नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दू राष्ट्र स्थापना गर्न सकिन्छ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: