Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

नेपाल बाहिर पनि नेपालकै अनुभूति” — कर्कमा नयाँ वर्ष २०८३ कार्यक्रम ऐतिहासिक रूपमा सम्पन्न

खबरडबली संवाददाता

आयरल्यान्ड । गैरआवासीय नेपाली संघ (NRNA) आयरल्यान्डको आयोजनामा तथा कर्क नेपाली समाजको सहयोगमा नयाँ वर्ष २०८३ को अवसरमा कर्क सिटीमा भव्य सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। आयरल्यान्डको राजधानी डब्लिन बाहिर पहिलोपटक यति ठूलो स्तरमा आयोजना गरिएको उक्त कार्यक्रमले “नेपाल बाहिर पनि नेपालकै अनुभूति” दिलाएको सहभागीहरूले बताएका छन्।

३५० भन्दा बढी नेपालीहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले प्रवासमा नेपाली समुदायको एकता, संस्कृति र पहिचानलाई सशक्त रूपमा प्रस्तुत गरेको देखिएको छ।

कार्यक्रमको अध्यक्षता NRNA आयरल्यान्डका अध्यक्ष चेतराज ओलीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा NRNA केन्द्रीय समितिका उपाध्यक्ष रामशरण सिम्खडाको विशेष उपस्थिति रहेको थियो। साथै कार्यक्रममा ICC सदस्य, पूर्व अध्यक्षहरू, पूर्व पदाधिकारीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रमुख अतिथि तथा कार्यक्रम अध्यक्षद्वारा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रम सञ्चालन मुकुन्द भुसाल र सोफिया न्यौपानेले गर्नुभएको थियो भने कर्क नेपाली समाजका महासचिव विशाल रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रस्तुत विभिन्न सांस्कृतिक नृत्य तथा गायनहरूले नेपाली कला र संस्कृतिको जीवन्त झल्को दिएका थिए। विशेषगरी आयरल्यान्डमै जन्मिएर हुर्किएका नेपाली बालबालिकाहरूले नेपाली भेषभूषामा प्रस्तुत गरेका नृत्यहरूले दर्शकहरूलाई भावुक बनाउँदै विदेशमै नेपाल भएको अनुभूति गराएका थिए।

प्रमुख अतिथि रामशरण सिम्खडाले कार्यक्रमको भव्यता र सहभागिता देख्दा नेपालमै आयोजना गरिएको जस्तो महसुस भएको उल्लेख गर्दै नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूको हकहितका लागि NRNA निरन्तर सक्रिय रहेको पनि बताउनुभयो।

त्यसैगरी ICC सदस्य प्रकाश सापकोटा, पूर्व अध्यक्षहरू तथा अन्य संघ–संस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

उक्त अवसरमा NRNA आयरल्यान्डको आधिकारिक वेबसाइटको शुभारम्भसमेत गरिएको थियो भने ‘नेपाल हाउस’ निर्माण योजनाबारे संयोजक राज शर्माले विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा चर्चित गायक खेम सेन्चुरीको विशेष प्रस्तुति रहेको थियो। उहाँको सांगीतिक प्रस्तुति उत्साहजनक रहँदा दर्शकहरू नाचगानमा रमाउँदै कार्यक्रमलाई अझ जीवन्त बनाएका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष चेतराज ओलीले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। साथै कार्यक्रमका गतिविधिहरूलाई सामाजिक सञ्जालमार्फत प्रसारण गर्न सहयोग पुर्‍याउनुहुने हुम रानालाई विशेष धन्यवाद व्यक्त गरिएको थियो।

समग्रमा, “Feel Nepal Outside Nepal” को भावनालाई आत्मसात गर्दै आयोजना गरिएको यो कार्यक्रमले आयरल्यान्डमा नेपाली समुदायको एकता, सांस्कृतिक पहिचान र सामूहिक शक्तिको प्रभावशाली प्रदर्शन गरेको आयोजकहरूले बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending