काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय समितिको बैठकअघि चस्मतिस्थित पार्टी कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले जेन–जी विद्रोहले उठाएका मागहरू पूरा गर्नु अपरिहार्य भएको बताए।
लामिछानेले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने र निर्वाचन गराउने सन्दर्भमा रास्वपा सरकारसँगै रहेको स्पष्ट पारे। तर, उक्त समर्थन निस्शर्त नभएको उल्लेख गर्दै जेन–जी विद्रोहका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान बिर्सन नहुने बताए।
उनले निर्वाचन विथोल्नका लागि केही शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यस्ता प्रयास सफल हुन नदिने चेतावनी दिए। ‘यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन। जेन–जी विद्रोहले गरेका अपेक्षा पूरा गर्नुको पनि विकल्प छैन,’ उनले भने, ‘जेन–जीका माग सम्बोधन, सुशासन कायम र निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा सरकार एक्लै छैन, रास्वपा पनि सँगै छ। तर त्यो समर्थन सर्तसहित हो।’
लामिछानेले मुलुक कमजोर अवस्थामा पुगेको मौका छोपेर केही शक्तिहरू स्वार्थपूर्तिमा लागिरहेको आरोप लगाउँदै वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १७:४६
काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...
चैत्र ११ गते, २०८२ - १७:२६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...
चैत्र ११ गते, २०८२ - १७:२०
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...
चैत्र ११ गते, २०८२ - १७:११
काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...
चैत्र ११ गते, २०८२ - १६:४३
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...
चैत्र ११ गते, २०८२ - १६:३३
काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...


प्रतिकृया लेख्नुहोस्: