Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

पाकिस्तानमा पनि बुद्ध जयन्ती

खबरडबली संवाददाता

काठमाडौँ । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड, श्रीलंका, म्यान्मार र भियतनामका दूतावास तथा उच्चायोगको समन्वयमा इस्लामावादस्थित नेपाली दूतावासले शुक्रबार विविध कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमअन्तर्गत पाकिस्तानस्थित धर्मराजिका स्तूप र टक्सिला सङ्ग्र्रहालयमा धार्मिक विभिन्न गतिविधि सञ्चालन गरिएका थिए ।

उक्त दूतावासका अनुसार टक्सिला सङ्ग्र्रहालयमा ‘दिगो पर्यटनका लागि साझा बौद्ध सम्पदाको उपयोग’ विषयको छलफलमा पाकिस्तानका लागि नेपालका राजदूत रीता धितालले स्वागत मन्तव्य व्यक्त गर्दै विश्वभरका ५० करोडभन्दा बढी श्रद्धालुका लागि बौद्ध सम्पदास्थल प्रमुख तीर्थस्थलका रूपमा रहेका बताइन् । 

उनले ती स्थल आध्यात्मिक, सांस्कृतिक तथा शैक्षिक पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताउँदै दक्षिण एसियाका बौद्ध स्थललाई पूर्वाधारमार्फत आपसमा जोड्न सके स्थानीय समुदायको सामाजिक–आर्थिक विकासमा टेवा पुग्ने, तीर्थयात्रीलाई ध्यान अभ्यास गर्न सहज हुने तथा अनुसन्धानकर्तालाई बौद्ध दर्शन अध्ययनमा सहयोग पुग्ने धारणा व्यक्त गरिन् । 

राजदूत धितालले श्रीलङ्का उच्चायोग तथा थाइल्याण्ड, म्यानमार, भियतनाम र नेपालको संयुक्त आयोजनाले बौद्ध धर्मलाई एसियाभर जोड्ने साझा सांस्कृतिक तथा आध्यात्मिक सेतुका रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै यसले शान्ति, करुणा र प्रज्ञाको सार्वभौमिक मूल्य प्रवद्र्धन गर्ने बताइन् । 

कार्यक्रममा लुम्बिनी विकास कोषद्वारा तयार गरिएको लुम्बिनी गुरुयोजना, मायादेवी मन्दिर, विहार क्षेत्र तथा शान्तिज्योतिसम्बन्धी विवरण समेटिएको लुम्बिनीसम्बन्धी ‘भिडियो’ पनि प्रदर्शन गरिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending