चितवन । मेडिकल सिटीका रुपमा विकास भइरहेको भरतपुरमा नेशनल सिटी अस्पताल लिमिटेडले लगानी थप गरेर अस्पतालको स्तरोन्नति गरेको छ । अस्पतालले रू एक अर्ब ५० करोड लगानी गरेर सुविधासम्पन्न अस्पताल निर्माण गरेको हो ।
यहाँको श्री मेडिकल एण्ड टेक्निकल कलेजसहित दुई सयले अस्पतालमा लगानी गरेका छन् । अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रचण्डलाल प्रधानकाअनुसार हालै निर्माण गरिएको छ तले अत्याधुनिक भवनबाट सेवा सुरु गरिएको छ । “८२ हजार स्क्वायरफिट क्षेत्रफलको उक्त भवन अस्पतालको मापदण्डअनुसार निर्माण गरिएको हो ।
भवनमा अण्डरग्राउण्ड पार्किङको व्यवस्था छ । भवनका लागि मात्रै अस्पतालले रू ६० करोड लगानी गरेको छ”, उनले भने । भरतपुरको चौबीसकोठीमा १२ कठ्ठा जमिन खरिद गरेर पूर्ण व्यावसायिक ढङ्गबाट अस्पताल सञ्चालनमा ल्याइएको प्रधानले जानकारी दिए ।
अस्पतालका प्रमुख प्रशासक विक्रम अधिकारीका अनुसार अस्पतालमा एक सय श्यया छन् । भविष्यमा थप ५० श्यया बढाउने योजना रहेको उनले बताए । “हाल २२ क्याविन, चार मोडुलर शल्यक्रिया कक्ष, एक सय ६० स्लाइसको सिटीस्क्यान, छ श्ययाको बाल सघन उपचार कक्ष, १० श्ययाको सघन उपचार कक्ष, १० श्ययाको पोष्टअप सञ्चालनमा छन्”, उनले भने ।
दिनको समयमा पूर्णकालीन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् भने बिहान र बेलुकाको समयमा सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएको अधिकारीले जानकारी दिए । अस्पतालले अतिविशिष्ट सेवा दिइरहेको उनको भनाइ थियो । केही दिनमै पाँच श्ययाको डायलासिस सेवासमेत दिन लागिएको उनले जानकारी दिए ।
रू एक अर्ब अधिकृत पुँजी रहेको अस्पतालको चुक्ता पुँजी रू ८५ करोड रहेको छ । विसं २०६५ असोज १५ गते नारायणगढमा स्थापना भएको उक्त अस्पताललाई विसं २०७२ साउनदेखि भरतपुरमा सारिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: