Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

खबरडबली संवाददाता

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गरिएको ‘मातृत्व जोगाउने अभियान’ सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको अभियानबाट ४६९ जना महिलाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।

कल्प इम्पावर वुमेन नेपालको पहल तथा नेपाल बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत असार ८ देखि १० गतेसम्म सञ्चालन गरिएको अभियानमा पाठेघरको मुखको क्यान्सर (भीआईए) स्क्रिनिङ, स्तन क्यान्सर परीक्षण, अल्ट्रासोनोग्राफी (यूएसजी) तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ परामर्श सेवा प्रदान गरिएको थियो। अभियानको प्राविधिक साझेदार विराट क्यान्सर इन्स्टिच्युट रहेको थियो।

अभियानको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले गरेका थिए। कार्यक्रममा कल्प इम्पावर वुमेन नेपालकी अध्यक्ष पूजा कोइरालाले महिलाको स्वास्थ्य सेवा समुदायमै पुर्‍याउने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताउँदै प्रारम्भिक परीक्षणमार्फत क्यान्सर समयमै पहिचान गर्न सकिने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको बताइन्।

स्वास्थ्य मन्त्री लिम्बुले सरकारी निकाय, निजी क्षेत्र र सामाजिक संस्थाबीचको सहकार्यबाट गुणस्तरीय स्वास्थ्य सेवा समुदायसम्म विस्तार गर्न सकिने उल्लेख गर्दै यस्ता अभियानले जनचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

अभियानमा पहिलो दिन वडा नं. २ को मृगौलिया आधारभूत स्वास्थ्य केन्द्रमा १३१ जना, दोस्रो दिन १३८ जना र तेस्रो दिन वडा नं. १२ स्थित इन्द्रपुर आधारभूत स्वास्थ्य केन्द्रमा २०० जना गरी कुल ४६९ महिलाले सेवा लिएका थिए। आयोजकले सुरुमा ३०० महिलाको परीक्षण गर्ने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा बढी सहभागिता भएको जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा चार जनामा क्यान्सरको आशंका देखिएपछि थप परीक्षण तथा उपचारका लागि विराट क्यान्सर इन्स्टिच्युटमा रिफर गरिएको छ। उनीहरूलाई उपचारमा १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख प्रकाश पहारी, विराट क्यान्सर इन्स्टिच्युटका वरिष्ठ जनसम्पर्क अधिकृत ईश्वर गुरुङ, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। वक्ताहरूले यस्ता अभियानले महिलामा स्वास्थ्य सचेतना बढाउनुका साथै समुदायमै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन्।

अभियानमा विराट क्यान्सर इन्स्टिच्युट प्राविधिक साझेदार, वाउ म्यागजिन मिडिया साझेदार तथा विभिन्न स्थानीय संघसंस्थाले सहकार्य गरेका थिए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखामा जङ्गली फल खाँदा ६ बालबालिका बिरामी, दुईको अवस्था गम्भीर

गोरखा । गोरखाको उत्तरी क्षेत्रस्थित चुमनुब्री गाउँपालिकामा जङ्गली फल खाँदा ६ जना बालबालिका बिरामी परेका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको...

मनसुन अनिश्चित, किसानको भविष्य अन्योलमा : खेती जोगाउने तयारी अझै कमजोर

काठमाडौं । मनसुन सुरु भए पनि पर्याप्त वर्षा हुन नसक्दा यस वर्ष नेपालको कृषि क्षेत्र उच्च जोखिममा परेको छ। एकातिर खडेरीको चिन्ता छ भने अर्कोतर्फ एकैपटक...

खोपदेखि मलसम्म अभावै अभाव, राज्यको सेवा प्रणाली किन धराशायी हुँदैछ ?

काठमाडौं । जनतालाई आधारभूत सेवा दिनुपर्ने राज्य संयन्त्र अहिले आफैं संकटमा परेको देखिन्छ। अस्पतालमा रेबिजको खोप खोज्दा पाइँदैन, स्वास्थ्...

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबा...

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending